तस्विर समाचार

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।  छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले… पुरा पढौ

गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

काठमाडौं ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ । खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का… पुरा पढौ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनको भनाइ छ । उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ। रौनियारविरुद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका… पुरा पढौ

संक्रमणकाल देखाएर कोही पनि जिम्मेवारीबाट भाग्नु हुँदैन – प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका नाममा आर्थिक सामाजिक विकासमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताएकाक छन् ।  शुक्रबार दिउँसो पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहमा भएका निर्वाचनले राजनीतिक सङ्क्रमणको अन्त्य गरेको र अबको हाम्रो साझा गन्तव्य सुशासन र सम्बृद्धिमार्फत् समुन्नत नेपाल निर्माण गर्नु भएको बताउँदै संक्रमणकाल देखाएर जिम्मेवारीबाट नभाग्न सबैमा आग्रह गरे ।  ‘हामीले निकै लामो समय राजनीतिक सङ्क्रमणमा नै बितायौं। जसले गर्दा देशको समग्र आर्थिक सामाजिक विकासका कार्यसूची ओझेलमा पर्दै… पुरा पढौ

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छन् । बिहीबार जापानको टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गरेको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी र प्रविधि दुवैको स्रोत हो, यसबाट ज्ञान र सीपका साथै… पुरा पढौ

एक मत नपुग्दा कोशीको एमाले नेतृत्वको सरकार ढल्यो

काठमाडौँ । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत खसेको छ ।अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । बहुमतका लागि ४७ मत आवश्यक पर्ने हुनाले मात्र एक मतले हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पद गुमाए। माओवादी केन्द्र र… पुरा पढौ

‘सड्कमा ’मा खटिएका प्रहरीको व्यथा…

आज असार १५ ,हामी दही चिउरा खाने सुरमा तरसड्कमा समुदाय लाई सेवा दिने धुनमा प्रहरीउनीहरुले के खाए कस्ले हेर्ने होला ?प्राय: बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ। ‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ? के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने ?म आफ्नो घरको चोकमा बिहान ५:३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने… पुरा पढौ

क्योतोको घडी पसलमा लुटपाट गरेको आरोपमा ‘Luffy’ का प्रमुख पक्राउ, स्काम इमेलमार्फत करिब ६ अर्ब येन कमाएको प्रहरीको भनाइ

२०२२ मा क्योतो घडी पसलमा लुटपाट गरेको आरोपमा फिलिपिन्समा रहेको जापानी स्कम ग्रुपका एक नेतालाई पक्राउ गरिएको टोकियो प्रहरीले जनाएको छ ।३९ वर्षीय कियोतो इमामुरालाई फेब्रुअरीमा फिलिपिन्सबाट देश निकाला गरिसकेपछि पैसा र अन्य बहुमूल्य चीजहरू चोरी गर्न विशेष ठगी स्काम चलाएको चारवटा आरोपमा अभियोग लगाउदै पक्राउ गरिएको हो । ठगी समूहका नेताहरूमध्येको यो पहिलो लुटपाट भएको महानगरीय प्रहरी विभागले जनाएको छ।स्काम गर्नेहरूले जापानमा वास्तविक अपराधहरू गर्न जिम्मेवार व्यक्तिहरूलाई "Luffy" नाम प्रयोग गरेर इमेल पठाएको विश्वास गरिएको गरिएको छ । Luffy… पुरा पढौ

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइँदै, असार १५ अर्थात् दही चिउरा खाने पर्व पनि

आज धान दिवस। वि सं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरि २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो। त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत… पुरा पढौ

सुदूरपश्चिमेली समाज जापानको जुलाई २ तारिख अधिवेशन हुने

सुदूरपश्चिमेली नेपाली समाज जापानको सातौ अधिवेशन जुलाई २ तारिख आइतबारका दिन हुने भएको छ । अधिवेशन टोकियोको शिनओकुबो स्थित सोलमारी रेष्टुरेन्टको मुरा हलमा दिउसो १२ बजेदेखि आयोजना गरिएको छ । अधिवेशन सम्पन्न गर्न समाजका पूर्व अध्यक्ष डा:भरत नेगीको संयोजकत्वमा एक निर्वाचन समितिको पनि गठन गरिएको जानकारी समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले दिएका छन । नयाँ कार्यसमितिको गठन गरिने उक्त अधिवेशन सम्पन्न गर्न विभिन्न्न उपसमितिको पनि गठन गरिएको छ ।अधिवेशनमा सहभागिताका लागि जापानमा रहेका सबै सुदूरपश्चिमेलीका साथै सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध… पुरा पढौ