जापानको ओकिनावामा दाङका एक नेपाली विद्यार्थीको निधन

-


     जनहित न्युज    
     चैत्र १९ गते २०७९


विद्यार्थी भिषामा एकवर्ष अघि मात्र जापानको ओकिनावामा आएका एक नेपाली विद्यार्थीको निधन भएको छ ।
ओकिनावाको नाहामा अध्ययनका शिलाशिलामा बस्दै आएका नेपालको दाङ तुल्सीपुर उपमाहानगरपालिका-३ का २२ वर्षीय नेपाली युवा खिम बुढा मगरले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।
उनी कोभिड महामारिपछि जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।
होस्टेलमा साथीहरूसंगै बस्दै आएका बुढा मगरलाई शनिबार बिहान मृत अवस्थामा कोठामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको प्रकृति हेर्दा उनले आफैँले आफ्नो ज्यान लिएको देखिएको प्रहरीले बताएको स्रोतले जानकारी दिएको छ ।
नेपालमा बुवा आमा दाइ दिदी रहेको र उनको मृत्युको बारेमा परिवारलाई जानकारी गराईएको नेपाली जनप्रगतिशील मञ्च जापान ओकिनावा क्षेत्रीय समितिका संयोजक अनिश पौडेलले जानकारी दिए । हाल होस्टेलमा अन्य साथीसंग बस्दै आएका उनी मृत्युलाई रोज्न पुगे भन्ने बारेमा कारण खुलेको छैन । हाल बिद्यालय बिदा रहेको छ ।
नेपालमा रहेका परिवारका सदस्यहरुलाई घटनाको बारेमा जानकारी गराईएको र अब परिवारसंग सल्लाह अनुसार दाहसस्कारको बारेमा आवश्यक प्रकृया अघि बढाईने बताईएको छ । घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?