फिफा विश्वकपः स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा

-


     जनहित न्युज    
     मंसिर १६ गते २०७९


समूह ‘ई’को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ।

एक पटकको विजेता स्पेनलाई पराजित गर्न जापानका लागि रित्सु डोआनले ४८ औँ मिनेट तथा एओ टानाकाले ५१ औँ मिनेटमा एक-एक गोल गरे । स्पेनका लागि अल्भारो मोराटाले ११ औँ मिनेटमा एक गोल गरे ।

सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो। यो अघि सन् १९९८, २००६ र २०१४ मा भने समुह चरणबाटै बाहिरिएको थियो। 

समुह इ मा रहको जापानले समुह चरणको पहिलो खेलमा ४ पटकको विश्व विजेता जर्मनीलाई २–१ ले हराउँदै विश्वकपको यात्रा सुरु गरेको थियो।

दोस्रो खेलमा कोस्टारिकासँग १–० ले पराजित भएको जापानले समूह चरणको अन्तिम खेलमा सन् २०१० विजेता स्पेनलाई २–१ ले हराउँदै समुह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

जापानको जितमा रिस्तु डोन, एओ तनाकाले गोल गरे। स्पेनका लागि अल्भारो मोराटाले गोल गरे। 

खेलको ११ औँ मिनेटमा जापानविरुद्ध सुरुवाती अग्रता बनाएपनि स्पेनले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो। खेलको ४८ औँ मिनेटमा रिस्तुले बराबरी गोल गर्दै जापानलाई खेलमा फर्काए। त्यसको तीन मिनेटपछि नै तनाकाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

खेलमा थप गोल हुन नसक्दा जापान शीर्ष स्थानमा रहेर अघिल्लो चरणमा जाँदा पराजित स्पेन पनि समूह उपविजेताको रुपमा नकआउट चरण पुगेको छ। जापानले ३ खेलबाट ६ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको स्पेन ४ अंक बनाउँदै अघिल्लो चरण पुगेको हो। समान अंक भएको जर्मनी गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै बाहिरियो। २०१४ को च्याम्पियन जर्मनी लगातार दोस्रोपटक समूह चरणबाट बाहिरिएको हो।

यता जापानसँग पराजित भएपनि स्पेन भने समूहको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्‍यो । यसै समूहको अर्को खेलमा जर्मनीले कोस्टा रिकालाई ४-२ गोलले पराजित गरेपनि स्पेन अघिल्लो चरणमा प्रवेश गरेको हो ।

स्पेन र जर्मनीको समान ३ खेलबाट समान ४-४ अंक जोडेपनि गोलअन्तरका आधारमा स्पेन अघि बढेको हो ।

जर्मनीलाई कोस्टा रिकाविरुद्ध जित दिलाउन काई हाभर्जले २ तथा सर्जे नाब्री र निकलस फल्किङले एक-एक गोल गरे । कोस्टा रिकाका लागि यल्टसिन टेजेडा र जुआन पाब्लो भार्गसले एक-एक गोल गरे ।   

जर्मनीसँगै कोस्टा रिका पनि विश्वकपबाट बाहिरियो । कोस्टा रिकाले ३ खेलबाट केवल ३ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?