
जापानको उच्च अदालतले दोहोरो नागरिकतामाथि जापानको प्रतिबन्धको पक्षमा फैसलालाई गरेको छ ।
उच्च अदालतले मङ्गलबार आफ्ना नागरिकलाई विदेशी नागरिकता धारण गर्न देशले लगाएको प्रतिबन्धले संविधानको उल्लङ्घन गरेको दाबी गर्ने वादीहरूले गरेको अपील खारेज गर्दै उक्त फैसला गरेको हो।
टोकियो उच्च अदालतको निर्णयले जनवरी २०२१ मा दोहोरो नागरिकताको विपक्षमा गरेको जिल्ला अदालतको निर्णयलाई समर्थन सदर गर्दै “देशहरू बीच र व्यक्ति र राज्य बीचको अधिकार र दायित्वहरूमा दोहोरो नागारिकताले द्वन्द्व निम्त्याउन सक्छ।” भन्ने फैसला गरेको छ ।
जापानमा जन्मेका तर अहिले युरोपमा बसोबास गरिरहेका आठ जना वादीले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गर्ने योजना बनाएका छन्।
राष्ट्रियता कानूनको एक अनुच्छेदमा भनिएको छ जापानी नागरिकहरूले गैर-जापानी नागरिकता आफ्नै स्वइच्छाले प्राप्त गर्ने र आफ्नो जापानी नागरिकता त्याग नगरेमा दोहोरो नागरिकता प्रभावकारी रूपमा प्रतिबन्ध रहने छ ।
वादीहरूले आफ्नो काम र विदेशमा बस्नका लागि विदेशी नागरिकता आवश्यक भए पनि आफ्नो जापानी नागरिकता कायम राख्ने आशा गरेका छन् ।
जापानी नागरिकता खोस्ने उपधाराले संविधानको उल्लङ्घन गर्दछ, जसले कानून अन्तर्गत सुख र समानता पछ्याउने अधिकार सुनिश्चित गर्दछ भन्ने उनीहरुको तर्क रहेको छ ।
वादीको नेतृत्व गर्ने स्वीस निवासी ७९ वर्षीय हितोशी नोगावाले जापानी नागरिकता आफ्नो पहिचानको हिस्सा भएको बताए ।
फैसलापछि पत्रकार सम्मेलनमा उनले भने, ‘म सर्वोच्च अदालतमा (यस विषयमा मेरो भावना) प्रस्तुत गर्न चाहन्छु ।



