
जापानको फुजी हिमाल आरोहण गर्ने चारमध्ये आठौं स्टेशन नजिकै खसेपछि एकजना नेपालीको मृत्यु भएको छ ।
नेपालको सोलुखुम्बु जिल्लाको नाम्चे घर भै विगत लामो समयदेखि जापानको कानागावा प्रान्तको फुजिसावा सहरमा बस्ने ४० वर्षीय नेपाली नागरिक सकी टि शेर्पा पहिचान भएको जापानी सञ्चार माध्यमले जनाएका छन ।

मार्च ३१ तरिक बिहान ३ बजेतिर शेर्पा सहितको टिममा एक अमेरिकी र दुई जापानी गरी ४ जना फुजी हिमाल गएका थिए। हिमाल आरोहणमा गएको र सोही दिन फर्किने क्रममा दुर्घटना भै निधन भएको थियो ।
दुर्घटनामा परेका “दुवै जनालाई ‘कार्डियो रेस्पिरेटरी अरेस्ट’ भएको पाइएको छ,” प्रहरीले बताएको छ । यो चिकित्सकद्वारा मृत्यु भएको पुष्टि गर्नुअघि जापानमा प्रयोग हुने शब्द हो ।पछि मृत पुष्टि भएको थियो।
चारैजनाले शिजुओका प्रिफेक्चरको गोटेम्बागुचीबाट आरोहण सुरु गरेका थिए र प्रहरीले थप विवरणहरू अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार ती व्यक्ति गत मार्च ३१ मा शेर्पासहित चार जनाको समूहसँग माउन्ट फुजी हिमाल चढेका थिए र आठौं स्टेशन नजिकै खसेका थिए ।
महिलालाई अर्को दिन प्रहरीले उद्धार गरेको थियो र छातीमा गम्भीर चोट लागेको थियो। यसबारेमा प्रहरी थप केहि बताएको भने छैन ।
हिमालको शिखर देखि केही तल ८ स्टेप तिर पुग्दा शेर्पा र एक जापानी नागरिक चिप्लिएर चोट लागेको जानकारी भएपछि उद्दारको लागि हेलिकप्टरको सहायता लिएपनि घटनास्थलमा हेलिकप्टर बस्न नसकेपछि १५ जनाको उद्दार टोली पठाइ घाइतेलाइ नजिकैको अस्पताल ल्याइएको थियो ।शेर्पाको मृत्यु कुन समयमा भएको भएको भनेर अहिले सम्म एकिन जानकारी प्राप्त भएको छैन ।
मृतक शेर्पाको जापानमा नै अन्तिम सस्कार गरिने
जापानको फुजी हिमाल आरोहणको क्रममा निधन भएका सकी टि शेर्पाको शव अप्रिल १० तारिख जापानमा नै अन्तिम दाहसंस्कार गरिने भएको छ ।
मृतक शेर्पाको ९ तारिक आईतबार अपरान्ह ५ बजेदेखि ८ बजेम्म अन्तिम खादा अर्पण गरी विदाई गर्ने र १० तारिख सोमबार बिहान ११ बजे शेर्पा परम्परा अनुसार दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जानकारी शेर्पा समाज जापानका सदस्य फुर्बा शेर्पाले जानकारी दिए ।
मृतक शेर्पाको शव भने प्रतिकुल मौसमको कारण अप्रिल ५ तारिख (१ सातापछि )को दिन घटनास्थलबाट टोकियो ल्याइ परिवारले शव जिम्मा जिम्मा लिएको थियो ।
मृतक शेर्पा शेर्पा संघ जापानको सल्लाहकार समेत रहेका थिए । मृतक शेर्पाका श्रीमती सहित २ जना छोरा (११ बर्ष र ५ बर्ष )रहेका छन ।उनी करिब २ दशक अगाडिदेखि कानागावा जापानमा बसोबास गर्दै आइरहेका थिए ।

मृतक शेर्पाको खाजेकुसोउ होरू स्योनन खानागावा केन फुजी सावासि चुजिदोउ २-५-११७ चुजीदोउ स्टेशन बाट हिडेर ३ मिनेट पश्चिममा शव दाहसंस्कार गरिने भएको छ ।



