जापानको नर्सरी स्कूल (होइकुएन)मा बालबालिकामाथि दुर्व्यवहार हुने गरेको खुलासा

-


     जनहित न्युज    
     मंसिर १६ गते २०७९


मध्य जापानको शिजुओका प्रिफेक्चरको एक निजी नर्सरी स्कूलले आफ्नो हेरचाहमा राखिएका बालबालिकाहरूलाई बारम्बार शारीरिक र मौखिक दुव्र्यवहार गरेको पाइएको स्थानीय अधिकारीहरूले बताएका छन।
साकुरा होइकुएन नामक स्कूलमा तीन शिक्षकहरू संलग्न रहि आक्रमण र धम्कीपूर्ण व्यवहार का १५ वटा दुर्व्यवहारको घटनाहरू घटाई सकेको पुष्टि गरेपछि सुसोनोको स्थानीय सरकारले आपराधिक उजुरी दर्ता गर्ने तयारी गरिरहेको जापानी संचारमाध्यममा प्रकाशित समाचारमा जनाईएको छ ।

“हामी यसलाई दुर्व्यवहारको मामला मान्छौं,” सुसोनोका मेयर हारुकाजे मुराताले पत्रकार सम्मेलनमा भने। अनुसन्धानका क्रममा विद्यालयले आफ्ना सबै कर्मचारीहरूलाई त्यहाँ के भयो भनेर खुलाउन नदिने शपथ पत्रमा हस्ताक्षर गराउने गराएको पनि पत्ता लागेको छ ।
नर्सरी विद्यालयमा १ वर्षका बालबालिकाको कक्षाको जिम्मा लिने ६ जना शिक्षकहरूमध्ये ३० देखि ४० वर्ष उमेर समूहका ती तीन जना शिक्षकहरू रहेका थिए।
गत जुन र अगस्टको बीचमा बालबालिकाको प्यान्ट जबरजस्ती हटाउने र (कटर) चक्कुलाई धम्की दिने तरिकामा दाँतले टोकन लगाईने जस्ता अपमानजनक व्यवहार गर्ने गरिएको स्थानीय सरकारका अधिकारीले बताएका छन।
शिक्षकहरूले यस्तो कार्य गरेको स्वीकार गरे तर उनीहरूले बालबालिकालाई अनुशासन दिन खोजेको बताए, स्थानीय अधिकारीले भने- उनीहरूलाई हप्काइएको छ र तलब कटौती भएको बेला विद्यालय छोडेको देखिएको छ।
गत मध्य अगस्टमा नगरले प्रतिवेदन प्राप्त गरेपछि यो मुद्दा प्रकाशमा आएको थियो।स्थानीय सरकारले घटनाको छानबिन गर्न विद्यालय प्रमुखसँग आवश्यक जानकारी लिए पनि तीन महिनाभन्दा बढी समयसम्म यसबारे मौन बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?