ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न अपिल

-


     कविकिरण न्यौपाने     
     चैत्र ९ गते २०७९


ओसाका

जापानकोओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन्। हराई रहेकी आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनि जापानको ओशाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १- ३ – २ मा रहदैं आएकी बताईएको छ। २२बर्षिय आरतीको स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं १२ हो । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुना साथ खबर गर्न अनुरोध गरेका छन् । उनिहरुलाई नेपालमा ९८११ २४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ।

आरतीको खोजी कार्यमा एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारीले पहल भईरहेका बताएकी छिन् । सबै तिर सूचनाको आदान- प्रदान भई रहेको छ उनले भनिन। पछिल्लो जानकारी अनुसार हराई रहेकी आरतीले आफु संगै बस्ने साथीलाई आफ्नो जाईरो कार्ड हराएकोले जाईरो कार्ड बनाउन ईम्रिगेशन निस्किएको बताएकी थिईन। करिव ५ घण्टा पछि मेरो जाईरो कार्ड बन्यो भनेर संगै बस्ने साथीलाई फोन आएको र फोनको ब्याट्री कम भएकोले मोवाईल अफ हुन सक्ने मोवाइलबाट भनेकी बताईएको छ। उनले आफु संगै आफ्नो साईकल पनि लगेको बताईएको छ। एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारीले आरती बिरामी परेको तथा कुनै समस्यामा परेको पनि हुन सक्ने भएकोले कसैले जानकारी पाउनु भएका नजिककै एनआरएनए अभियनता तथा नेपाली समुदायमा खवर गरिदिनु हुन उनले अनुरोध गरेकी छिन् । आरतीको बारेमा उनले पढ्दैं गरेकी कलेजमा सम्पर्कमा रहेको , जापनिज पुलिस संग आरतीको नाममा रहेको साईकलको सम्पूर्ण कागजात बुझाएको र जापानमा रहेको नेपाली दुतावासमा समेत समन्वय गरि रहेको अधिकारीले बताईन ।

त्यस्तै चितवन समाज जापानका अध्यक्ष राजनकुमार श्रेष्ठले पनि सबै तिर समन्नय गरि खोलतलास भई रहेको बताए । यस्तो समस्या बिदेशमा जो कोहीलाई पनि आउन सक्छ , एक जुट भएर समस्याको समाधान गर्न पर्छ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?