एनआरएनए जापानको ११ औ अधिवेशनको मिति नजिकिएसंगै आगामी कार्यकालको लागि उम्मेद्बारी घोषणा गर्ने क्रम बढेको छ ।
नैतिकता, इमानन्दारिता सक्षम,समाबेसी र संगठनात्मक एक्यबद्धता एनआरएनए जापानमा महिला सहभागिता भन्ने आफ्नो मान्यता राख्दै महिला सचिबको पदमा वर्तमान कार्यसमिति सदस्य समेत रहेकी चन्द्राकुमारी केसीले उम्मेद्बारी घोषणा गरेकी छन ।
जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको न्यूनीकरण गर्नको लागि सक्रिय भूमिका निर्वाह गरि पिडित पक्षलाई सहयोग प्रदान गर्दै आइरहेकी केसीले संस्थागत रूपमा कार्य गर्न रसक्रिय सामाजिक सेवा गर्नका लागि एनआरएनए जापानको २०२३-२०२५ कार्यकालको लागि महिला सचिव पदमा उम्मेदवारी दिएको बताइन् ।
‘बिदेशमा नेपाल र नेपालीको आफूले सकेको सहयोग पुर्याउन सेवामुखी विभिन्न सामाजिक सस्थामा जोडिएर मैले समाजको लागि केहि योगदान गर्नुपर्छ भन्ने लाग्यो ।’ महिला सचिव पदकी प्रत्यासी केसीले भनिन्- “इमानदार भै निःस्वार्थ रूपले सामाजिक कार्यमा आफू लागि रहेकोले अझ नेपाली समुदायसँग नजिक रहेर कार्य गर्नका लागि सचिव पदमा उम्मेदवारी दिएको हुँ ।”
सामाजिक क्रियाकलापमा सक्रिय केसी २०१३ बाट गैर आवासीय नेपाली संघ एनआरएनएको सदस्य लिइ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्थासँग जोडिदै कान्तो टोकियो क्षेत्रको महिला सह संयोजक र हाल एनआरएनए जापानको केन्द्रीय सदस्य पदमा रहेर काम गरिसकेकी छन । साथै गलकोट समाज जापानको समेत महिला संयोजक हुँदै महिला उपाध्यक्षमा हाल कार्यरत केसीले महिला अधिकारका विषयमा आफुलाइ खरोरूपमा प्रस्तुत गर्दै आइरहेकी छन।
सामाजिक संजालमा व्यक्त विचार जस्ताको तस्तै