तस्विर समाचार

अन्तरजातीय विवाह गरेकै कारण दलित समुदायका केटाको घरमा आगजनी

काठमाडौँ । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा आगजनी गरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी र संघसंस्थाहरूले दबाब बढाएपछि प्रहरीले आगो लगाउने गिरीविरुद्ध मुद्दा दर्ता गरेको हो । तातोपानी गाउँपालिका-४ का गिरीले आइतबार बिहान ४ बजे सोही गाउँमा रहेको केटाको घरमा आगो लगाइदिएका थिए । उनलाई प्रहरीले आइतबारै नियन्त्रणमा लिएको थियो । हिम्मतसँगै केटीका बुबा श्रीराम… पुरा पढौ

ललिता निवास जग्गा प्रकरण: अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा समरजङ्ग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौँबाट नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने… पुरा पढौ

जापानको हानेदा एअरपोर्टमा कार्यरत मोरङकी कविता राजवंशी कोठामा मृत फेला परिन

विद्यार्थी भिषामा जापान आएर हाल कम्पनीमा कार्यरत मोरङ जिल्लाको बेलबारी नगरपालिका वार्ड नम्बर ९ डांगीहाट स्थायी घर रहेकी कविता राजवंशीको हालै निधन भएको छ । जापानको टोकियोको ओमोरीमा बस्दै आएकी राजवंशी हानेदा इण्टरनेशनल एयरपोर्टको इण्टरनेशनल टर्मिलनमा कार्यरत उनी जुलाई २८ देखी देखि सम्पर्क बिहिन भएपछि खोजतालास गर्ने क्रममा कोठामा मृत अवस्थामा फेला पारिएको बताइएको छ ।मृतक राजवंशी सम्पर्क बिहिन भएपछि उनी कार्यरत कम्पनीसहितले प्रहरीको सहयोगमा कोठाको झ्याल फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला परेको संगै काम गर्ने बालामी थरकी साथीले जानकारी… पुरा पढौ

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न, संयोजकमा सन्तोष घिमिरे सर्वसम्मत रूपमा चयन

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी २०२३-२०२५ कार्यकालको लागि सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत रूपमा नया नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनले उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र शम्भु थापा सचिबमा अनिल कुमार बोहोरा, सहसचिबमा विष्णु राज पाठक र यमयस ठकुरी, कोषाध्यक्ष सुमन दुलाल र सह-कोषाध्यक्षमा रोहित मदन भण्डारीलाई चयन गरिएको निर्बाचन समितिका संयोजक विकाश बस्नेत जानकारी दिए ।संयोजक बस्नेतका अनुसार नवनिर्वाचित युवा संयोजकमा मान पुन मगर र सदस्यहरुमा लाक्पा शर्पा, सन्जय लम्साल… पुरा पढौ

एलिभेटर !

अफिस टाईमको ट्राफिक छल्न छिटो निस्कन्छु घरबाट। पार्किङ्ग लटको तेस्रो तलामा गाडी पार्क गरेर हतार हतार गर्दै अफिस भवन भित्र छिर्छु र एलिभेटर भएनेर पुग्छु। त्यहाँ एकजना अलि ठूलो जिउ भएको मान्छे एलिभेटरको बटन भए नजिकै उभिएको थियो। बटन थिच्न हात बढाउँदै गर्दा उसले रोक्दै भन्छ - "मैले थिचिसकें।""ए, हो!" भन्दै म पछि हट्छु र एकछिन पर्खन्छु।एलिभेटर आउँदैन।बटन थिचेपछी त्यसमा बत्ती बल्नु पर्ने, त्यो बलेको थिएन।"अनि बत्ती बलेको छैन त?" भन्दै म फेरि बटन थिच्ने प्रयास गर्न खोज्दै भन्छु।"ए, त्यो… पुरा पढौ

पश्चिमी जापानमा भारी वर्षाका कारण वितण्डा मच्यायो, कम्तीमा १ जनाको मृत्यु, २ जना बेपत्ता (भिडियोसहित)

पश्चिमी जापानमा भारी वर्षाका कारण पहिरो र बाढीले बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने दुई जना बासिन्दा बेपत्ता भएका छन् ।शनिबार बिहान यामागुची सहरको खाल्डोमा डुबेको कारबाट एक वृद्ध पुरुषलाई बाहिर निकालिएको र पछि मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन ।यामागुची प्रान्तको माइनमा भारी वर्षाका कारण सातवटा गाडी डुबेको र एक चालक बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ । छ जना चालकको भने सकुशल उद्धार गरिएको छ भने नभेटिएका एक चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको… पुरा पढौ

पहरो खोपेर सडक : कटे मनाङ, झरे मर्स्याङ्दी

घन, छिनो र साबेलले ठूला-ठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिंङ हुने भीर, त्यो भन्दा तल रिंगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो । उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइँदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु… पुरा पढौ

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन। पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव… पुरा पढौ

‘पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल हुँदैछ’

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । आज(शनिबार) बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले… पुरा पढौ

भ्रष्टाचारविरुद्धको अनुसन्धान रोकिन्न : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताएका छन् । भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ ।’ अहिले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । आफ्नो भारत भ्रमण ऐतिहासिक… पुरा पढौ