
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि पर्वतका मुक्तिराज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
लामो समयदेखि आफू जापानको चिवा र टोकियोलाई कर्मथलो बनाएर सक्रिय रहेको र युवा संयोजकका प्रत्यासी रेग्मीले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई एनआरएनएमार्फत बृहद् बनाउन उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएनए जापानको चिवा क्षेत्रीय समितिमा २०२१देखी २०२३ सम्म संयोजक भएर कामको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अनुभव सङ्गालेका रेग्मी पर्वत समाज जापानको उपाध्यक्ष समेत रहि सामाजिक सेवामा क्रियाशील रहेका छ्न ।
एनआरएनए जापानलाई तलदेखि माथिसम्म रहेका समस्या, शंका र निराशालाई चिर्दै युवापङ्तीमा विश्वासको उचाइसम्म संघलाई पुर्याउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
एनआरएनए चिवाको संयोजक पदमा रहदा क्षेत्रलाई प्रविधिमैत्री बनाई नेपाली समुदायमा आईपरेका हरेक किसिमका समस्या र अप्ठ्यारालाई हरेक पक्षसंगको सहकार्यमा समाधान र सहयोग गर्दै आएको रेग्मीले बताए । उनले एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्मा रहेर सामाजिक सेवालाई समाजप्रति उत्तरदायी बनाई निस्वार्थ र पारदर्शी रूपमा युवा जोश जागर र उत्साहलाई नेतृत्व गर्न आफू सक्षम रहेकोले सो पदमा आफूले उम्मेद्बारी दिएको बताए ।