हराएको ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर ओकिनावा प्रान्तको इराबुजिमा टापु नजिकै शवसहित भेटियो

-


     जनहित न्युज    
     वैशाख १ गते २०८०


अप्रिल ६ तारिक जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट हराएको ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स हेलिकप्टर ओकिनावा प्रान्तको इराबुजिमा टापु नजिकै फेला परेको छ ।
हराएको सो हेलिकोप्टर सामुद्रिक SDF माइनस्वीपर एटाजिमाले सोनारको प्रयोग गरेर अप्रिल १३ को राति लगभग १० बजे मियाकोजिमा शहरको पश्चिममा रहेको इराबुजिमाको ६ किलोमिटर उत्तरमा समुद्रीतटमा लगभग १०० मिटर गहिरो ठाउँमा रहेको पत्ता लागेको रक्षा मन्त्रालय स्रोत जनाएको छ ।
माइनस्वीपरको अन्डरवाटर क्यामेराले हेलिकप्टरको भग्नावशेष र नजिकैको शवको तस्विर खिचेको थियो ।
चालक दलका सदस्यसहित १० जना बोकेको हेलिकप्टर अप्रिल ६ मा राडार स्क्रिनबाट बेपत्ता भएको स्थानबाट करिब १०० मिटर उत्तरमा अवस्थित छ। १४ अप्रिलको बिहान डुबेको विमान नजिकै दुई वा तीनवटा शवहरू समेत भेटिएका थिए ।
स्रोतहरूका अनुसार क्यामेरामा कैद गरिएका तस्विरहरूबाट शवहरू पहिचान गर्न गाह्रो परेको छ । हेलिकप्टरमा सवार रहेकाले हेलमेट वा SDF क्यामोफ्लाज गियर लगाएका थिए।
रक्षा मन्त्रालयले पनडुब्बी उद्धार पोतसहितका गोताखोरहरू समेत पठाएको छ।
विमानमा दुई पाइलट, दुई मेकानिक्स र छ चालक दलका सदस्य रहेको र सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जीएसडीएफले जनाएको छ ।
सामुद्रिक क्षेत्रमा खटिएका सुरक्षा गार्डले कुमामोतो प्रिफेक्चरको एक युनिटसँग सम्बन्धित र निगरानी गतिविधिमा संलग्न रहेको हेलिकप्टरको खोजीका लागि नजिकैको पानीमा चारवटा गस्ती जहाज पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?