प्रमुख समाचार

माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू जारी

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।  उनका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा अनिश्चतकालका लागि कर्फ्यू जारी गरिएको हो।  जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। पुरा पढौ

जेन-जीले निषेधित क्षेत्र तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश

काठमाडौँ —भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । भष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीहरु बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरुले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ अघि बढेका थिए । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै… पुरा पढौ

जापानी प्रधानमन्त्री इशिबाले राजीनामा दिने निर्णय गरेका छन्

जापानका प्रधानमन्त्री इशिबा शिगेरुले पद त्याग्ने निर्णय गरेको जापानी सञ्चार माध्यम एनएचकेले जानकारी पाएको उल्लेख गरेको छ।जुलाईमा भएको माथिल्लो सदनको चुनावमा पराजय भएपछि उनको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी भित्र प्रधानमन्त्री इशिबाको आलोचना तिव्र भएको थियो।इशिबाले गत अक्टोबरमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरे पश्चात मुद्रास्फीतिलाई सम्बोधन गर्ने र पार्टीलाई सुधार गर्ने वाचा गरेका थिए । एलडीपी राजनीतिक कोष सङ्कलनको श्रृंखलामा समेत संलग्न रहेको छ।उनले सत्ता सम्हालेको केही समयपछि एलडीपी र यसको गठबन्धन साझेदार कोमेइतोले तल्लो सदनको चुनावमा आफ्नो… पुरा पढौ

घुम्टे युवा परिवार जापानले अक्टोबर २७ मा चौथो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर २७ तारिक सोमबार दिन जापानमा चौथो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ़नो छुट्टै पहिचान स्थापित गरेको क्लबले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ सो प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए । घुम्टे युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा… पुरा पढौ

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्यो

सरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेश र यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः… पुरा पढौ

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानद्वारा ‘कार्यालय सचिव’ नियुक्त

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै आजदेखि ‘कार्यालय सचिव’ नियुक्त गर्ने निर्णयलाई औपचारिक रूपमा लागू गरेको छ । संघले टोकियोको शिन–ओकुबोस्थित कार्यालयमा नियमित सेवा प्रवाह गर्ने उद्देश्यले दक्ष र अनुभवी सुजन पन्तलाई कार्यालय सचिवमा नियुक्त गरेको जानकारी दिएको छ । उनी हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक बिदा बाहेक) कार्यालयमा उपस्थित रहनेछन् । अब जापानभर रहेका नेपालीहरूले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी सहयोग, दूतावाससँगको समन्वय,… पुरा पढौ

गुन्माको ओइजुमीमा हुने संयुक्त नेपाल फेस्टिवल २०२५ को तयारी अन्तिम चरणमा

गुन्मा प्रिफेक्चरस्थित ओइजुमी माचीमा आउँदो सेप्टेम्बर ६ र ७, २०२५ मा आयोजना हुने “संयुक्त प्रथम नेपाल फेस्टिवल २०२५” भव्य तयारीका साथ अन्तिम चरणमा पुगेको छ। “अनेकतामा एकता, नेपाली कला, संस्कृत र पहिचानलाई विश्व समुदायमाझ चिनाउने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको यस महोत्सवलाई अब ९ दिन मात्रै बाँकी रहेको आयोजक समितिले जानकारी गराएको छ। यस फेस्टिवलको उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सहकार्य, एकता र सामाजिक आत्मीयता विस्तार गर्नुका साथै नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानलाई… पुरा पढौ

सिर्जना नगरकोटी बनिन कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा प्रथम

जापान । हरितालिका तीज पर्व २०८२ को शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम अन्तर्गत, कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगितामा सिर्जना नगरकोटी पहिलो भएकी छिन् । त्यस्तै, संस्कृति मगर र अन्सुमा परियारको जोडी दोस्रो स्थानमा, र आशा बलाल तेस्रो स्थानमा रहन सफल भए ।विजेता सहभागीहरूलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो “घी”, र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल… पुरा पढौ

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरको जापानी स्थलमा फेला परेका हड्डी मानव अवशेष भएको पुष्टि

जापानको युद्धकालीन खानीमा फेला परेका हड्डी मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । साथै, ती अवशेष खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ । पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्व स्थलमा कोरियाली गोताखोरले यसै हप्ता तीन वटा हड्डी र एउटा खोपडी फेला पारेका थिए । प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ ।… पुरा पढौ

जापानले व्यवसाय प्रबन्धक (Business Manager) भिसा आवेदनका लागि सर्तहरू कडा बनाउने, यो नियम अक्टोबरदेखि लागू हुनसक्ने

जापानले व्यापार प्रबन्धक भिसामा विदेशीहरूलाई देशमा प्रवेश गर्ने आवश्यकताहरूको सीमा बढाउने योजना बनाएको छ । जसमा न्यूनतम पूँजी लगानी ५० लाख येनबाट बढाएर ३ करोड येन ($२०३,०००) पुर्‍याउने समावेश छ, प्रणालीको दुरुपयोगको बारेमा चिन्ता व्यक्त गरिएपछि मंगलबार यो कुरा सार्वजनिक भएको छ। जापानको अध्यागमन सेवा एजेन्सीको मन्त्रीस्तरीय अध्यादेशको प्रस्तावित संशोधनमा भिसा आवेदकहरूले आफ्ना कम्पनीहरूमा कम्तिमा एक पूर्ण-कालीन कर्मचारीलाई रोजगारी दिनुपर्ने आवश्यकता(सर्त) पनि समावेश छ। भिसा प्राप्त गर्नका लागि मानिसहरूले वास्तविक सञ्चालन बिना नै फर्महरू स्थापना गरेको घटनाहरूको खुलासा पछि यो… पुरा पढौ