
‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताए ।

एनआरएनएको अभियानसहित विभिन्न संघ संस्थामा आबद्द रहेर सामाजिक सेवाका कार्यमा लामो समयदेखि सक्रिय थापा जापानको नागोयामा रहेर रेष्टुरेण्ट गर्ने एक सफल व्यापारी समेत रहेका छन ।
नेपालमा रहदा र जापान आईसकेपछि सामाजिक सेवा गर्नका लागि विभिन्न संघ साथको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव र सिकाईलाई एनआरएनए जापानको कोष अभिवृद्धि र पारदर्शी परिचालनमा आफ़नो भूमिकालाई क्रियाशील बनाउने उम्मेद्वार थापाको भनाई छ ।
“संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन र युवा पुस्तालाई रचनात्मक कार्यमार्फत एनआरएनएप्रति चासो जागरूप गराउनका लागि मेरो उम्मेद्बारी उम्मीदवारी हो त्यसैले जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीले मन र मतद्वारा निर्वाचित गराईदिनका लागि अनुरोध गर्दछु ।” थापाले आफ़नो उम्मेद्बारी घोषणा गर्दै भनेका छन ।

‘मेरो पदाधिकारीमा रहेर कार्य गर्न सक्ने क्षमता भैसकेको छ । “ थापाले भने भाने- निरन्तर एनआरएनएको अभियानमा क्रियाशीलहरुलाई सम्मान गर्दै उनीहरुको कार्यमा सहयोग पुर्याउनका लागि हाल केन्द्रीय सदस्यमार्फ़त एनआरएनए जापानका हरेक क्रियाकलापमा सक्रिय सहभागी छु ।
गलकोट समाज जापान, घुम्टे युवा परिवार जापान शाखामा रहेर लामो समय समाजका विभिन्न क्रियाकलाप र सामाजिक सेवामा लागेका र निरन्तर खटिरहने स्वभाव थापाको रहेकोले एनआरएनए जापानको टिममा उनी सह कोषाध्यक्षको पदमा आउदा संघलाई सहयोग पुग्ने विश्वास उनलाई चिन्ने चिन्नेहरु चिन्नेहरू बताउछन ।

जापानमा रहेर पनि जन्मस्थानका ऐतिहासिक ठाउहरूको संरक्षण संवर्द्धन र जगेर्ना गराउनका लागि चौतरी पुनर्निर्माण, पर्यटकीय क्षेत्रको स्तरोत्तर, मानवीय सेवाका कार्यमा आर्थिक सहयोग, स्वास्थ्य क्याम्प संचालनमा अगुवाको भूमिका लगायतका कार्यमा आफ्नो योगदान दिदै आएका छन ।

एनआरएनए जापानको इतिहासमै पहिलो पटक थापा कार्यक्रम संयोजक रहेर “भलिबल टुर्नामेन्ट एनआरएनए रनिंग कप जापान” गरेका छन ।
एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल २०२३-२५ को लागि जुलाई २९ तारिक अधिवेशन तथा निर्वाचन हुने दिन नजिकिदै जादा विभिन्न पदमा उम्मेदवारी घोषणालाई पनि तिव्रता दिइएको छ ।