टोकियोमा “विशेष अण्डा” किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापार गर्ने व्यापारी पक्राउ

-


     जनहित न्युज    
     मंसिर १६ गते २०७९


जापानको टोकियोमा “विशेष अण्डा” किन्न र खानको लागि पैसा दिइने भन्दै पिरामिड शैलीमा व्यापारिक योजना संचालन गरि लगानीकर्ताहरूलाई उकसाएको आरोपमा दुई जना पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी विभाग (MPD) ले बताएको छ।
प्रहरीको सामुदायिक अर्थ विभागले टोकियोको मिनातो वार्डका निवासी कम्पनी प्रमुख ५८ वर्षीय मसाहारु मिनेगिशी र चुओ वार्डमा निवासी ६३ वर्षीय मसातो शिओजावालाई सन् २०२१ को अक्टोबरमा पिरामिड योजना समूह खोली कोभिड-१९ महामारीका कारण आर्थिक रूपमा संघर्ष गरिरहेका वृद्धवृद्धा र अरूलाई लक्षित गरेर लगभग ३० करोड येन (लगभग $२.२ मिलियन) रकम जम्मा गरेको आशंकामा पक्राउ गरेको गरिएको हो ।
अक्टोबर २०२१ र मे २०२२ बीचमा उनीहरू दुइ जनालाई विशेष गरी उनीहरूको ५० देखि ८० वर्ष सम्म उमेर समूहका व्यक्तिहरूबाट कुल ३ लाख १० हजार येन (लगभग $2,770) जम्मा गर्न पिरामिड योजना प्रयोग गरेको शंकामा पक्राउ गरिएको छ। मिनेगिशीले आरोपहरू अस्वीकार गर्दै आएका छन् भने शिओजावाले स्वीकार गरेका छन्।


प्रहरी महाशाखाका अनुसार मिनेगिशीले लगानीकर्ताहरूलाई आफ्नो योजनालाई प्रवर्द्धन गर्न “म्योको मिनेगिशी” नामको व्यवसायिक नाम प्रयोग गरि कोभिड-१९ को कारण आर्थिक संघर्ष गरिरहेकाहरूका लागि (सरकारको) व्यापार समर्थन अनुदान जस्ता स्थिर आय प्रदान आश्वासन दिने दाबी गर्ने गरेका थिए ।
आरोपितको योजना अनुसार यदि लगानीकर्ताहरूले ९० अण्डाहरूको लागि एक महिना १३ हजार ९ सय येन (लगभग $ 100) तिर्छन् र सर्कलमा नयाँ सदस्य परिचय गराएमा उनीहरूलाई मासिक २५ हजार देखि १.६ मिलियन येन (लगभग $ 11,700) आम्दानी हुने बताउदै व्यावसायिक प्रवर्द्धन गर्ने गरेको पाइएको छ ।
मिनेगिशी सो सर्कलका प्रमुख थिए र शिओजावाले यसको कार्यकारी कार्यालयमा काम गरेको आशङ्का गरिएको छ।
यस योजनामा ​​पैसा तिर्ने १०,००० वा सोभन्दा बढी व्यक्तिहरूमध्ये करिब २० प्रतिशतले मात्र वास्तवमा अण्डा प्राप्त गरेको वा आफ्नो अंश तिरेको प्रहरीको भनाइ छ। मिनेगिशीले मानिसहरूलाई उनीबाट १५० येन ($१.१०) प्रति अण्डा किन्न आग्रह गरेका थिए। अत्यधिक पौष्टिक, विशेष अण्डाहरू भनेर व्यापारिक प्रवर्द्धन गरेपनि उनीहरूले ती अण्डा गुन्मा प्रिफेक्चरका कुखुरा किसानबाट प्रत्येक १५ येन (12 सेन्ट) मा किनेका थिए। उक्त अण्डाहरू सुपरमार्केटहरूमा उपलब्ध हुने सस्तो मूल्यका सामान्य थिए।
प्रहरीलाई फेब्रुअरीमा योजनाको बारेमा परामर्श गरिएको थियो र मे महिनामा मिनेगिशीको कम्पनी र अन्य स्थानहरूमा एन्टी-पिरामिड योजना जापानको कानून विपरीत रही उल्लङ्घन गरेको भनि छापा मारेको थियो।

इभेन्ट प्रोडक्सन फर्म चलाउने र योजनामा ​​पैसा तिर्ने ४३ वर्षीय टोकियोका एक व्यक्तिले भने, “कोरोनाभाइरस संकटको कारणले तीव्र रूपमा मेरो फर्मको नाफा घटेपछि कर्मचारीहरूको तलब तिर्नको लागि एक पक्षीय स्रोतबाट केही पैसा कमाउने सोचमा म सामेल भएँ।, तर मैले प्राप्त गरेको सबै ४५ अण्डासहितको योजनाको कुनै भुक्तानी पाएको छैन।” उनले थपे, “उनीहरूले संघर्ष गरिरहेका मानिसहरूबाट संकलन गरेको पैसा कसरी खर्च गरे? म उनीहरूले सो जिम्मेवारी लिन आग्रह गर्न चाहन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?