
जापानका प्रधानमन्त्री फुमियो किशिदालाई अप्रिल १५ अर्थात् शनिबार एक युवकले बोल्ने ठाउँमा उनलाई ताकेर पाइप बम हानिएको छ ।

उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको बस्तु प्रहार गरिएको जस्तो देखिन्छ। प्रहार गरिएको उक्त वस्तुबाट चोटपटकको तत्काल कुनै रिपोर्ट आएको नआएको जापानी संचरमाध्यमले उल्लेख गरेका छन । प्रधानमन्त्री किशिदालाई सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उक्त स्थानबाट उनलाई अन्यत्र लगिएको खबरहरूमा उल्लेख गरिएको थियो।

वाकायामा जिल्लाको नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवारको तर्फबाट बोल्न किशिदा उक्त क्षेत्रमा गएका थिए ।उक्त क्षेत्रमा अप्रिल २३ मा मतदान हुनेछ ।
स्थानीय एक पत्रकारका अनुसार किशिदाले बिहान ११ः३० बजे बोल्ने ठाउँमा एक युवकले करिब १५ सेन्टिमिटर लामो ट्युबजस्तो वस्तु फ्याँकेका थिए । किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर एउटा वस्तु फ्यालिएको थियो। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई थिचिरहेको तस्बिरहरू बाहिर आएका छन्।

त्यसअघि जापानका सञ्चारमाध्यमहरूले किशिदाले भाषण गरिरहेको समयमा विस्फोटनको आवाज सुनिएको जनाएका थिए।
यस घटनाले पूर्व प्रधानमन्त्री शिन्जो आबेको गत जुलाईमा नारा शहरमा चुनावी भाषण दिने क्रममा भएको डरलाग्दो हत्याको सम्झना जगायो। अघिल्लो वर्ष जापानी प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी अभियानका क्रममा गोली हानी हत्या गरिएको थियो।
जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो। देशको पश्चीमी शहर वाकायाममा शनिवार बिहान उक्त घटना भएको हो। अहिलेसम्म यसको पूर्ण जानकारी आइसकेको छैन्।

टेलिभिजन फुटेजमा अधिकारीहरूले इलाकालाई खाली गरिरहेको र त्यहाँबाट एक जना मानिसलाई हटाइरहेको देखिन्छ।
एउटा रिपोर्टमा प्रधानमन्त्री किशिदाको नजिकै पाइप जस्तो बस्तु फ्यालिएको जनाइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटनको आवाज सुनिएपछि प्रधानमन्त्री किशिदालाई सुरक्षा घेरामा राखिएको थियो।

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले प्रहरीले एक जना व्यक्तिलाई घटनास्थलबाट नियन्त्रणमा लिएको देखिएको जनाएको छ।



