बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

-


     जनहित न्युज    
     चैत्र २९ गते २०७९


बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति करिब ११ः२५ बजे जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् ।

उनीहरू सबै एकै गाउँका हुन् । जिपमा सवार पाँचजना भने सकुशल रहेका छन् । जिप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेका प्रहरीले जनाएको छ ।

चालक भने सम्पर्कविहीन छन् ।​ झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।यो समाचार कैलालीबाट  कैलाश जोशीले लेखेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?