
ओसाकाका तीन जना मृत्युदण्डको सजाए सुनाईएका कैदीहरूले मंगलबार राज्य विरुद्ध मुद्दा दायर गर्दै फाँसी दिएर मृत्युदण्ड दिने प्रथालाई अन्तर्राष्ट्रिय महासन्धिहरू अन्तर्गत अमानवीय कार्य भएको दाबी गरेका छन । तिनीहरुले झुण्ड्याएर मृत्युदण्ड दिने कार्यविरुद्ध संघर्ष गर्ने भएका हुन।
मुलुकमा मृत्युदण्डको नाममा कसैलाई झुण्ड्याइनु निकै अमानवीय कार्य भएको उनीहरुको जिकिर छ । उनीहरुले अदालतमा फाँसी दिइने भन्ने सन्त्राशका कारण परेको मनावैज्ञानिक तनावको क्षतिपूर्ति स्वरुप ३३ मिलियन येन ($ 237,000) क्षतिपूर्तिको पनि माग गरिरहेका छन् । न्याय मन्त्रालयले उजुरी नआएकाले प्रतिक्रिया दिन नमिल्ने बताएको छ । कैदीहरू जसको नाम, उमेर र लिङ्ग गोप्य राखिएको छ ।
वादीहरूले जापानको दण्ड संहिता अन्तर्गत मृत्युदण्डको एकमात्र माध्यमको रूपमा फाँसी दिनु अमानवीय छ, यसले असहनीय पीडा दिन्छ र मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञाहरूको उल्लङ्घन गरेको दाबी गरेका छन।
कैदीहरूले लामो समयदेखि डरमा बाँचिरहेकाले – उनीहरूलाई कहिले मृत्युदण्ड दिइन्छ भन्ने थाहा नभएको कारणले मानसिक पीडा भएको बताए।
सरकारले मृत्युदण्ड दिने तरिका जस्ता जानकारीलाई रोक्ने कार्यले मृत्युदण्डको फाइदा र बेफाइदामा सार्वजनिक बहसमा बाधा पु¥याउने उजुरीमा तर्क गरिएको छ । ती तीन कैदीका वकिल क्योजी मिजुतानीले यस मुद्दाले जापानमा भावी ठूला सजायमाथि बहस सुरु गर्ने आशा राखेको बताएका छन् ।
तीनै वादीहरू ओसाका डिटेन्सन हाउसमा १० वर्षभन्दा बढी समयदेखि हिरासतमा छन्, जसमध्ये दुई जना थप आफ्नो सजायको पुनरावेदन गर्ने प्रक्रियामा छन्।
गत वर्षको अन्त्यमा ओसाका सहरमा पनि मृत्युदण्डकै दिन दुईजना कैदीले फाँसीविरुद्ध कानुनी कारबाही अघि बढाएका थिए । जापानमा अहिले पनि मृत्युदण्ड दिइनु केही घण्टाअघि मात्र कैदीहरुलाई त्यसबारे जानकारी दिइने गरिएको छ । सरकारले भने कैदीहरुलाई मानसिक तनावबाट टाढा राख्न यस्तो उपाय अपनाइएको बताउने गरेको छ ।



