तस्विर समाचार

‘अयोग्य लडाकु’ लाई २ लाख रुपैयाँ राहत दिने प्रक्रिया बुधवारदेखि अघि बढ्ने 

मन्त्रिपरिषद्को सोमवारकाे निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधवारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । ‘बुधवारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ’, गृह सचिव विनोदप्रकाश सिंहले भन्नुभयो, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।’ वितरणको काम चरणबद्धरूपमा गरिने उहाँले जानकारी दिनुभयो ।  राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव… पुरा पढौ

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा जाँदै छन् । यहाँ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्नेछन् । यसअघि किशिदा भारत भ्रमणमा थिए । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष विश्वका सात सबैभन्दा उन्नत र विकसित अर्थतन्त्र भएका देशहरूको समूह जी–सेभेनको अध्यक्षता गरिरहेको छ । यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको बढ्दो दबाबका कारण किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको बताइएको छ । जापानको आधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत… पुरा पढौ

जापानीहरूले देखाए सातोउ, सुजुकी र ताकाहाशी थर राख्न सबैभन्दा बढि रुचि

जापानमा सातोउ उपनाम भएका २ मिलियन मानिसहरू छन् र धेरै अन्य थरहरूको संख्या एक मिलियन भन्दा बढी रहेको छ । जापानमा सातोउ भनिने २० मिलियन मानिसहरू छन् यो जापानको सबैभन्दा सामान्य थर हो। इतोउ र खातोउ लगायतका अन्य लोकप्रिय थरहरू जस्तै यो एक समयको शक्तिशाली फुजिवारा कुलसँग जोडिएको छ । यी नामहरूमा रहेको तो एउटै कान्जी (藤) हो। फुजिवारामा फुजीको रूपमा प्रख्यात छ । यो प्रख्यात कान्जी फुजिवारा वंशजहरूसँग सम्बन्धित ठाउँको नाम वा पदहरू देखाउने अन्य क्यारेक्टरहरूसँग जोडिएको छ।आज सातोउ… पुरा पढौ

जापानमा विदेशी कामदार १८ लाख २२ हजार ७२५ हुँदा नेपालीको संख्या १ लाख १८ हजार १९६ पुग्यो

जापानमा अहिले १८ लाख विदेशी कामदार रहेका छन् जुन १० वर्षअघिको भन्दा दोब्बर हो ।सन् २०२२ मा जापानमा रहेका श्रमिकहरू मध्य चीनलाई उछिन्दै भियतनाम विदेशी श्रमको सबैभन्दा ठूलो स्रोत बनेको छ भने नेपाल, इन्डोनेसिया, म्यानमारबाट आउने कामदारको संख्यामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले प्रकाशित गरेको प्रतिवेदनका अनुसार सन् २०२२ को अक्टोबर ३१ सम्ममा जापानमा विदेशी कामदारको संख्या १८ लाख २२ हजार ७२५ पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ९५ हजारले अर्थात् ५.५ प्रतिशले बढी हो… पुरा पढौ

टोकियो क्षेत्रमा संचालित रेल सेवाको भाडामा वृद्धि

जापानमा संचालित जेआर ईस्ट, टोकियो मेट्रो र अन्य प्रमुख रेल सेवा कम्पनीहरूले शनिबारदेखि टोकियो र छिमेकी प्रिफेक्चरहरूका रेल सेवाहरूको लागि नियमित भाडा १० येनले बढाएका छन ।कम्पनीहरूले लिफ्ट र प्लेटफर्म ढोकाहरू स्थापना गर्न, रेल स्टेशनहरूमा अवरोध-रहित पहुँच विस्तार र अन्य थप सुधारको गर्ने भन्दै नियमित भाडामा सो थप रकम बढाएको कम्पनीले जनाएका छन ।रेल सेवाको भाडा वृद्धि गर्ने अन्य कम्पनीहरूमा तोबु रेलवे, ओदाक्यु इलेक्ट्रिक रेलवे, सेइबु रेलवे, सागामी रेलवे र योकोहामा मिनातोमिराइ रेलवे छन्। भाड़ा बढ़ेसंगै यात्रु पासहरूको मूल्य पनि… पुरा पढौ

जापानमा बच्चा जन्माउनेलाई अब पुरुषलाई समेत बिदासहित बाल भत्ता विस्तार, आवास खर्चमा अनुदानमा सहयोग गरिने

जापानमा घट्दो जन्मदारलाई सम्बोधन गरि जनसख्यामा वृद्धि ल्याउनका लागि पुरुष कामदारहरूलाई बाल हेरचाह गर्न ८५ प्रतिशत बिदा लिने पुरुषको अनुपात बढाउने महत्वाकांक्षी लक्ष्य प्रधानमन्त्री फुमियो किशिदाले राखेका छन ।  मार्च १७ मा भएको पत्रकार सम्मेलनमा किशिदाले जन्मदर बढाउन लागि व्यापक अवधारणा र प्रमुख लक्ष्यहरू प्रस्तुत गर्दै "हामीले समाजको समग्र चेतना र संरचना परिवर्तन गर्नुपर्छ।" भन्ने मान्यताका साथ सन् २०३० सम्ममा ८५ प्रतिशत बाल हेरचाह गर्न पुरुष कर्मचारीले यस्तो बिदा लिने वातावरण मिलाउने बताए । आर्थिक वर्ष २०२१ मा १४ प्रतिशत… पुरा पढौ

‘बागलुङको पहिचान बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?’

“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रसस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दैन, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्ती मगर उमेरले ८३ मा लाग्नु भयो । अहिले पनि उहाँ घर भित्र बाहिरको काम सहजै गर्न सक्नु हुन्छ । आँखा कमजोर हुँदा चित्र कोर्ने रुची हुँदा हुँदै पनि सक्नु हुन्न । चित्र कलामा पोक्त घर्ती मगरले जवानीमा काठ तथा बुट्टे नलीमा धेरै… पुरा पढौ

२१ वर्षपछि बुवाको चिहान खोज्दै छोरा सहिदको चिहानमा पुग्दा…

सबराज छन्त्याल ३९ वर्षका भए। एक्काइस वर्ष पहिले छन्त्यालका बुवा टीका पनि ३९ वर्षकै थिए। जनयुद्धको रापताप चलेको थियो। देशमा सङ्कटकाल घोषणा भयो। यो विसं २०५८ फागुन आखिरीतिरको कुरा हो।  युद्धरत माओवादीलाई आश्रय दिएको आरोपमा सरकारी सुरक्षा फौजले बागलुङको देवीस्थानका टीकासहित रोशनध्वज मल्ल र डोरबहादुर छन्त्याललाई नियन्त्रणमा लियो। साता दिन यातना शिविरमा राखेपछि सुरक्षाकर्मीले उनीहरूलाई चैत १ गते हेलिकोप्टरबाट ताराखोला पुर्‍याए।  अहिलेको ताराखोला गाउँपालिका–२ अर्गल, गयार भन्ने ठाउँमा तीनै जनाको सामूहिक हत्या गरेर एकै चिहानमा गाडे। उक्त आतातयी घटना भएको २१… पुरा पढौ

अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)द्वारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ । मस्कोले… पुरा पढौ

जनयुद्धमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा

मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको प्रधानमन्त्री… पुरा पढौ