प्रमुख समाचार

प्रचण्डको निवासमा तोडफोड, सञ्चारमन्त्रीको घरमा आगजनी

काठमाडौं । ललितपुरमा प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’ ‘प्रचण्ड’को निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन्। समूहले प्रचण्ड निवास पुग्नुअघि नजिकैको प्रहरी बिटमा आगजनी गरेका थिए। यस्तै, ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरिएको छ। हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आज बिहानै आगो लगाइएको हो। नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार आन्दोलनको प्रभाव गाउँ तथा भित्री सडकसम्म पुगेको छ। “ललितपुर बिहानैदेखि अशान्त छ,” उनले भने। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। ईमेजखबर पुरा पढौ

विद्यार्थी मार्न पाइँदैन भन्दै बानेश्वरमा युवाले थाले बिहानैदेखि प्रदर्शन

काठमाडौँको बानेश्वरमा विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै आज (मंगलबार) बिहानैदेखि युवाले प्रदर्शन थालेका छन्।  सोमबार बानेश्वरमै भएको जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १७ युवा मारिएका थिए। त्यसको विरोधमा युवाहरूले आज बिहानैदेखि त्यही ठाउँमा प्रदर्शन थालेका हुन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् । प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ । पुरा पढौ

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। ‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने। जेनजीले आज काठमाडौं र देशका मुख्य सहरहरूमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका थिए। गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा… पुरा पढौ

जेनजी प्रदर्शनका मृतक २० मध्ये ७ जनाको सनाखत

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ।  जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ। यीमध्ये ५ जनाको पहिचान भएको छ। ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो। गम्भीर घाइते अवस्थामा ल्याइएका उनीहरूको उपचारकै क्रममा ज्यान गएको हो। मृतकमध्ये… पुरा पढौ

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।  ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।  उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।  त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको… पुरा पढौ

जेन–जी आन्दोलनले माग्यो प्रधानमन्त्रीको राजीनामा, वैकल्पिक सरकार गठनको माग

काठमाडौँ – सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन–जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ। आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ। यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन–जी पुस्ताले निष्कर्ष निकालेको छ। अब सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। जेन–जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,’यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ। लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ। त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल… पुरा पढौ

मृतकको संख्या १४ पुग्यो

सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो… पुरा पढौ

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ, काठमाडौं । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएकोसङ्गै सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो… पुरा पढौ

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । पुरा पढौ

यसरी भड्कियो ‘जेनजी’ आन्दोलन अनि लाग्यो संसद भवनको गेट नम्बर २ मा आगो (तस्बिरहरू)

काठमाडौं : सरकारविरुद्धको जेनजी आन्दोलनले हिंसात्मक मोड लियो। प्रहरीसँगको झडपबाट आक्रोशित प्रदर्शनकारीले संघीय संसद भवनको २ नम्बर गेटमा आगजनी गरे। बिहान शान्तिपूर्ण रूपमा सुरू भएको प्रदर्शनले बानेश्वरमा उग्र रूप लिँदै संसद भवन आक्रमणसम्मको अवस्थामा पुग्यो। जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी पछि हटेनन्। उनीहरूले संसद भवनको २ नम्बर गेटलाई निशाना बनाए। ढुंगामुढा गर्दै उनीहरूले पहिले गेटसँगैको पर्खाल भत्काउन सुरू गरे। लगातारको प्रहारपछि पर्खालको केही भाग भत्कियो, जसले प्रदर्शनकारीलाई थप उत्तेजित बनायो। पर्खाल भत्काएपछि प्रदर्शनकारीको समूह गेटको नजिक रहेको सुरक्षा पोष्टतर्फ अघि बढ्यो।… पुरा पढौ