तस्विर समाचार

नयाँ आर्थिक वर्षको सुरुवातसँगै  कार्यान्वयनमा आउँदै छन् यी कर

आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।  चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र  वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ… पुरा पढौ

दक्षिण कोरियामा बाढीले डुबेको सुरुङ मार्गभित्र १३ जनाको शव

मध्य दक्षिण कोरियाको चियोङ्जु सहरमा बाढीले गर्दा डुबानमा परेको सुरुङ मार्गमा फसेका यात्रुसम्म पुग्न खटिएका उद्धारकर्मीहरूले १३ जना मानिसको शव फेला पारेका छन्। शनिवार राति नदीमा आएको बाढी सुरुङमा पसेपछि निजी सवारी साधन र बसमा यात्रा गरिरहेका यात्रुहरू त्यहीँ फसेका थिए। सुरुङ ६८५ मिटर लामो छ। त्यसमा कति जना फसेका थिए भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्। गत सातादेखि परिरहेको मुसलधारे वर्षाका कारण कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्। अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती… पुरा पढौ

पूर्वमन्त्री तथा एमाले नेता यादव पक्राउ

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको हो। लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्री रहिसकेका यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो। भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता… पुरा पढौ

सुत्केरीलाई सुपर फुड”- फर्सीको सुप

नेपाली समुदायमा स्वास्थ्यबारे अहिले बढी चासो हुन थालेको छ। शरीरको रोगसँग लड्ने शक्ति बढाउन “स्वस्थकर खाना” को महत्वबारे धेरैले बुझ्दैछन्, विशेषगरी कोरोनापछि डाक्टर, स्वास्थ्यकर्मीले “हामीले ‘सुपर फुड’ खानुपर्छ भनेपछि सुपर फुड त कतिको मुखमै झुन्डिएको छ। तर ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम… पुरा पढौ

मिटर ब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाले सर्वसम्मतले पारित गरेको हो । राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका थिए । प्रस्तावमा प्रतिनिधि सभाका १४ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका थिए । सांसदहरूले… पुरा पढौ

‘काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उमेदवारी’ भन्ने मान्यताका साथ एनआरएनए जापानको अध्यक्षमा श्रेष्ठको उम्मेद्वारी

एनआरएनए जापानको आगामी कार्यकाल २०२३-२०२५ को लागि जुलाई ३० मा हुने निर्वाचनमा अध्यक्ष पदका लागि रामकृष्ण श्रेष्ठले उम्मेद्बारी घोषणा गरेका छन ।‘काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उमेदवारी’ भन्ने मान्यताका साथ आइतबार एक कार्यक्रमकाबीच क्युस्युबाट श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका हुन। सन् २००७ सालमा जापान आई फुकुओकालाई आफ्नो कार्यक्षेत्र बनाई बिभिन्न संघ संस्थामा रहेर सामाजिक सेवामा क्रियाशील अध्यक्ष पदका प्रत्यासी श्रेष्ठ हाल एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जिम्मेवारी निर्वाह गर्दै आइरहेका छन । फुकुओका… पुरा पढौ

काभ्रेको महाभारतको कफी जापान निर्यात, वार्षिक २५ लाख आम्दानी गर्दै किसान

काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले उत्पादन गरेको कफी जापान निर्यात गर्दै आएको हो ।  यस क्षेत्रमा उत्पादित कफी राम्रो र गुणस्तर भएकाले जापनिजहरूको रोजाइमा पर्ने गरेको हिमालयन लक्जरी विन्सका सञ्चालक गुणबहादुर लामाले बताए । अहिले जापानको कलरवाथ नामक संस्थाले काभ्रेपलाञ्चोकको बनेपामा रहेको विन्ससँग समन्वय गरी यहाँ सङ्कलन गरेको कफी प्रशोधन गरेर निर्यात गरिरहेको उनले जानकारी दिए । किसानले उत्पादन… पुरा पढौ

नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

विदेशी टेलिभिजन च्यानलहरुको प्रशारण सोमबारबाट देशभर बन्द हुने भएको छ। संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो। अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागू भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो। गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले… पुरा पढौ

एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी दिएका नविन निउरे को हुन ? किन दिए उम्मेद्वारी ? (भिडियोसहित)

बागलुङको गलकोटमा जन्मेर जापानलाई कर्मभूमि बनाउदै आएका नविन निउरे एनआरएनएमार्फत समाजिक सेवामा सक्रिय छन् । आफ्नो कलिलो उमेरदेखि नै एनआरएनएको अभियानमा होमिएका निउरे सन् २०११ बाट एनआरएनए जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् ।विभिन्न सामाजिक संघ सस्थामा नेतृत्वदायी भूमिकामा रहेर संस्था आवेगले होइन विवेकले व्यक्तिले होइन विधिले, पारदर्शी रुपमा संचालन गराउन अहम् भूमिका खेलेका निउरे जापानमा सक्रिय संस्थामध्यको गलकोट… पुरा पढौ

पत्रकार सम्मेलन गर्दै राजकुमार अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा

पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्।एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा अधिकारीले पत्रकार गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना प्रस्तुत गरे। साथै सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफु लाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताए। ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह… पुरा पढौ