तस्विर समाचार

जापानको ओकिनावामा दाङका एक नेपाली विद्यार्थीको निधन

विद्यार्थी भिषामा एकवर्ष अघि मात्र जापानको ओकिनावामा आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।ओकिनावाको नाहामा अध्ययनका शिलाशिलामा बस्दै आएका नेपालको दाङ तुल्सीपुर उपमाहानगरपालिका-३ का २२ वर्षीय नेपाली युवा खिम बुढा मगरले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।उनी कोभिड महामारिपछि जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।होस्टेलमा साथीहरूसंगै बस्दै आएका बुढा मगरलाई शनिबार बिहान मृत अवस्थामा कोठामा फेला पारेपछि प्रहरीलाई खबर… पुरा पढौ

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान झण्डै नौ महिनापछि टुङ्गियो

पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धानको शृङ्खला बन्दुकधारीले गोली हानी हत्या गरेको झण्डै नौ महिनापछि टुङ्गिएको छ।आबेलाई जुलाई ८, २०२२ मा नारा सहरमा स्टम्प भाषण गर्ने क्रममा गोली प्रहार गरिएको थियो। उनी ६७ वर्षका थिए। पछि नारा जिल्ला सरकारी वकिलको कार्यालयले ४२ वर्षीया तेत्सुया यामागामीलाई पूर्व प्रधानमन्त्रीको हत्याको अभियोग लगाएको थियो। मार्च ३० मा अभियोजकहरूले यामागामीलाई हतियार उत्पादन कानूनको उल्लंघन, विस्फोटक नियन्त्रण कानूनको उल्लङ्घन र भवन ध्वस्त लगायत चारवटा थप मुद्दा लगाएका थिए। नारा प्रिफेक्चरल प्रहरीले यामागामीलाई सार्वजनिक कार्यालय निर्वाचन ऐन… पुरा पढौ

फोरेक्स रेमिटले ल्यायो “Forex संग तपाई, तपाईसंग Cycle” उपहार योजना

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आईरहेको छ । उक्त कम्पनीको बजार व्यवस्थापन बिभागले अप्रिल महिनालाई लक्षित गरी आकर्षक साईकल सार्वजानिक गरेको छ । बिभिन्न क्याम्पन चलाउदै आईरहेको उक्त कम्पनीले “Forex संग तपाई , तपाई संग Cycle" भन्ने नारा सहित साईकल उपहार योजना सार्वजनिक गरेको हो ।कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल… पुरा पढौ

जापानी हाइस्कूलकी छात्रामाथि अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ

टोकियोको सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्रालाई बोलाएर अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । महानगरीय प्रहरी विभागका अनुसार नेपाली नागरिक अमृत सापकोटाले गत महिना सिनागावा वडाको सडकमा हाईस्कुलकी छात्राको स्तन छुने जस्ता अश्लील कार्य गरेको आशंका गरिएको छ । साथीको घरमा मदिरा पिएपछि सापकोटाले घर जाने क्रममा हाईस्कूलकी छात्रालाई बोलाएर नजिकैको पार्किङमा लगेर अश्लील कार्य गरेका थिए । अनुसन्धानको क्रममा जवाफ दिँदै सापकोटाले आरोपको आंशिक खण्डन गर्दै भने, ‘मैले छोएको हो भन्नेमा कुनै शंका छैन, तर सहमतिमा… पुरा पढौ

जापानमा पशुप्रेमीका लागि बन्यो बिरालोको भाषा अनुवाद गर्ने याप

बिरालो पाल्ने मानिसहरूका लागि एक नयाँ याप सार्वजनिक भएको छ । म्याउटक नामक उक्त यापले बिरालोले निकालेको आवाजलाई मानवीय भाषामा अनुवाद गरिदिन सक्ने बताइएको छ । बिरालोले के भन्न खोजेको हो यस यापमार्फत मालिकले थाहा पाउँछन् ।  जापानमा यो याप सार्वजनिक भएपछि भाइरल बनेको छ । यसको एक करोड ७० लाख डाउनलोड भइसकेको छ । अनि २५ करोड म्याउहरू यापमा रेकर्ड गरिसकिएको छ । अझ एलेक्सा याप जस्तो यस यापले बिरालोको आवाज स्वतः रेकर्ड गरी मालिकहरूलाई अनुवाद पनि पठाउन सक्छ… पुरा पढौ

एसइइ परीक्षाको लागि सफल प्रधानाध्यापक घनश्याम पाठकको परीक्षार्थी, शिक्षक र अभिभावकलाई उपयोगी र काम लाग्ने टिप्स

