
नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो । मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।



