‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पार्‍यो

-


     जनहित न्युज    
     असार ११ गते २०८०


गलकोट समाज जापानद्वारा आयोजित ‘प्रथम गलकोट समाज कप बास्केटबल प्रतियोगिता २०२३’ को उपाधि पुन क्लव जापानले हात पारेको छ ।
आइतबार टोकियोमा सम्पन्न प्रतियोगितमा लाफा जापानलाई पराजित गर्दै पुन क्लबले ३ लाख येन नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको हो ।
९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा द्वितीय हुन सफल भएको लाफा जापानले १ लाख ५० हजार येन नगद र ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ। प्रतियोगितामा मस्ट भ्यालुयवल प्लेयर र हाई स्कोर ल्याउनेलाई नगद १० हज़ार र ट्रफीले पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा पुन क्लब जापान ए गलकोट समाज जापान, वाइल्ड याक, युनिटी गाईज नागोया, गोसबी, लाफा जापान, टोकियो ब्रदर्स, टाइगर र पुन क्लब जापान बि समूहको सहभागिता रहेको थियो ।
गलकोट समाज जापानले प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाई राख्न र खेलमार्फत युवा जमातमा अनुशासन क़ायम गराउनका लागि जापानमा हुने विभिन्न संघ सस्थाले आयोजना गरेका प्रतियोगितामा सहभागिता जनाई बिजयी समेत हुँदै आइरहेको छ । समाजले आफ्नो कार्यक्रममा समेत खेलकूदलाई प्राथमिकतामा राखेर योजना बनाई सोहि योजना अनुरूप यस खालका प्रतियोगीता संचालन गरिएको समाजका अध्यक्ष कालिका थापाले बताइन् ।
कार्यक्रमको औपचारिक उद्घाटन सत्रको कार्यक्रम अध्यक्ष कालिका थापाको अध्यक्षता र महासचिव लक्ष्मण कार्कीको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिताको संयोजन समाजका उपाध्यक्ष लोकेश खत्रीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?