तस्विर समाचार

जापानले अप्रिल १ देखि निजामती कर्मचारीको अवकाश उमेर बढाउने

जापानले अप्रिल १ देखि निजामती कर्मचारीको अवकाश उमेर बढाउने भएको छ । देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमिक अभावलाई सम्बोधन गर्ने उपायहरूको रूपमा जापानका राष्ट्रिय र स्थानीय निजामती कर्मचारीहरूको अवकाश उमेर अप्रिलको सुरुदेखि हालको ६० बाट ६१ वर्षमा पुर्याइने भएको छ ।जापानी सरकारी अधिकारीले जनाए अनुसार श्रमशक्तिको संचयलाई बढ़ावा दिनका लागि चालिन लागिएको यस कदमबाट आर्थिक वर्ष २०३१ मा ६५ वर्ष नपुगेसम्म सेवानिवृत्तिको उमेर प्रत्येक दुई वर्षमा एक वर्षले बढाइनेछ। निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्न चाल्नका… पुरा पढौ

जापानले पासपोर्टका खाली पाना थप्ने सेवाको खारेजी, राहदानी नवीकरण अनलाइन आवेदन सुरु

जापानले सोमबारदेखि राहदानी वाहकहरूलाई भिसा र अध्यागमन टिकटहरूको लागि ठाउँ सकिएपछि राहदानीको पृष्ठहरू थप्न अनुमति दिने सेवा खारेज गर्ने भएको  छ । नक्कली पासपोर्टहरू पहिचान गर्न कठिनाइ भएपछि यात्रा कागजातका लागि विश्वव्यापी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले एसियाली राष्ट्रलाई सेवा बन्द गर्न सुझाव दिएसंगै जापानले यो अनुमति खारेज गर्ने भएको भएको हो। यस्तो प्रणाली रोक्न जी २० समूहको जापान अन्तिम सदस्य बनेको छ । संशोधित राहदानी ऐन सोमबारदेखि लागू हुने भएकोले यो कदम चालिएको हो।परिवर्तनको अंशको रूपमा राहदानी… पुरा पढौ

`जापानमा बस्ने नेपालीहरुको फुटबल क्रेज’, गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ युनाइटेडले जित्यो

जापानको फुकुओका प्रिफेक्चरको कोकुरामा सम्पन्न सेकेण्ड सर्टेड गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ को उपाधि युनाइटेड फुटबल क्लबले हात पारेको छ ।  फुकुओका आसपास बस्ने नेपालीहरूका बिचमा रहेका १७ टिमको सहभागिता रहेको टुर्नामेण्ट कप प्रतियोगितामा वाजिरो फुटबल क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गरेर प्रथम  भएको युनाइटेडले २ लाख ५० हजार येन हात पार्न सफल भएको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको वाजिरोले १ लाख २५ हजार येन पाएको छ ।  खेलमा सबैभन्दा अनुसाशित ठहरिएको टिम ओआसी फुटबल… पुरा पढौ

जापानमा सबैका लागि शिक्षा कार्यक्रम अन्तरगत समता स्कूल संचालनमा आउने 

सर्वसुलभ रूपमा ८६ वटा विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको सबैका लागि शिक्षा कार्यक्रम समता स्कूलले जापानमा समेत आफ्नो सेवा विस्तार गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।  समता स्कूलमा आफूलाई शिक्षा सेवकको रूपमा परिचित गराउने उत्तम संजेलको उपस्थितिमा जापानको टोकियोमा सबैका लागि शिक्षा कार्यक्रम समता स्कूल स्थापनाको सम्भावना अवसर र चुनौतीका बारेमा एक अन्तरक्रिया कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।  नेपालका ७७ जिल्लामा ८० वटा र अन्य देशमा ६ गरी ८६ वटा विद्यालयको स्थापना गरि मासिक एक सय… पुरा पढौ

