तस्विर समाचार

जिल्ला प्रशासन कार्यालयको परिसरबाट नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफूलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफूलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर थापाले बताए। आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामती कर्मचारीको पोसाक सहित विभिन्न… पुरा पढौ

प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको नतिजा !(विवरणसहित)

काठमाडौँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । सोमबार अपराह्न ४ बजेर २० मिनेटसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १५८ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी सातमध्ये तीन क्षेत्रमा मतगणना जारी छ । तीन क्षेत्रमा मतगणना नै सुरु भएको छैन । त्यसमध्ये नेपाली काँग्रेसका उम्मेदवार ५३ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार ४२… पुरा पढौ

जापानको नागोयामा साहित्य उत्सव कार्यक्रम २०२२ सम्पन्न

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा नागोया साहित्य उत्सव २०२२ सम्पन्न भएको छ।नागोयामा संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम पुस्तक बिमोचन कार्यक्रम, गहज मेहफिल, बहस र खुला रचना वाचन लगायतका खण्डहरूमा विभाजन गरी सम्पन्न गरिएको थियो। कार्यकममा उपस्थिति भई कार्यकम सफल बनाई दिनु भएकोमा संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरेले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। सुबिन न्यौपाने कान्जिभाइको कबिता संग्रह कमरेडको… पुरा पढौ

पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्यो

जापानमा क्रियाशील पुन क्लब जापानले आयोजना गरेको बास्केटबल प्रतियोगिताको उपाधि टोकियो ब्रदर्सले चुम्न सफल भै २ लाख ८० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार जापानको साइतमा स्थित तोडा स्पोर्ट सेण्टरमा भएको सो प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा वाइल्ड याक्स टिम उपविजेता भै १ लाख ८० हजार नगदसहित मेडल प्रमाणपत्र हात पार्न सफल रहेको क्लबका अध्यक्ष राम गरबुजाले जानकारी दिए । जापानमा खेलकूद प्रतियोगिता गराउने मध्यमा फ़रक शैलीलाई अपनाउदै आएको क्लबले बास्केट बल प्रतियोगिताको साथमा नेपाली मौलिक… पुरा पढौ

जापानमा चक्कु प्रहारबाट हत्या गरिएकी लक्ष्मी बस्नेत अधिकारीको नौ दिनपछि गरियो अन्तिम सस्कार, हत्यारालाई हदैसम्मको कारबाही गर्न नेपाली समुदायको माग

४२ वर्ष अघि बागलुङको गलकोटमा जन्मिएकी लक्ष्मी बस्नेत अधिकारी परिवारको सुन्दर सपनाको कल्पना गर्दै जापानमा आएकी थिइन । अपार्टमेण्टको आफ्नै कोठामा बसेकी अधिकारीलाई नोभेम्बर १६ तारिक बुधबार राती करिब ११ः३० बजे चक्कु प्रहारबाट मृत्यु होला कल्पना समेत पनि गरेकी थिइनन होला ।१७ वर्षीय छोरालाई बुटवलमा छाडेर श्रीमान धिरज बिक्रम अधिकारीसंग जापानको राजधानी टोकियोको उत्तरी भागमा पर्ने गुन्मा प्रिफेक्चरको ईसेसाकी सिटीमा आफ्नो कर्म गर्दै आएकी लक्ष्मीको हत्या गरिएको ९ दिनपछि अन्तिम दाहसंस्कारमा उपस्थित सबैका आखा रसाए संगै हत्याराप्रति आक्रोश समेत व्यक्त… पुरा पढौ

गलकोट समाज जापानको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालका चर्चित कलाकार प्रकाश सपुत,रचना रिमालसहित श्रीकृष्णबम मल्ल र इश्वर सिंहले तहल्का मच्चाउने

गलकोट समाज जापानले आयोजना गर्न लागेको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।जापानका चार वटा शहरमा गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका प्रकाश सपुत, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका रचना रिमाल, सुगम तथा मौलिक लोकगीतका सर्जक श्रीकृष्णबम मल्ल र आफ्नो आवाजमै मौलिकपन दिइरहेका ईश्वर सिंहको उपस्थितिमा सांगीतिक धमाका २०२३ गर्न लागिएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले बताए ।"विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक… पुरा पढौ

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा बुद्ध बस्नेत निर्वाचित

टोकियो, नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। जापानको राजधानी टोकियोमा मंगलवार सम्पन्न अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक नविन गुरुङले जानकारी दिएका छन् । त्यसै गरी उपाध्यक्षमा भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिबमा प्रकाश चन्द्र जोसी, सह सचिबमा रबिन सुबेदी, कोषाध्यक्षमा कमल खड्का र सह कोषाध्यक्षमा केशव सुबेदी निर्वाचित भएका छन् ।भने सदस्यमा मनोज केसी, राजेश थापा मगर, दिनेश थापा, देव माईला(शर्मा),… पुरा पढौ

नागोयामा सम्पन्न दोस्रो नेपाल फेष्टिवल २०२२ को आयब्याय सार्वजनिक, नगद २५ लाख बढी बचत

नागोया । गत सेप्टेम्बर ३ र ४ तारिख जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको नेपाल फेष्टिवल नागोया २०२२ को आयब्याय सार्वजनिक भएको छ।नोभेम्बर १९ तारिख शनिवार नागोयामा एक कार्यक्रम गरि नेपाल फेष्टिवल नागोया २०२२ को आय-ब्याय सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो।फेष्टिवलबाट जापानी २५ लाख ५५ हजार २२१ येन नगद र कबुल गरेर उठ्न बाँकी रहेको ७ लाख येन गरि ३२ लाख ५५ हजार २२१ येन बचत सहित गत फेस्टिबल सपन्न भएको निष्कर्ष सहित नेपाल फेस्टिबल… पुरा पढौ

निर्वाचन अपडेटः देशभर भएको मत गणनामा नेकपा एमाले ७ स्थानमा अग्रता

काठमाडौं, ५ मंसिर । आज विहानबाट देशभर भएको मत गणनामा नेकपा एमाले ७ स्थानमा अग्रता कायम गरेको छ । काठमाडौं–७ , ललितपुर–१, २ र ३, झापा–२, बाँके–३, धनुषा –३ मा अग्रता लिएको छ । काँठमाडौं–७ का एमालेका उम्मेदवार श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो… पुरा पढौ

कतार विश्वकप : दोस्रो दिन सोमबार तीन खेलहरु हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औं स्थानमा छ । हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह ‘बी’ को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा… पुरा पढौ