तस्विर समाचार

फिफा विश्वकपः स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा

समूह 'ई'को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ। एक पटकको विजेता स्पेनलाई पराजित गर्न जापानका लागि रित्सु डोआनले ४८ औँ मिनेट तथा एओ टानाकाले ५१ औँ मिनेटमा एक-एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले ११ औँ मिनेटमा एक गोल गरे । सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो।… पुरा पढौ

टोकियोमा “विशेष अण्डा” किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापार गर्ने व्यापारी पक्राउ

जापानको टोकियोमा "विशेष अण्डा" किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापारिक योजना संचालन गरि लगानीकर्ताहरूलाई उकसाएको आरोपमा दुई जना पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग (MPD) ले बताएको छ।प्रहरीको सामुदायिक अर्थ विभागले टोकियोको मिनातो वार्डका निवासी कम्पनी प्रमुख ५८ वर्षीय मसाहारु मिनेगिशी र चुओ वार्डमा निवासी ६३ वर्षीय मसातो शिओजावालाई सन् २०२१ को अक्टोबरमा पिरामिड योजना समूह खोली कोभिड-१९ महामारीका कारण आर्थिक रूपमा संघर्ष गरिरहेका वृद्धवृद्धा र अरूलाई लक्षित गरेर लगभग ३० करोड येन (लगभग $२.२ मिलियन)… पुरा पढौ

जापानको नर्सरी स्कूल (होइकुएन)मा बालबालिकामाथि दुर्व्यवहार हुने गरेको खुलासा

मध्य जापानको शिजुओका प्रिफेक्चरको एक निजी नर्सरी स्कूलले आफ्नो हेरचाहमा राखिएका बालबालिकाहरूलाई बारम्बार शारीरिक र मौखिक दुव्र्यवहार गरेको पाइएको स्थानीय अधिकारीहरूले बताएका छन।साकुरा होइकुएन नामक स्कूलमा तीन शिक्षकहरू संलग्न रहि आक्रमण र धम्कीपूर्ण व्यवहार का १५ वटा दुर्व्यवहारको घटनाहरू घटाई सकेको पुष्टि गरेपछि सुसोनोको स्थानीय सरकारले आपराधिक उजुरी दर्ता गर्ने तयारी गरिरहेको जापानी संचारमाध्यममा प्रकाशित समाचारमा जनाईएको छ । "हामी यसलाई दुर्व्यवहारको मामला मान्छौं," सुसोनोका मेयर हारुकाजे मुराताले पत्रकार सम्मेलनमा भने। अनुसन्धानका क्रममा विद्यालयले आफ्ना सबै कर्मचारीहरूलाई त्यहाँ के भयो… पुरा पढौ

क्रोएसिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा बेल्जियम बाहिरियो

क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । यता, क्रोएसियासँग बराबरी खेलेपनि बेल्जियम भने विश्वकप फुटबलबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा क्रोएसियाले बेल्जियमसँग गोलरहित बराबरी खेल्दै विश्वकपको नकआउट चरणमा स्थान बनाएको हो । पहिलो हाफमा तुलनात्मक रुपमा क्रोएसियाले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न सकेन । खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने राम्रो अवसरहरूखेर फाल्दा बराबरीमा रोकिएको हो । मोरोक्को समूह विजेता बन्दा क्रोएसिया उपविजेता बनेको हो ।… पुरा पढौ

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन् । दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन् । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै… पुरा पढौ

जापानमा फाँसी दिएर मृत्युदण्डको सजाय सुनाईएका कैदीहरूद्वारा नै सरकार विरुद्ध मुद्दा दायर

