प्रमुख समाचार

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो, ३३ हजार बढी प्रभावित ‘सेल्टरमा’

जापानको इशिकावा प्रान्तमा सोमवार गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।​​ बुधबार सरकारी अधिकारीले ७३ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सोमवार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ । बुधवारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका… पुरा पढौ

जापानमा भूकम्पका कारण जमिन कसरी सर्‍यो

जापानमा गएको म्याग्निट्यूड ७.५ को भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसको कारणले प्रभावित क्षेत्रको जमिन कति सर्‍यो भन्नेमा प्रतिबिम्बित भएको छ।  सोमवारको भूकम्पछि केही ठाउँमा जमिन चार मिटर उठेको छ र छेउछाउमा एक मिटर सरेको छ। भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने जापान जमिनमा कम्पन हुँदा निगरानी गर्न निकै उन्नत मानिन्छ। त्यसैले जापानमा त्यस्तो मापन गर्न सम्भव छ। देशभरि रणनीतिक बिन्दुहरूमा स्थापित 'जीपीएस' केन्द्रहरूको सञ्जाल यो काममा प्रयोग हुन्छ। भूकम्प आउनासाथ वैज्ञानिकहरूले प्रत्येक बिन्दु कति सर्‍यो भन्न सक्छन् र भूदृश्यमा कति सङ्कुचन… पुरा पढौ

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न, अध्यक्षमा कृष्ण केसी

अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण केसीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा, टोपबहादुर घर्तीमगर, गोविन्द विष्ट र मनीष खनाल रहेका छन् । यसैगरी, महासचिवमा अर्जुन आचार्य चयन भएका छन् ।  सचिवमा अभिनाश जिसी, सरोज भुसाल, असिम खनाल रहेका छन् । यस्तै, कोषाध्यक्षमा निरञ्जन खड्का र सहकोषाध्यक्षमा केशव रेश्मी चुनिएका छन्।  महिला संयोजकमा मधु क्षेत्री, विद्यार्थी संयोजकमा नारायण भट्टराई चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा फनबहादुर पुन, दिलप्रसाद श्रेष्ठ, चेतनारायण थापा, मनोज… पुरा पढौ

जापान भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो

नयाँ वर्षको दिनमा मध्य जापानको इसिकावा प्रिफेक्चरको नोतो प्रायद्वीप र आसपासका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ । इशिखावा प्रिफेक्चरको सुजु सहरमा २० जना, वाजिमा सहरमा १९ जना, नानाओ सहरमा ५ जना, अनामिजु सहरमा २ जना, हाकुई सहर र सिगा सहरमा १–१ जना गरी ४८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  इसिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो । भुकम्प, आगलागी र सुनामीका कारण घाइते भएकाहरुको उद्धार… पुरा पढौ

हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा पाँच जापानी कोस्ट गार्डको मृत्यु भएको पुष्टि

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा भएको दुर्घटनामा जापान कोस्ट गार्डको विमानमा सवार छ जना मध्ये पाँच जनाको मृत्यु भएको छ भने जापान एयरलाइन्सको फ्लाइट ५१६ का चालक दल र यात्रु मध्ये १४ जना घाइते भएको पुष्टि भएको छ । हानेदा विमानस्थलमा जापान एयरलाइन्स र एनएचकेले जडान गरेको क्यामेराको फुटेज अनुसार २ गते साँझ करिब ५ः४७ बजे नयाँ चितोसे विमानस्थलबाट उडेको जापान एयरलाइन्सको फ्लाइट ५१६ हानेदा विमानस्थलको रनवे सीमा अवतरण गर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । उडान नम्बर… पुरा पढौ

टोकियोको शिबुया वार्डले यस वर्ष पनि नयाँ वर्षको काउन्टडाउन कार्यक्रम स्थगीत

व्यापक भिडभाडका कारण हुन सक्ने समस्याको कारण देखाउदै टोकियोको शिबुया वार्डले चौथो वर्षको लागि आफ्नो प्रमुख रेल स्टेशन वरपर नयाँ वर्षको पूर्वसन्ध्यामा काउन्टडाउन कार्यक्रम नगर्ने निर्णय गरेको छ।शिबुया वार्डले २०१९ सम्म यस्ता कार्यक्रम आयोजना गरेको थियो तर वार्डले २०२० मा कोरोनाभाइरस महामारीका कारण स्थगित गरेको थियो।सरकारले COVID-19 लाई मौसमी इन्फ्लुएन्जा जस्तै श्रेणीमा डाउनग्रेड गरेपछि आइतवार जापानको पहिलो वर्षको अन्त्य बिदा हो।बाहिरी कार्यक्रमहरूले ठूलो भीडलाई आकर्षित गर्न सक्छ र सार्वजनिक मद्यपान र भीड क्रस जस्ता समस्याहरूको जोखिम बढाउन सक्ने समस्याप्रति वर्ष… पुरा पढौ

निलुवा समाज जापानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित

जापान । निलुवा समाज जापानको पाँचौ अधिवेशनबाट मोहनराज सुवेदी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । ‘बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा निलुवा समाज जापान गठन भएको थियो । यस संस्थामा विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरु रहेका छन् । यस संस्थाकाे वरिष्ठ उपाध्यक्षमा हरी सुवेदी निर्वाचित भएका छन् । यसैगरी, संस्थाकाे उपाध्यक्षमा जिआर सेवेदी, दिपक… पुरा पढौ

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिकविना राउत र सरोज प्रजाको फिचरिङमा  ‘चाहना बढ्दै गो….’ सार्वजनिक

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ  । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन… पुरा पढौ

सम्झनामा पुस १५ः ‘काल’ हारेको दिन

कालसँगको भेट वा पौठ्यजोरीमा अधिकाशंको जीवन नै समाप्त हुन्छ । केही भने यस्तो अपवाद हुने रहेछ कि घटना, दुर्घटनामा मरियो भनेर पनि बाँचिने । अहो, त्यो क्षण त कति हो कति सुखद र भाग्यमानी महुशुस हुने रहेछ । घटना, दुर्घटनामा केहीले आफ्नो अंगभंग गुमाउछन् भने केही जिउनुमा भन्दा मर्नु बेस भन्ने अवस्थामा जिइरहन्छन् । त्यस्तै सन्दर्भमा हामीले पनि कालसँग पौठ्यजोरी खेल्यौ सायद समयकालको भन्दा भाग्यले बाँच्ने हाम्रो बलवान समय र योग रहेछ । ठूलो दुर्घटनामा परेर पनि पर्नुजीवन पायौं ।… पुरा पढौ

‘अरेली काँडाले च्वास च्वासै’का गायक सहित ३ कलाकार ३ दिने साँगीतिक धमाका-२०२४ मा प्रस्तुति दिन जापानमा

'अरेली काँडाले च्वसै च्वासै' नेपाली साङ्गीतिक आकाशमा यस वर्ष सर्वत्र छाएको यो गीत डिसेम्बर ३१ देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष गुन्जिने भएको छ । त्यो मात्र हैन पञ्चे बाजामा आधारित 'बाबु दिन्छेउ र मलाई नानी दिन्छेउ र' बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा ६० को दशकमा अत्यन्तै लोकप्रिय भाका' सधैं मेरो दुख्यो दिलको घाउ, झुठो माया चाहिँदैन पापिनी तिम्रो नासो फिर्ता लिन आऊ'… पुरा पढौ