तस्विर समाचार

जनतालाई सेवा प्रदान गर्दा जापानले अवलम्बन गरेको प्रणाली उत्कृष्ट लागेकोले भरतपुर महानगरमा त्यसको सिको गर्नेछु- नगर प्रमुख रेणु दाहाल

कानागावा प्रिफेक्चरको योकोसुका सिटी र भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्र (Memorandum of understanding ) मा हस्ताक्षर भएको छ ।सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुर महानगरपालिका नगर प्रमुख श्री रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजी बिचमा भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाई, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षार गरिएको हो । जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका… पुरा पढौ

परदेशको रोजगारीः बागलुङका गाउँ रित्तिए, बजार भरिए

एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ… पुरा पढौ

जापानमा कोभिड-१९ को खोपले गत नोभेम्बरमा एक महिलाको मृत्यु भएको विज्ञ प्यानलको भनाई

कोभिड-१९ को खोपले पहिलो पटक नोभेम्बर २०२२ मा ४२ वर्षीया महिलाको मृत्युमा योगदान गरेको हुनसक्ने सम्भावनालाई जापानमा स्वास्थ्य मन्त्रालयलाई सल्लाह दिने विज्ञहरूको प्यानलले बताएको छ ।प्यानलले खोप प्रणाली अन्तर्गत जाबबाट सम्भावित साइड इफेक्टहरू बारे रिपोर्टहरू प्राप्त गरि कोभिड-१९ खोप र मृत्युबीच कारण र सम्बन्धका बारेमा मूल्याङ्कन गरिरहेको बताएको छ ।विगतमा प्यानलले मृत्युको कारण र खोपको सम्बन्धका बारेमा तथ्य फेला नपारेको वा निर्धारण गर्न नसकेको बताइएको छ ।तर २०२३ मार्च १० को बैठकमा प्यानलले महिलाको मृत्युमा कोभिड-१९ विरुद्धको खोपको कारण आर… पुरा पढौ

परिवारलाई सुखमय बनाउने कल्पनासहित जापान आएका गलकोटका पदम नाबालिग छोरीलाई समेत भेट्न नपाई यतै अस्ताए 

१४ वर्ष अघि आफ्नो र परिवारको जीवन सुन्दर बनाउने स्वर्णिम कल्पनासहित जापानमा रोजगारीको शिलाशिलामा छिरेका ४३ वर्षीय पदम चोखालको त्यो कल्पना पूरा नहुँदै मंगलबार परदेशी भूमिमा प्राण गयो ।नेपाली हिन्दू सस्कार अनुसार जापानले तोकेका मापदण्ड पूरा गरि शनिबार उनको शरीरलाई परदेशी भूमिमा नै अन्तिम सस्कार गरियो । टोकियोको ओटा कु तोकाइमा श्रद्धान्जलीका लागि उपस्थित भएका नेपाली दाजुभाइ दिदीबहिनीका आँखामा पदमकी श्रीमति लक्ष्मीको चित्कारले मन नै छेड्ने गरि छोएपछि आँशु छचल्किए । नेपालमा रहेकी एक मात्र छोरीलाई पनि मृत्यु बरण गर्ने… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाले मल्मका छात्रा विद्यार्थी र एकल महिलालाई स्वाथ्य सामग्री तथा राहत सामग्री वितरण

घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिका वार्ड नम्बर ७ मल्मका छात्रा विद्यार्थी र एकल महिलालाई स्वाथ्य सामग्री तथा राहत सामग्री वितरण गरेको छ ।३२ जना विपन्न एकल तथा अपांग महिलाका लागि दैनिक उपभोग्य सामाग्री र वडा भित्रका ४ विधालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन १०२ जना छात्राका लागि प्रति विधार्थीलाई १ वर्ष पुग्ने गरि सेनेटरी प्याड वितरण गरिएको घुम्टे युवा परिवार जापानकी महिला संयोजक कल्पना खड्काले बताईन।घुम्टे युवा परिवार मल्म, गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालय र… पुरा पढौ

भरतपुरलाई देशकै नमूना सहर बनाउछु – रेणु दाहाल

टोकियो - भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् । बुधबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताईन् । उनले अगाडि भनिन् - 'विगतका अधुरा कामहरु सम्पन्न गर्न र भरतपुर महानगरपालिकामा थप नयाँ मेघा प्रोजेक्टहरु सफलताका साथ सम्पन्न गरी देशकै एउटा नमूना र पर्यटकीय नगरीकोरुपमा बिकास गर्न… पुरा पढौ

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।  पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा रहेका नेकपा एमालेका सांसद महेश बर्तौलाले सेतोपाटीलाई बताए। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६… पुरा पढौ

राष्ट्रपति चयनका लागि मतदान सुरु

२५ फागुन, काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन्… पुरा पढौ

टिकटक प्रयोगकर्ताले अब भिडिओबाटै पैसा कमाउन सक्ने

काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सकिने फिचर सार्वजनिक गरेको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले मंगलबारसो फिचर सार्वजनिक गरेको हो । यस फिचरमार्फत क्रियटरले २० मिनेट लामो भिडिओ अपलोड गर्न सक्नेछन् । यसरी एउटा कलेक्सन (एल्बम) मा ८० ओटासम्म भिडिओ राख्न सकिने कम्पनीले उल्लेख गरेको छ । यस्ता कलेक्सन हेर्न प्रयोगकर्ताबाट क्रियटरले एकदेखि १९० अमेरिकी डलर (२४ हजार ८०० रुपैयाँ) लिन सक्नेछन् । यसरी क्रियटरले तोकेको शुल्क तिरेर क्रियटरको… पुरा पढौ

जापानको नयाँ रकेट आफ्नो पहिलो उडानमा नै फेल, अन्तरिक्षमा विस्फोट गराइयो

जापानको स्पेस एजेन्सी जाक्सा अर्थात् जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मङ्गलवार अर्थात् सात मार्च २०२३ मा भारी क्षति व्यहोर्नुपर्यो । एजेन्सीको नयाँ रकेट एचथ्री आफ्नो पहिलो उडानमा नै फेल भयो । यो एक मिडियम लिफ्ट रकेट थियो जसको लन्चिङ त सही भयो तर दोस्रो चरणको इन्जिन स्टार्ट नभएका कारण रकेट दिशा भड्किन थाल्यो । यस्तोमा रकेटलाई अन्तरिक्षमा नै विस्फोट गरेर उडाइयो । जापानी स्पेस एजेन्सीले यो रकेट बनाएको थियो । एलन मस्कको स्पेस एक्स कम्पनीभन्दा सस्तो मूल्यमा उपग्रह प्रक्षेपण गर्ने यसको… पुरा पढौ