ओसाकाका तीन जना मृत्युदण्डको सजाए सुनाईएका कैदीहरूले मंगलबार राज्य विरुद्ध मुद्दा दायर गर्दै फाँसी दिएर मृत्युदण्ड दिने प्रथालाई अन्तर्राष्ट्रिय महासन्धिहरू अन्तर्गत अमानवीय कार्य भएको दाबी गरेका छन । तिनीहरुले झुण्ड्याएर मृत्युदण्ड दिने कार्यविरुद्ध संघर्ष गर्ने भएका हुन।  मुलुकमा मृत्युदण्डको नाममा कसैलाई झुण्ड्याइनु निकै अमानवीय कार्य भएको उनीहरुको जिकिर छ । उनीहरुले अदालतमा फाँसी दिइने भन्ने सन्त्राशका कारण परेको मनावैज्ञानिक तनावको क्षतिपूर्ति स्वरुप ३३ मिलियन येन ($ 237,000) क्षतिपूर्तिको पनि माग गरिरहेका छन् । न्याय मन्त्रालयले उजुरी नआएकाले प्रतिक्रिया दिन नमिल्ने… पुरा पढौ

पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । विश्वकप फुटबलको समूह सी बाट अर्जेन्टिना र पोल्यण्ड अन्तिम १६ मा प्रवेश गरेका छन् । आज भएको खेलमा पोल्याण्ड अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । एक्कै समयमा भएको अर्को खेलमा साउदी अरेवियालाई मेक्सिकोले २–१ गोलले पराजित गरेको थियो । अकं तालिकामा पोल्याण्ड र मेक्सिकोको समान ४–४ अंक भएपनि गोल अन्तरका आधारमा पोल्याड अघिल्लो चरण प्रवेश गरेको हो । अर्जेन्टिना भने समूक विजेता बन्दै ६ अंक बटुलेर अन्तिम १६ प्रवेश… पुरा पढौ

पत्रकारिता पृष्ठभूमिका नौजना प्रतिनिधिसभामा

काठमाडौं । पत्रकारिता पृष्ठभूमिका नौ जना राजनीतिक दलका नेताहरू सङ्घीय संसद्, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पत्रकारिता पृष्ठभूमिबाट नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक, स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, नेकपा एमालेबाट नेताहरू गोकुल बाँस्कोटा र सूर्य थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने, सोही पार्टीका नेत्री सोविता गौतम निर्वाचित हुनुभएको छ । वरिष्ठ नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नं २ बाट २५ हजार तीन सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको… पुरा पढौ

जापानको टोकियोमा क्याम्पस हाता भित्रै प्राध्यापकमाथि चक्कु प्रहार हुदा गम्भीर घाइते

टोकियो विश्वविद्यालयको क्याम्पसमा एकजना प्रसिद्ध जापानी प्राध्यापकमाथि धारिलो वस्तुद्वारा आक्रमण गरि गम्भीर घाइते बनाईएका छन र आक्रमणकारी अझै फरार रहेको प्रहरीले जनाएको छ।टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका प्रख्यात समाजशास्त्री र सो संकायका सदस्य ६३ वर्षीय प्रोफेसर शिन्जी मियादाईलाई हाचियोजीस्थित मिनामी-ओसावा क्याम्पसमा दिउसो करीब ४ः२० बजेतिर घाँटीमा धेरै चोटपटक लागेको अवस्थामा फेला परेको महानगरीय प्रहरी विभागले जनाएको छ। चोटपटकका कारण उनकोज्यान जोखिममा नरहेको र उनको हत्याको प्रयास गरेको आशंकामा आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।एक प्रत्यक्षदर्शीका अनुसार मियादाई क्याम्पसको प्रांगणमा हिडिरहेको अवस्थामा… पुरा पढौ

एक अर्बभन्दा बढी मानिस आप्रवासी: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)

विश्वमा अहिले आठ मध्ये एक अर्थात् एक अर्बभन्दा बढी मानिस आप्रवासी रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । यसमध्ये २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी र कैयौं लाख व्यक्ति राज्यविहीन छन् । जलवायु परिवर्तन, बढ्दो असमानता, द्वन्द्व, व्यापार र जनसङ्ख्या वृद्धिले यस्ता प्रवृत्तिलाई तीव्र बनाएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । शरणार्थी र आप्रवासीहरूको स्वास्थ्य अधिकार र आवश्यकताहरू प्रदान गर्न स्वास्थ्य कार्यबलको महत्वपूर्ण भूमिका छ । शरणार्थी र आप्रवासी स्वास्थ्य समस्याहरूलाई पर्याप्त रूपमा सम्बोधन… पुरा पढौ