‘सड्कमा ’मा खटिएका प्रहरीको व्यथा…

-


     डा. अरुणा उप्रेती    
     असार १५ गते २०८०


आज असार १५ ,हामी दही चिउरा खाने सुरमा तरसड्कमा समुदाय लाई सेवा दिने धुनमा प्रहरी
उनीहरुले के खाए कस्ले हेर्ने होला ?
प्राय: बाटोमा बिहानदेखि बेलुकासम्म प्रहरीहरूको उपस्थिति देखिन्छ।

‘मुस्कान सहितको सेवा’ देऊ भनेर खोक्रो भाषण दिने मन्त्रीले कहिले विचार गर्दैनन् कि मानसिक र शारीरिक रूपमा थकित भएको प्रहरीले कसरी अनुहारमा ‘मुस्कान’ल्याउन सक्छ ?

के प्रहरी जवान ‘रोबोट’ हो, ‘मुस्कान’अनुहारमा टाँसिरहने ?
म आफ्नो घरको चोकमा बिहान ५:३० बजे दूध लिन जाँदा प्रहरीहरू उभिरहेको देख्दा म यसो विचार गर्छु उनीहरूलाई चिया कसले दिने होला? त्यो बेलामा प्रहरीहरू सायद रातभरि ‘सेवा’मा खटिएर, प्याकप्याक हुँदा पनि ती प्रहरीहरूको व्यथा कसैले बुझ्दैनन्।

चोक चोकमा बसेका ती प्रहरीलाई बिहानपख शौच लाग्दा के गर्ने होला? शौच समयमा नगर्दा प्रहरीको स्वास्थ्यमा कति समस्या पर्ला? सायद कसैले ध्यान दिँदैन।

दिनरात सेवा गर्ने प्रहरीको हालत कसले हेर्ने होला? दिनरात यसै गरेर प्रहरीलाई काम गरिरहु भन्ने हो भने प्रहरीहरू भोलि बिरामी भएर ढले, अत्यधिक कामले तनाव भएर बिरामी भए, कतै विचार गरेको छ कि छैन? प्रश्न कहाँ कसलाई सोध्ने होला।
प्रहरीहरू पनि २४ घण्टा नै सेवामा खटिन्छन् उनीहरूको लागि खानाको विशेष प्रबन्ध हुनुपर्छ भनेर कसैले बोल्नु र काम गर्नु पर्दैन
‘प्रहरीले मानिसहरू पिटे’, प्रहरीले डाक्टर कुटे, , ‘प्रहरीको ज्यादती’आदि समाचारले ‘प्रहरीलाई’ भिलेन जस्तो भन्नेहरू पनि छन्।
‘ प्रहरीलाई कति तनाव छ, कति मानसिक र शारीरिक रूपले थकित छन्। उनीहरूको खानाको, पानीपिउन, चर्पी आदिको राम्रो बन्दोबस्त छैन। लगातार काम गरिरहँदा उनीहरू त्रस्त छन्, त्यसैले गर्दा आवेगमा आएर यस्तो गर्छन्। यो तनावको लक्षण हो, तर कसैले पनि प्रहरीको मानसिक तनावको बारेमा विचार गर्दैनन्’, एक वरिष्ठ मनोचिकित्सकले मलाई भने।

पञ्चायतको पालामा चाहिँ प्रहरीहरू जनताका साथी होइनन् भन्ने भावना आमसमुदायमा थियो। पञ्चायतपछि पनि नेताहरूले प्रहरीलाई “जनताको लागि”होइन, आफ्नो लागि ‘सजिलो’ हुने गरी ‘संगठन’ बनाए।
त्यसैले प्रहरी जवानहरू त्यही नेताको ‘सेवा, संरक्षण, चाकरी’ मा व्यस्त हुनु पर्यो। ४६ पछिका केही वर्षहरू प्रहरीहरूले सायद ‘जनताको लागि काम गर्न खोजेका पनि होलान्, दलका नेताले सायद त्यस्तो गर्ने मौकै दिएनन्।
बारम्बार साबुनपानीले हात धुनुस् भनेर रेडियोमा आइरहँदा नेताको सुरक्षामा खटेका, बाटोमा ‘ड्युटी’ गर्ने प्रहरीले कहिले कहाँ गएर साबुनपानीले हात धोएको होलान् भनेर कसैले विचार गरेका होलान्? ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?