हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी तथा राति कोशी, गण्डकीका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघ/गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ/गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज मधेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । महाशाखाले भारी वर्षा, मेघ/गर्जन/चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
असार १९बिहान ५:२०
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 3, 2023
पछिल्लो ३-६ घण्टा स्याङजा,तनहूँ,पाल्पा,गुल्मी,अर्घाखाँची, रूपन्देही,कपिलबस्तु, दाङ र आसपास अति भारी बर्षा भएको,उक्त स्थानका खहरे खोलामा #आकस्मिक बाढी हुनको साथै पहाडका कमजोर भिरालो जमिनमा #पहिरोको जोखिम,दिउँसो १बजे सम्म यात्रा गर्दा सतर्कता अपनाऔ@NDRRMA_Nepal pic.twitter.com/DkeCzhxjb3