तस्विर समाचार

स्याङ्जा समाज नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निविरोध चयन

स्याङ्जा समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मित्र सिग्देल र्निबिरोध चयन भएका छन्। समाजको गत कार्य समितिमा उपाध्यक्ष रहेका उनि लगाएत सम्पूर्ण कार्य समिति बिहिवार नागोया शहरमा सम्पन्न चौंथो अधिवेशनबाट र्निबिरोध चुनिएका हुन्। समाजको बन्द सत्रले बरिष्ठ उपाध्यक्ष राजेन्द्र लम्साल,महिला उपाध्यक्ष राधिका पाण्डे,उपाध्यक्ष बिरेन गुरुङ ,महासचिबमा पुनः मनोज ढुंगाना ,सचिव बिदुर लम्साल ,सह-सचिव सुन्दर थापा ,कोषाध्यक्ष सुर्य पोख्रेल र सह -कोषाध्यक्ष सुर्य वाग्लेलाई चयन गरेको हो। कार्य समिति सदस्यहरुमा (बिध्यार्थी संयोजक) रेखा केसी,राम प्रकाश अर्याल ,सुची राना ,बिकाश लम्साल, जे.बी.… पुरा पढौ

जापानको शैक्षिक अवस्था र नेपालले सिक्नुपर्ने पाठ

पृष्ठभूमि प्रशान्त महासागरको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित जापान पूर्वी एसियामा पर्ने टाप मिलेर बनेको देश हो । तीन लाख ७७ हजार ९७५ वर्ग किलोमिटर क्षेत्रफल भएको जापानमा सन् २०२० को जनगणनाअनुसार १२ करोड ६२ लाख २६ हजार ५६८ जनसङ्ख्या बसोबास गरिरहेको छ । प्रतिव्यक्ति आय ४८ हजार ८१३ रहेको यस मुलुकमा ४७वटा प्रशासनिक प्रिफ्याक्चर र आठवटा परम्परागत क्षेत्र रहेका छन् । सन् २०२१ को तथ्याङ्कअनुसार जापानको मानव विकास सूचकाङ्क ०.९२५ अर्थात् विश्वमा उन्नाइसौं स्थानमा रहेको छ । जापानी राष्ट्रिय भाषा रहेको… पुरा पढौ

जापानका डाक्टरहरूले ‘माई नम्बर’ आईडी प्रयोग गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै सरकारविरुद्ध मुद्दा दायर

टोकियो हेल्थ इन्स्योरेन्स डाक्टर्स एसोसिएसनका २७० भन्दा बढी डाक्टर तथा दन्त चिकित्सकले भने, ‘उपकरण खर्चको बोझ र सूचना चुहावटको जोखिम ठूलो छ र मन्त्रीस्तरीय अध्यादेशबाट कार्यान्वयन गर्न बाध्य पार्नु असंवैधानिक रहेको भन्दै जापानका डाक्टरहरूले 'माई नम्बर' आईडी प्रयोग गर्न आवश्यक नभएको भन्दै सरकारविरुद्ध मुद्दा दायर गरेका छन छन् ।राजधानीमा एक प्रमुख डाक्टरहरूको संघ र अन्य केहिले चिकित्सा संस्थाहरूले बीमा कार्डहरूको सट्टामा"माई नम्बर" व्यक्तिगत परिचय पत्र प्रयोग गरेर बिरामीहरूको बीमा स्थिति जाँच गर्ने सरकारी अनलाइन प्रणाली लागू गर्न नपर्ने माग गर्दै… पुरा पढौ

७ वर्ष जापानमा पसिना बगाएका गोपाल मगर स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनबाट मनग्गे आम्दानी गर्दै

समय सापेक्ष र रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव जस्ता विविध कारणले अहिलेको युवा पुस्तामा विदेश मोह रहेको छ। दैनिकजसो हजारौंको संख्यामा युवा विदेशकै लागि एयरपोर्टमा भेटिन्छ। परदेशमा जवानी उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्। केही युवा विदेशमा सिकेका सीपलाई आफ्नै देशमा प्रयोग गर्ने लक्ष्य समेत राख्छन्। तिनै कर्मठ युवामध्येमा पर्छन् ताप्लेजुङको फुङलिङ नगरपालिका–५ का गोपाल मगर। ७ वर्ष जापानमा पसिना बगाएका उनी आजकाल इलामको चुलाचुली गाउँपालिका–३ शिवओरकमा तरकारी गोड्दै गरेका भेटिन्छ।… पुरा पढौ

