गोपाल खड्का अकुत सम्पत्तिमा दोषी ठहर, एक वर्ष तीन महिना कैद हुने

-


     जनहित न्युज    
     असार १५ गते २०८०


काठमाडौं ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

खड्काको सम्पत्ति लुकाएको आरोप लागेका शर्मिला खड्का र अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति अभियोगपत्रमा बमोजिम जफत गरिएको अदालतका प्रवक्ता दिपेन्द्र योगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?