जापानमा एनजीओ न्युकमर्स अवार्डबाट नेपाली युवा नगद सहित सम्मानित

टोकियो । जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन्। जापानको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा गर्न सक्ने योगदानलाई ध्यानमा राखेर जापान भरिका गैरसरकारी संस्थामा निश्चित अबधि भित्रका कर्मचारीलाई प्रदान गर्दै आइरहेको यस अवार्डमा पहिलो बिदेशीका रुपमा साप्लानिर नामक संस्थामा कार्यरत सुदिप दाहालले नगद सहित एनजीओ न्युकमर्स अवार्ड प्राप्त गरेका हुन। सुदिप दाहाल उक्त संस्थामा २०२२ को फेब्रअरीदेखि कार्यरत छन्। करिब नौ वर्षअघि विद्यार्थीको रूपमा अध्ययन गर्न… पुरा पढौ

जापानमा विदेशीको संख्या ३० लाख नाघ्यो

जापानमा विदेशी नागरिकको संख्या गत वर्षको अन्त्यसम्ममा पहिलो पटक ३० लाख नाघेको छ ।सन् २०२२ को अन्त्यमा जापानमा विदेशी बासिन्दाको संख्या अघिल्लो वर्षको तुलनामा ११.४ प्रतिशतले बढेर ३० लाख ७५ हजार २१३ को उच्च रेकर्ड पुगेको अध्यागमन सेवा एजेन्सीले शुक्रबार जनाएको छ। यो संख्या अघिल्लो वर्ष भन्दा ३ लाख १० ले बढि हो ।कोभिड–१९ विरुद्धको सीमा उपायहरू सहज बनाएपछि विदेशी विद्यार्थी र प्राविधिक प्रशिक्षार्थीहरूको सङ्ख्या ह्वात्तै बढेको छ । विद्यार्थी भिसामा भएका विदेशी नागरिकको संख्या गत वर्ष ९० हजार रहेकोमा… पुरा पढौ

‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानमा प्रदर्शन

भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर फोटोग्राफर सञ्जय महर्जनले निर्माण गरेको ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ डकुमेन्ट्री जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा  प्रदर्शन गरिएको छ।  सन् २०२२ डिसेम्बर १७ देखि मार्च १९ अर्थात आइतबारसम्म प्रदर्शन गरिएको हो। ‘गो टु ट्राभल–जर्नी अफ द आर्टिष्ट’ शीर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेका नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उनले खिचेका फोटो र डकुमेन्ट्री  देखाइएको हो। उक्त डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल,… पुरा पढौ

जापानमा टापुहरूको संख्या ७ हजार बढी

जापानले आफ्नो देशको राजनीतिक नक्साभित्रका टापुहरुको संख्या पुनः गणना गरेको छ।  ३५ वर्षअघि सन् १९८७ मा टापुको संख्या गणना गरेको जापानले पुनः गणना गर्दा देशमा दोब्बर बढी अर्थात् ७ हजार बढी टापु भेटाएको छ। जापानको जिओस्पेसियल इन्फरमेसन अथोरिटी जीएसआईले गरेको सूचना संकलनबाट जापानी क्षेत्रमा १४ हजार १ सय २५ टापु फेला परेका छन्।  १९८७ मा कोस्ट गार्डले निकालेको तथ्यांकमा टापुको संख्या ६ हजार ८ सय ५२ थियो। जापानले आफ्नो नयाँ प्रविधिले जापानमा टापुको संख्या धेरै देखिए पनि देशको नक्सा र… पुरा पढौ

नेपालमा जन्मदर घटेसंगै उल्लेख्य रूपमा घट्यो जनसंख्या पनि, ६.९५ प्रतिशत बेरोजगार

सरकारले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गरेको छ । जसअनुसार २०६८ को जनगणनाको तुलनामा वार्षिक जनसंख्या वृद्धिदरमा कमी आएको छ । यसअघिको जनगणनामा वार्षिक औसत जनसंख्या बृद्धिदर १ दशमलब ३५ प्रतिशत थियो भने यो पटक ० दबशमलब ९२ प्रतिशत मात्र रहेको छ ।  राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८.९८ प्रतिशत र महिलाको संख्या १ करोड… पुरा पढौ

चेक अनादर र बैंकिङ कसूर सम्बन्धी के छ कानूनी व्यवस्था ?

आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा बढेकोले समाजमा हुने रकमको लेनदेन कारोवारमा जटिलता थपिएको छ । खराव उद्देश्यकासाथ चेकको प्रयोगले गर्दा आर्थिक अपराधमा बृद्धि भएको छ । सामाजिक अविश्वास बढ्दै गएको छ । फलस्वरुप… पुरा पढौ