तस्विर समाचार

नयाँ पर्यटकीय केन्द्र बन्यो गलकोटको ‘मूर्तिकला’

तल गलकोट । माथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म घुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकहरुको चहलपहल बढिरहेको छ । वि.सं. २०७६ सालमा टेउवाको डाडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शीलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गलकोट नगरपालिका–५ मा पर्ने टेउवा एतिहासिक गलकोट दरबारको… पुरा पढौ

भक्तजनलाई लोभ्याउने कालिज

बागलुङ, प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ।  मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना,… पुरा पढौ

जापानमा सन् २०२२ मा आत्महत्या गर्ने युवा विद्यार्थीहरूको संख्या उच्च  

जापानमा सन् २०२२ मा १८ वर्षमुनिका ५१४ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको छ । युवाहरूले गरेको यो आत्महत्याको संख्या हालसम्मकै उच्च रहेकोले जापानमा डरलाग्दो अवस्था रहेको पाइएको यससंग सम्बन्धित जानकारहरूको भनाई छ ।मार्च १४ मा सार्वजनिक गरिएको कल्याणकारी मन्त्रालयको तथ्याङ्कअनुसार सन् १९८० मा सर्वेक्षण सुरु भए यताको यो सङ्ख्या पहिलो पटक ५०० पुगेको हो। सरकारी सर्वेक्षणले ६ देखि १८ वर्ष उमेरका विद्यार्थीहरूका लागि विद्यालयलाई समेटेको छ।तथ्यांक वर्गीकरणका अनुसार ३५४ हाई स्कूलका विद्यार्थीहरू मुख्यतया १५ र १८ बीचका थिए र १४३… पुरा पढौ

बुद्धीसागरको ‘एक्लो’मा घोत्लिएर म हराउदा देखेको श्री र हामी !

सहरमा एक्लो हुनुको अर्थ रहेछ आफु हराउनु तर कसैले पनि नखोज्नु रहेछ ।हो भौतारिंदै कल्पना गर्दै केही वर्ष कोशिसमा बित्लान्, केही महिना छटपटिँदा केहि दिन मौनतामा केहि घण्टा उस्साहमा केहि मिनेट सम्भावना र केही सेकेन्ड प्राप्तिमा बित्नेछन भनें जस्तै भयो भने बादलका खुट्किला टेक्दै मेरो घर जाने दिन आउनेछ ।घरदेखि टाढा काठमाण्डौमा आफ्नो मन भरिकाे ठूलो सपना बोकेर सपनालाई साकार पार्नकाे लागि बिरानो ठाउँमा उच्च शिक्षा अध्ययन गर्न लागि सडकका गल्ली गल्लीमा भौतारिंदै आफ्नो लक्ष्य पूरा गर्न हिड्नेहरुकाे हजारौ श्री… पुरा पढौ

जापानमा नेपाली समुदायलाई लक्षित गरि पेन्सन सम्बन्धी अन्तरक्रिया गरिने

जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी पेन्सन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम हुने भएको छ।नेपाली राजदुतावास टोकियो एनआरएनए जापान तथा कानागावा ईन्टरनेश्नल फाउण्डेसनद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा,स्याईकाई होकेन किन गर्ने ? जापानमा भिषा तथा एईजिउ लिनका लागि कति समय पेन्सन तिर्नुपर्छ ? या पेन्सन नतिरे के हुन्छ ? जापानमा बसुन्जेल तिरेको पेन्सन नेपाल फर्किएपछि पाईन्छ या पाईँदैन ? लगायतका विविध विषयहरुमा छलफल हुनेछ।कार्यक्रमका संयोजक तथा एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेका अनुसार उक्त कार्यक्रममा नेपाली भाषामै प्रश्न उत्तर गर्न सकिने बताए । भिषा तथा… पुरा पढौ

काँडेबास सेवा समाज जापानले घाइते विकको उपचारका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण

तातोपानीमा परि गम्भिर घाइते गलकोट नगरपालिका वडा नम्बर ८ काँडेबासका बालकको उपचारका लागि काँडेबास सेवा समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।गत माघ १२ गते थालेपोखरामा भैंसीलाई खुवाउन तताएको तातोपानीमा परी घाईते भएका ४ वर्षीय बालक सुलभ बिकको उपचारर्थ समाजले सञ्चालन गरेको अभियानबाट संकलित २ लाख रकम बुवा केहरसिंह विकलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष गोम बुढाथोकीले जानकारी दिए ।सोमबार कांडेवासमा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष तेजप्रसाद सापकोटाले घाईते बालकको उपचार खर्चमा सहयोग पुग्ने… पुरा पढौ

गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता

गलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । सोमबार न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलेले विद्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर, मापदण्ड, शैक्षिक नीति, पाठ्यक्रम कार्यान्वयनका आधारमा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता आइएओ ९००१ :२०१५ चिन्ह प्राप्त गरेको जानकारी दिएको थियो । गुणस्तर प्राप्तका लागि शीर्ष १० आइएसओ प्रमाणपत्रका उपाधी र १२ भन्दा बढी आइएसओ मानकहरु प्रमाणित गरेकोमा विद्यालयले उक्त गुणस्तर चिन्ह प्राप्तका लागि पहिलो चरणको काम पुरा गरेको छ । पहिलो पटक… पुरा पढौ

घुम्टे युवा परिवार जापानले सहयोग गरि राखेको एक शिक्षकको भरमा विद्यालय,सरकारी दरबन्दीका शिक्षक शुन्य

वरपर सुनसान जंगल । जंगलको छेउमै छ । टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने टोकरी गाउँ अहिले उराठिलो भनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाई हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ । विद्यालयका प्रधानाध्यापकको सेवानिवृत भएपछि एक महिनादेखि गलकोट नगरपालिका–७ टोकरीगाउँ स्थित देउराली प्राथमिक विद्यालयमा स्थानीय ज्योति थापाले पढाउँदै आएकी छन । एक महिना अगाडि… पुरा पढौ

संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिका अतुलनीय रहेको बताए। प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको बताए। उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे। शिक्षक पेसालाई मर्यादित… पुरा पढौ

जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय छ : राजदूत डा. सुवेदी

टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताएका छन। टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. सुवेदीले दूतावासको टेलीकमको समस्याको समाधान छिट्टै हुने बताए । कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजदूत डाक्टर सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको बताउनु हुँदै आफ्नो नेतृत्वको नेपाली दूतावासमा भ्रष्टाचार हुन दिन्न र नहुने जिकिर गरे ।कार्यक्रमकै बीचमा राजदूत… पुरा पढौ