तस्विर समाचार

अर्बपति व्यापारी अलिबाबाका संस्थापक ज्याक मा नेपालमा

काठमाडौं । विश्वकै चर्चित उद्यमी एवं चिनियाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन् । बंगलादेशको ढाकाबाट चार्टर जहाज लिएर मंगलबार दिउँसो साढे २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ज्याकसँग अन्य ६ जना पनि छन्। विमानस्थलबाटै उनले १५ दिनको पर्यटक भिसा लिएका छन् । ज्याक मासँगै ६ जना पुरुष र एक महिला गरी सातजना आएका उनले बताए ।सम्बद्ध स्रोतका अनुसार ज्याक र उनको सात सदस्यीय टोली काठमाडौं रहँदा बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बस्ने छ।  ‘ज्याक मा र उनको सात सदस्यीय… पुरा पढौ

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुको स्वागत र विदाईमा बढीमा ३ जना मात्र आउन पाइने

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड नर्गन भन्दै सूचना जारी गरेको छ। यात्रुलाई विदाई र स्वागत गर्न आउँदा बढीमा ३ जनामात्र आएर सहयोग गर्न प्राधिकरणले अपील गरेको छ। धेरै संख्यामा मानिस आउने क्रम बढेपछि विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ पुगेको भन्दै प्राधिकरणले सीमित संख्यामा मानिस आउन अनुरोध गरेको हो। प्राधिकरणले भिडभाडका कारण प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम भएको र यात्रुहरुको सहज आवतजावतमा समेत अवरोध सिर्जना भएको जनाएको छ। त्यसैले यस्ता समस्यालाई मध्यनजर गर्दै यात्रुको विदाई र स्वागत गर्न… पुरा पढौ

मैले देखे भोगेको मदन भण्डारी

पञ्चायती शासनको उत्कर्षको बेला,२०४६ साल भदौको एक दिन सुनकोशी छापाखानाबाट दृष्टि साप्ताहिकका सम्पादक तथा कवि नारायण ढकाल अफगानिस्तान जाने भन्दै अकस्मात हराउनुभयो । लामो समय उहाँको पत्तो भएन । खासमा उहाँ सिराहा जानुभएको रहेछ । एकदिन आउनुभयो र धारावाहिक खवरसहित आउनुभयो-खवर थियो,"नेकपा मालेको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व छानिएको ।" अनि क्रमशः लेखहरु आउन थाले राजमोति र अभिमन्युको नाममा । त्यति नै बेला सोभियत संघलाई कसरी हेर्ने भन्नेवारे पनि विक्रम नेपाली (गोपाल शाक्य समूह) बाट बहस छेडिन थाल्यो किनकि त्यतिखेर त्यहाँको… पुरा पढौ

ललिता निवास जग्गा हिनामिना प्रकरण: भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुरसहित ५ जनालाई सीआईबीले समात्यो

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई पक्राउ गरेको हो। सीआईबीले अनुसन्धानका लागि केही बेरअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ मङ्गलवार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दिएको छ । ललिता निवासको सरकारी… पुरा पढौ

सहकारीको ऋण नतिर्नेहरु को को हुन् ?

मुलुकले वित्तीय संकट व्यहोरीरहेको छ । वित्तीय अवस्था दिन प्रतिदिन असहज हुदै गएको छ । व्यवसाय चल्न गाह्रो भएपछि साना व्यवसायीहरु आफ्नो व्यवसाय छोड्नेको सख्या बढ्दो छ । ​​वित्तीय क्षेत्रमा देखिएको संकटको असर यतिबेला सहकारी क्षेत्रमा अलि बढी देखिएको छ । सहकारीमा एकथरी सदस्यहरुले वचत गरेका छन् । अर्का थरी सदस्यहरुले ऋण लिएका छन् । देशभरका कतिपय सहकारीका सञ्चालकहरु वचत फिर्ता गर्न नसकेका कारण सम्पर्क विहिन भएपछि वचत गरेका शेयर सदस्यहरु यतिबेला सहकारीबाट पैसा निकाल्न बढी गएका छन् । सहकारीमा… पुरा पढौ

अवैध लागूऔषधसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको व्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० यूरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय DENIS CUCEREAVII लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनको लगेज जाँच… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीलाई क्षतिपूर्ति दिन आदेश

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो । गौशाला २६ ले यातायात र घरभाडासहित क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।  अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै… पुरा पढौ

सातौँ प्रधानमन्त्री कप भलिबल असार अन्तिम साता हुने

सातौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता आयोजना हुने भएको छ । नेपाल भलिबल सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० गतेसम्म हुने जनाएको छ । प्रतियोगितामा सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनौट भएका पुरुष र महिला टोलीले सहभागिता जनाउने छन् । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब, केशवलाल स्मृति – प्रतिष्ठान, गण्डकी… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । शरणार्थी बनाउने भन्दै गिरोहले संकलन गरेको रकम बुढाथोकीको बैंक खातामा समेत भेटिएको प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर… पुरा पढौ

अष्ट्रेलियाको संग्रहालयबाट नेपाली पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ। नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति  विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए। नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रिला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो। कूल २२ सेन्टिमिटर उचाइ  ४३ दशमलव ६  सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका… पुरा पढौ