एनआरएनए जापानमा संस्थागत सुधार ल्याउने दाबीसहित उपाध्यक्षमा सुभास लामिछानेको उम्मेद्बारी घोषणा

-


     जनहित न्युज    
     असार २९ गते २०८०


जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा लागेर सक्रिय भूमिका निर्वाह गरिसकेका सुवास लामिछानेले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
वर्तमान कार्यसमितिमा प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष पदका प्रत्यासी लामिछानेले संघको जिम्मेवारी तहमा रहेकाहरूले जवाफदेही रूपमा कार्यसम्पादन गर्न गराउन, एनआरएनएलाई प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि आफू नेतृत्वदायी भूमिकामा रहनुपर्ने महशुस गरि सो पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएनए जापानको चुनावी मैदानमा आफ़नो प्रतिस्पर्धीहरुका बिचमा बलियो देखिएका लामिछाने संस्थामा सस्थागत सुधारलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो जिम्मेवारी अनुरूपको भूमिका निर्वाह गर्न प्रतिबद्ध भै लाग्ने बताउछन।
“अग्रजको सम्मान, पेशागत एवं व्यावसायिक विकासमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना र समावेशिता जस्ता विषयमा एनआरएनए जापानमा सुधार गर्न सक्ने कार्यक्रमको बारेमा स्पष्ट योजना सहित मैले उपाध्यक्ष पदमा दाबी गरेको हुँ हूँ।” उपाध्यक्ष पदका प्रत्यासी लामिछानेले भने-“संस्थाको एनआरएनए जापानको संस्थागत सुधार र नेपाली समुदायका बिच भरोसयोग्य एनआरएनए बनाउनका लागि पनि म एनआरएनए जापानको उपाध्यक्षमा आउनु आवश्यक छ । “जापानमा सिकेको ज्ञान र सिप स्वदेशमा उपयोग गर्न सकारत्मक सन्देश दिनेगरी स्वदेशमा लगानी बढाउन अभिप्रेरित गर्नका लागि पनि म एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा आउनु आवश्यक छ ।

जापानमा युवा पिढीमा सफल व्यावसायीको छवि बनाएका लामिछाने पर्वत समाज जापानको अध्यक्ष समेत रहेका छन । शिक्षा,स्वाथ्य, मानवीय सेवामा सहयोग गरिरहेका उनले नेपालबाट मनोरन्जनात्मक इभेण्ट जापानमा संचालन गरि नेपालका विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दै आइरहेका छन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?