प्रमुख समाचार

२८० किलोको नगरा !

बागलुङ-काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा (दमाहा) निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर जिकिर गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा उक्त नगरालाई राखिनेछ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा दुई सय २२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न १४ सय फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए… पुरा पढौ

निर्वाचनको मिति सार्ने निर्णय निर्वाचन समितिलाई अमान्य

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल २०२१-२०२३ को निर्वाचन मिति सार्ने कार्यसमितिको निर्णय निर्वाचन समितिलाई मान्य नभएको निर्वाचन आयुक्तले बताएका छन ।जुलाई २७ मा निर्वाचन गर्ने निर्णयलाई कार्यसमितिको निर्णयले जुलाई ३० सम्म पर सारेकोप्रति आयुक्त डा नेत्र प्रकाश भण्डारीले कडा प्रतिवाद गर्दै खेद प्रकट गरेको बताएका छन ।निर्वाचन समितिका तर्फबाट निर्धारित कार्यक्रम बमोजिम जुलाई २७ को बिहान १०:०० देखि  साँझ ८:०० सम्म मतदान गराउने तयारी सम्पूर्णरुपले सम्पन्न भैसकेको र मतदान मिति सार्ने अनुगमन समितिका बहुमत सदस्यहरू… पुरा पढौ

इमेल परिवर्तनको विवाद बढ्दै गएपछि एनआरएनए जापानको निर्वाचन सर्यो

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचनको मिति सरेको छ ।पन्जिकृत सदस्यहरुको इमेल परिवर्तनको विषयलाई लिएर बढ़ेको विवादलाई समाधान गरि धादलिरहित रूपमा निर्वाचन गर्नका गर्नका लागि जुलाई २७ मा तोकिएको निर्वाचनको मिति जुलाई ३० मा हुने गरि सारिएको बताइएको छ ।करिब १७ सय मतदाताको इमेल परिवर्तन भै मताधिकारबाट नै बन्चित हुने परिस्थितिको सृजना हुन पुगेपछि उनीहरुलाई समेत समेट्नका लागि कार्यसमिति सहित एसिया प्यासिफ़िक क्षेत्रीय समितिका पदाधिकारी,आइसीसी सदस्य, अनुगमन समिति तथा सरोकारवाला सहित आज बसेको बैठकले निर्वाचन पर सार्ने… पुरा पढौ

कांग्रेसमा क्रियाशील सदस्यता विवाद :वडा तहका अधिवेशन स्थगित

सत्तारुढ नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । क्रियाशील विवाद नटुंगिएपछि १२ साउनका लागि तय गरिएको वडास्तरीय अधिवेशन स्थगित गरिएको हो । शनिबार बुढानीलकस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले वडा तहको अधिवेशन स्थगित गरेको  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।    'क्रियाशील विवाद कायमै छ । त्यो छानविन समितिले विवाद समाधानको प्रयास गरिरहेको छ,' प्रवक्ता शर्माले भने, ' वडा तहको अधिवेशनको मिति अब केन्द्रीय समितिको बैठकले तय गर्नेछ । ' … पुरा पढौ

कल्पनाले गरिन राष्ट्रिय कीर्तिमान कायम, सोनिया पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिइन

नेपाली सुटर कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान कायम पनि ओलम्पिकको पदक हात पार्न सकिनन् भने जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलबाटै प्रतियाेगिताबाट बाहिरिएकी छन्। टोकियो ओलम्पिक अन्तर्गत शनिबार विहान ओसाका सुटिङ रेन्जमा ६१६.८ अंक जोड्दै कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् उता शनिबार भएको महिला ४८ केजी तौल समूहको राउण्ड अफ ३२ अन्तर्गतको प्रतिष्पर्धामा रुसकी डोल्गोभा इरिनासँग पराजित हुँदै उनी प्रतियाेगिताबाट बाहिरिएकी हुन्। उनले खेलको १ मिनेट १६ सेकेन्डमै खेल गुमाएकी थिइन्।  कल्पनाले आफ्नै नाममा रहेको ६१४.५ अकंको कीर्तिमान तोडिन्… पुरा पढौ

जापानमा साहित्यिक चौतारी नेपालको शाखा गठन, अध्यक्षमा बिन्दा पराजुली बराल

नेपाली भाषा साहित्यको विकास,विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्य गठित साहित्यिक चौतारी नेपालको जापान शाखा बिन्दा पराजुली बरालको अध्यक्षमा गठन भएको छ । शुक्रवार अनलाईन मार्फत भएको भेलाले १३ सदस्यीय जापान शाखाको गठन गरेको हो । गठित शाखाको उपाध्यक्षमा अमरदेब बास्तोला र सरिता ढकाल चयन भएका छन । त्यस्तै सचिवमा राजबिन थापा र सह-सचिवमा लक्ष्मी रेग्मी रहेका छन भने कोषाध्यक्षमा गीता शर्मा र सह-कोषाध्यक्षमा मन कुमारी अमागाईलाई चयन गरिएको सचिव राजबिन थापाले जानकारी दिए । बिन्दा पराजुली बराल शाखाको सदस्यहरूमा सुष्मा… पुरा पढौ

पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ- प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरुलाई परास्त गर्न सकिने बताएका छन। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउका हुन । उनले भने, ‘पार्टीलाई बलियो बनाउन तर्फ लाग्नु पर्छ । पार्टीलाई फेरि एकचोटी जनता तिर फर्काउने, आफ्नो संगठनलाई सदृढ गर्ने हिजोका गल्ती कमजोरीको पश्चाताप गर्दै फेरि जनता र राष्ट्रको पक्षमा समर्पित… पुरा पढौ

बागलुङका दुई सहित ६ मन्त्रीले गण्डकी प्रदेश सरकारमा लिए सपथ

बागलुङका दुई जना सांसदसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सांसद मणीभद्र कंडेललाई उद्योग पर्यटन, माओवादीका चन्द्रबहादुर बुढ़ालाई कृषि तथा सहकारी मन्त्रीमा मुख्यमन्त्री पोखरेलले नियुक्त गरि प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सपथ गराएका छन । सपथ लिने अन्य मन्त्रीहरुमा माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना माओवादीकै दीपक चर्तीमगर वन तथा वातावरण मन्त्री भएका छन् ।कांग्रेस सांसद कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल… पुरा पढौ

टोक्यो ओलिम्पिक्स २०२०: आज उद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

जापानको टोक्योमा शुक्रवारबाट ३२ औँ गृष्मकालीन ओलिम्पिक्स सुरु हुँदैछ। त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ। नेपालका तर्फबाट खेलमा सहभागी हुन जापान पुगेका पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले उद्घाटन समारोहमा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्। ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ 'इभेन्ट्स'हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ। नेपालको खेल नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट… पुरा पढौ

एनआरएनए नागोया क्षेत्रीय समितिको विवाद मिल्यो, दुवै पक्षलाई समेटेर समिति गठन

जापान-केहि समयदेखि विवादमा जेलिएको एनआरएनए नागोयाको विवाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ।समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन। पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारसमणी पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले विवाद समाधानको लागि विकल्प निकालेको थियो । सहमतिको दस्तावेज तर मनोजबम मल्ल र गंगा घर्तीमगरले… पुरा पढौ