प्रमुख समाचार

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ । महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै… पुरा पढौ

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको संख्या भोजपुरमा बढ्न थालेको छ। विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्। भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। दश वर्ष विदेश बसेका राई अहिले गाउँमा कृषि उद्यममा जोडिएका हुन्। उनले गोलभेडा, बन्दा, फुलकोभी, गाँजरलगायत तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। वडा कार्यालयको पहलमा आवश्यक तालिमसँगै औजार तथा उपकरण पाएपछि व्यवसायमा थप सहजता भएको राईले बताए। ‘विदेशमा गरेको दुख र अनुभव आफ्नै ठाउँमा… पुरा पढौ

जुन गाउँ बालबच्चा बूढापाकाले धानेको छ

जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले। अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का-थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका-११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ। दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए। जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको सङ्ख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ। गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ। नजिकै… पुरा पढौ

कोरोना भाइरसको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त भेरियन्ट भारतको केरलामा पुष्टि भएको हो । नेपालको छिमेकी राष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपालमा पनि एक किसिमको तरंग पैदा भएको छ ।  भारतमा कोभिड–१९ को पहिलेको भन्दा बढी संक्रामक नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । भारतमा यो भेरियन्ट पहिलोपटक २२ मंसिरमा कारकुलमामा पुष्टि भएको थियो ।  भारतमा कोरोनाका केस बढेपछि नेपालमा पनि संक्रमण फैलिनसक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च… पुरा पढौ

प्रधानमन्त्रीको घोषणा – मेरो हुटहुटीअनुसारको परिणाम आएन, अब कार्यशैली बदल्छु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गरे ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता… पुरा पढौ

हुण्डीबाट पैसा पठाउदा कसरी फसिन्छ ? के कस्तो सजायको भागीदार हुनु पर्छ? जानिराखे राम्रो !

जाइरियु कार्ड नदेखाई पैसा पठाईदिन्छौ भनेर या केहि बढि रेटको लोभमा परेर कतै तपाई हुण्डी गर्ने अबैधानिक तरिकाले कारोबार गर्नेहरु मार्फत पठाई रहनुभएको त छैन ? यदि त्यसो हो भने तपाई त एकदिन फस्नु हुन्छ नै तपाइको सानो प्रलोभन र अल्छीपनाको परिणाम तपाइको परिवार समेत सजायको भागिदार हुन सक्छ त्यसैले पैसा पठाउदा आधिकारिक ठाउबाट मात्रै कारोबार गर्नुहोला। पछिल्लो समय जापानमा आधिकारिक ठाउबाट अनुमति नलिइकन हुण्डी गर्ने रेस्टुरेन्ट, हलाल मार्ट लगायतकाहरु धेरै फस्टाएको बुझिएको छ भने कतिपय ठाउमा थोरै प्रलोभनमा परि… पुरा पढौ

गलकोटमा जेष्ठ नागरिकको घरमै पुगेर उपचार : गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा हुनुभयो । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उहाँलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सक्नुभएको थिएन । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो ।  बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उहाँको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उहाँ… पुरा पढौ

दुर्गम गाउमा विकासले गति लिँदै

काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ । चालु आर्थिक वर्षमा यस वडामा रू सात करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा रहेको छ । पच्चिस वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा रहेका छन् । लेखानीमा विनियोजित रकममध्ये रू पाँच करोड ५५ लाख सङ्घीय र रू… पुरा पढौ

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)सुन्दर हमालको शब्दमा ‘सुन ठिटा हो’ सार्वजनिक  

काठमाण्डौंगायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार  सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ ।ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल  क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् ।… पुरा पढौ

बसाइँसराइको प्रभाव : हिमाल र पहाड क्रमशः रित्तिँदै, पाँच लाख बस्न योग्य घर खाली

मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ। जनसंख्यासम्बन्धी पछिल्ला तथ्याङ्कले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ। यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको संख्या बढी रहेको छ। यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरुको भनाइ छ। विसं २०४६ सम्म पहाडमा बढी चाप रहेकामा क्रमशः तराईतर्फ चाप सरेको पछिल्ला जनगणनाले देखाउँछ। अहिले तराईमा कूल जनसङ्ख्याको ५४ प्रतिशत आवादी रहेको छ । यसले… पुरा पढौ