बागलुङमा गाई मारेको आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङमा गाई मारेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ… पुरा पढौ

डोटी जिल्लाका भुकम्प प्रभावित विद्यार्थीलाई एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीले गर्यो शैक्षिक सामाग्री वितरण

गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका बिभिन्न विद्यालयका ५० जना विद्यार्थीहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ। "भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण" कार्यक्रममा एनआरएनए जापान तोचिगीका उप संयोजक तथा शैक्षिक सामाग्री बितरण कार्यक्रमका कार्यक्रम संयोजक सन्तोष घिमिरेले डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिकाका ७ वटा विद्यालयका ५० जना विद्यार्थीहरूलाई छात्रवृति स्वरूप शैक्षिक सामग्री प्रदान गरेका गरेका थिए ।  श्री पवित्र आवासीय विद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडामाण्डौ माध्यामिक बिद्यालय ,श्री तेडी प्राथमिक… पुरा पढौ

लोकदोहोरी प्रतिष्ठानबाट बाहिरिएको विष्णु खत्रीको घोषणा

गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नयाँ संस्था खोल्न लागेको चर्चाबीच पूर्वमहासचिव समेत रहेका खत्रीले संस्थामा नरहेको औपचारिक घोषणा गरेका हुन् । ‘अब कहिल्यै प्रतिष्ठानको ढोका ढकढकाउन नआउने निर्णय गरी आजैको मितिबाट सांगठनिक र भावनात्मक रुपले यस संस्थाको यात्रामा पूर्णबिराम लगाएको कुरा दुःखका साथ अवगत गराउन चाहन्छु,’… पुरा पढौ

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको अध्यक्षमा : विरबहादुर चोखाल 

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा विर वहादुर चोखाल चयन भएका छन ।  एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको आठौं जिल्ला अधिवेशनले विर बहादुर चोखालको अध्यक्षतामा २१ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गठन गरिएको हो ।  समितिको उपाध्यक्षमा हरिराम रेग्मी, सचिवमा प्रकाश रोका र कोषाध्यक्षमा प्रेम बहादुर छन्त्याल थापा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा कुमार पुन, भिम बहादुर कायत, देवी रसाइली, जमुना बुढाथोकी, गोविन्द चालिसे, काशीराम विक, माया पाण्डे रेग्मी, तारामाया वि.क., नन्द बहादुर… पुरा पढौ

रोहित र करनको उत्कृष्ट ब्याटिङमा नेपालको रोमाञ्चक जित

कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा भएको नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । नेपालका लागि कप्तान रोहित पौडेल १०१ बलमा ७ चौका र ४ छक्कासहित ९५ रनमा अविजित रहे… पुरा पढौ

जापानमा दोहोरो नागरिकता प्राप्त गर्न प्रभावकारी रूपमा प्रतिबन्ध रहेको अदालतको फैसला

जापानको उच्च अदालतले दोहोरो नागरिकतामाथि जापानको प्रतिबन्धको पक्षमा फैसलालाई गरेको छ ।उच्च अदालतले मङ्गलबार आफ्ना नागरिकलाई विदेशी नागरिकता धारण गर्न देशले लगाएको प्रतिबन्धले संविधानको उल्लङ्घन गरेको दाबी गर्ने वादीहरूले गरेको अपील खारेज गर्दै उक्त फैसला गरेको हो। टोकियो उच्च अदालतको निर्णयले जनवरी २०२१ मा दोहोरो नागरिकताको विपक्षमा गरेको जिल्ला अदालतको निर्णयलाई समर्थन सदर गर्दै "देशहरू बीच र व्यक्ति र राज्य बीचको अधिकार र दायित्वहरूमा दोहोरो नागारिकताले द्वन्द्व निम्त्याउन सक्छ।" भन्ने फैसला गरेको छ । जापानमा जन्मेका तर अहिले युरोपमा बसोबास… पुरा पढौ