एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी २०२३-२०२५ कार्यकालको लागि सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत रूपमा नया नेतृत्व चयन गरेको छ।
शनिबार सम्पन्न अधिवेशनले उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र शम्भु थापा सचिबमा अनिल कुमार बोहोरा, सहसचिबमा विष्णु राज पाठक र यमयस ठकुरी, कोषाध्यक्ष सुमन दुलाल र सह-कोषाध्यक्षमा रोहित मदन भण्डारीलाई चयन गरिएको निर्बाचन समितिका संयोजक विकाश बस्नेत जानकारी दिए ।
संयोजक बस्नेतका अनुसार नवनिर्वाचित युवा संयोजकमा मान पुन मगर र सदस्यहरुमा लाक्पा शर्पा, सन्जय लम्साल लोकेन्द्र कार्की, राम बहादुर तामाङ्ग र विद्यार्थी सदस्यमा नरेन्द्र विष्ट रहेका छन् । भने यस कार्यसमितिमा महिला उपसंयोजक र महिला सदस्यमा पछि चयन गरिने बताइएको छ ।
अधिवेशन तोचिगी क्षेत्रीय समिति संयोजक मन्दिप क्षेत्रीको अध्यक्षतामा सम्पन कार्यक्रमको प्रमुख अतिथि एनआरएनए जापान केन्द्रिय वरिष्ठ उपाध्यक्ष नबिन निउरे रहेका थिए । कार्यक्रममा एनआरएन जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदी, एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष रबिन शर्मा एनआरएनए तोचिगी संस्थापक संयोजक सुरेन्द्र लाल श्रेष्ठ, सल्लाहकार राजु पनेरु, भुवन गैरे,एनआरएनए तोचिगी संरक्षक तथा उचुनोमिया नेपाली समाजका उपाध्यक्ष यम.यस. ठकुरी जनजाती महासंघ तोचिगीका अध्यक्ष सोनम शेर्पा लगायतको उपस्थिति रहेको थियो । उपस्थित महानुभावहरूले एनआरएनए प्रवासमा रहेका नेपालीको सारथीको भएर काम गर्नुपर्ने विचारसहितको शुभकामना मन्तव्य राखेका थिए ।
तोचिगी क्षेत्रिय समिति (2021~2023) को सांगठनिक प्रतिबेदन सहसचिब आशिस खनाल र आर्थिक प्रतिवेदन सह-कोषाध्यक्ष अनील कुमार बोहोराले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन २०२१-२०२३ का उपसंयोजक सन्तोष घिमिरेले र स्वागत मन्तव्य सुमन दुलाल गरेका थिए ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन समितिका संयोजक बस्नेतले सपथ ग्रहण गराएका थिए ।