अनेसास जापानको ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रम वैशाख १ मा

-


     जनहित न्युज    
     चैत्र २८ गते २०७९


नयाँ वर्ष २०८० को अवसर पारेर अन्तरराष्ट्रिय साहित्य समाज जापान च्याप्टरले नेपाली नया वर्ष २०२८० को अवसरमा वैशाख १ गतेको दिन ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।
पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ मञ्चन सहित वैशाख १ गते शुक्रबार एभरेस्ट इन्टरनेसनल स्कुल टोकियोमा ‘काव्यधरामा रङ्गमञ्च तथा ६६औँ नियमित साहित्य शृङ्खला’ नामक कार्यक्रम आयोजना गरिन लागेको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिए ।
कार्यक्रममा रङ्गकर्मीहरूको विशेष प्रस्तुतिका साथै जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जनाको कर्ममा गरिरहेका साहित्यकारहरूको विशेष सिर्जना वाचन हुनेछ ।

इन्द्रेणी थियटर पोखराबाट रङ्गकर्मीहरू केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेल जापान आइपुगेका छन। गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएको रङ्गकर्मीहरू पौडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ ।

जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र अभिनेतासमेत रहेका पौडेलले बताए । नाटकमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङले सङ्गीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

शनिबार र आइतबार जापनिज थियटरमा उनीहरूको प्रस्तुति भैसकेको छ । २०७६ मा स्थापना भएको इन्द्रेणी थिएटरले नाटक उत्पादन, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतका क्षेत्रमा काम गरिरहेको छ ।

कार्यक्रममा सहभागिताका लागि अनेसास जापानले सम्पूर्ण सर्जकहरू तथा साहित्यप्रेमीहरूमा निमन्त्रणासहित अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?