एक मत नपुग्दा कोशीको एमाले नेतृत्वको सरकार ढल्यो

-


     जनहित न्युज    
     असार १५ गते २०८०


काठमाडौँ । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत खसेको छ ।अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

बहुमतका लागि ४७ मत आवश्यक पर्ने हुनाले मात्र एक मतले हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पद गुमाए।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। कार्कीका पक्षमा ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद छन्।

त्यसैगरी​​​​​​ माओवादीका १३,कांग्रेसका २९, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद भने उनको विपक्षमा रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?