SEE परीक्षाको लागि नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलका सफल प्रधानाध्यापक घनश्याम पाठकको परीक्षार्थी, शिक्षक र अभिभावकलाई ज्यादै उपयोगी र काम लाग्ने टिप्स : SEE परीक्षालाई विद्यार्थी र अभिभावकले गाह्रो र कठिन ठान्ने अनि मनोवैज्ञानिक भयमा रहने गरेका छन्। तर त्यस्तो विल्कुल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतीजा ल्याउन सकिन्छ।अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन्। यसकारण… पुरा पढौ

बालक कालमा चैते दशैको खुसी

चैते दशैको अष्टमी मासुभात खान पाइने दिन । अझ दिउँसो सेल रोटी ( घुमाउने रोटी ) पकाउने दिन भएकाले खुसीको सिमाना नै छैन । चामलको पिठोमा घ्यू र खुदो हालेर पकाएको घुमाउने रोटी झन् कति मीठो । सधै यस्तै रहिरहोस् जस्तो हुन्थ्यो तर दिन चाँडै बितेको जस्तो लाग्दथ्यो । हाम्रो गलकोटमा नवमीका दिन कोटमा मेला लाग्थ्यो अर्थात कोटमा पञ्चबली दिइन्थ्यो । गलकोट राज्यका तर्फबाट मूख्य पञ्चबली हुन्थ्यो । पञ्चबलीमा बोका राँगा परेवा कुखुरा र हाँस हुन्थे । राज्यको तर्फबाट पञ्चबलीको… पुरा पढौ

पैसा बचाउन पिज्जा चोरेर खाने ३० वर्षीय युवालाई प्रहरीले पक्राउ गर्यो

इशिकावा प्रान्तको कानाजावामा प्रहरीले गत वर्ष डेलिभरी बाइकबाट पिज्जा चोरेको आरोपमा एक ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।कपाल स्टाइलिस्टको रूपमा काम गर्ने ती व्यक्तिले आफ्नो पैसा बचत गर्नको लागि पिज्जा चोरेको आरोप स्वीकार गरेको प्रहरीलाई उद्रित गर्दै जापानी संचार माध्यमले जनाएका छन । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिलाई गत जुलाईमा अपार्टमेन्टको पार्किङस्थलमा डेलिभरी बाइकबाट दुईवटा पिज्जा भएको इन्सुलेटेड क्यारियर झोला चोरेको आरोप लगाइएको छ।चोरी गरिएका पिज्जा दुवै ठूला साइजका थिए, जसमा टमाटर र चिकेन ग्रिल गरिएको थियो । जसको… पुरा पढौ

जापानको तोचिगीको बाल स्याहार केन्द्र(होइकुएन) मा बच्चाको कपाल तान्ने, उल्टो झुण्ड्याउने गरेको पाइयो

जापानको तोचिगी प्रिफेक्चरको बाल स्याहार केन्द्रमा त्यहा कार्यरत कर्मचारीले बच्चालाई उल्टो समातेर कपाल तानेको र अभिभावकलाई गाली गरेकोमा त्यसो गर्नुको कारण मागिएको छ ।प्रिफेक्चरल सरकारले एक बाल हेरचाहमा कार्यरत कर्मचारीलाई बच्चाको कपाल तान्ने, बच्चालाई उल्टो झुण्ड्याउनेसहितका संदिग्ध अनुचित कार्य बाल हेरचाह अभ्यासहरूमा गरिनुको कारणसहित प्रतिवेदन पेश गर्न अप्रिल २१ तारिकसम्मको समय दिइएको छ । यसलाई जापानको कानून अनुसार सुधार सल्लाह जारी आदेश भन्ने गरिन्छ । तोचिगी प्रिफेक्चुरल सरकारले मार्च २३ मा बाल कल्याण ऐनमा आधारित गन्बारी फुकुशिकाई, याइता सहरको एक… पुरा पढौ

माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने भएका छन ।  राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानको एभरेष्ट इण्टरनेशनल स्कूलबाट यस वर्ष जापानबाट SEE Batch -2023 अन्तरगत १४ परीक्षार्थीहरु एसईईमा परीक्षा दिन लागेका हुन् ।जसमा ४ जना छात्रा र १० जना छात्र रहेका छन ।  जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको स्कूल प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए । प्रिन्सिपल विष्णु भट्टका अनुसार जापानको… पुरा पढौ