प्रमुख समाचार

मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक

टोकियो/ जापानको राजधानी टोकियोमा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना इताबासी फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । मोना जापानका प्रवक्ता तथा संचारकर्मी कमल बानियाँद्वारा प्राप्त जानकारी अनुसार मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२… पुरा पढौ

जापानी कम्पनीले आधिकारिक रूपमा स्वाद बढाउने स्मार्ट चम्चा लन्च गर्यों

टोकियो । जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यवसायिक रुपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो । कम्पनीको अनुसन्धाताहरूले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गथ्र्यो । त्यतिबेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुबै बनाउन काम गरिरहेका थिए । यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो… पुरा पढौ

प्रकोपजन्य विपदमा जोगिन के गर्ने ?

टोकियो - भूकम्प गईरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविदहरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ । त्यसैका लागि वर्षोनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरु मार्फत त्यस सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्दै आईरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित… पुरा पढौ

अतः दुखसाथ भन्नुपर्छ – IT IS MORE OF THE SAME !

पूर्व अनुमान गरिए झैं विगतमा जस्तै यो बर्ष ( २०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतिपूर्ण’ ( अर्थात् मूल प्रवृत्ति ठीकै छ!) भनेको सुनियो! यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहॅदैन पनि! परन्तु गहिराइमा गएर हेर्ने हो भने एन्डरसनको कथा Emperor’s New Clothes को बालकले झैं भन्नैपर्छ - देशको अर्थतन्त्र लामो समयदेखि जुन गम्भीर संरचनात्मक संकटमा छ यो बर्षको बजेटले पनि त्यसमा सामान्य मलहमपट्टी बाहेक कुनै अग्रगामी… पुरा पढौ

अभिनेता अनमोल केसी आफ्नो चलचित्र ‘फर्की फर्की’ को प्रिमियर शोमा सहभागी हुन जापान आउने

अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने भएका छन्। जुन ९[जेठ २७ ] गते जापानको टोक्यो शहरमा हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल जेठ २६ गते जापान प्रस्थान गर्दै छन्। यो पटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने छ। चलचित्र रिलिज पूर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत… पुरा पढौ

आर के गुरुङ र मनोज केसीको “चौबन्धी तुना” सार्वजनिक

कर्मथलो जापान बनाएका कर्णप्रिय आवाजका धनि गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको चौबन्धी तुना बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगीतको क्षेत्रमा उत्कृष्ट संगीत गर्दै आएका सर्जक तथा गायक आर त गुरुङ, मनोज केसी र गायीका शान्ती श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्धी तुना सार्वजनिक भएको हो । बिहिबार “RK GURUNG” OFFICIAL YOUTUBE च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगीत तथा शब्द पनि मनोज केसी र आर के गुरुङ्कै रहेको छ… पुरा पढौ

घुम्टे युवा परिवार जापानले तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी जुलाई २५ तारिक बिहिबारका दिन जापानमा तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्थाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ  तेस्रो संस्करणका रुपमा प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए ।अध्यक्ष थापाका अनुसार, घुम्टे  युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक… पुरा पढौ

राहदानीका लागि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सुरू

जापानमा रहेका नेपालीलाई सहज रुपमा नयाँ राहदानी आवेदन र नवीकरण गर्नका लागि चिबा र टोकियोमा सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको छ ।नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको समन्वय र सहकार्य तथा एनआरएनए चिबा र कान्तो क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा चिबाबाट शनिबारदेखि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको हो । जापानमा नेपालीहरुको संख्या बढ्दै गइरहेको र नेपालीको बढि जनघनत्व भएको टोकियो क्षेत्रका नेपालीलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा सहज रुपमा पुर्याउने ध्येयका साथ सप्ताहव्यापी… पुरा पढौ

बढ्दो बजार मोहले गाउँ रित्तिँदै, चिटिक्कका घर मक्किएर जीर्ण बन्दै

बागलुङ। निसी, भुजी र तमानखोलाको सङ्गमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ एक दशक अगाडिसम्म शान्ति थियो। सीमित घर, जनघनत्व पनि कम छ। विकासका हिसाबले अलि पछाडि नै थियो। तर पछिल्लो समय बुर्तिबाङ बजारको स्वरुपनै बदलिएको छ। पहिलेको जस्तो शान्त र व्यवस्थित पनि छैन बुर्तिबाङ। कोलाहाल र जनघनत्व बढेको छ। किनमेल र घुमफिरका लागि गाउँबाट झर्ने मानिसको लर्को लाग्थ्यो । तर अहिले त्यो अवस्था फेरिएको छ। बसाइँसराइले गाउँ रित्तिन थालेपछि अचेल बजारबाट घुम्न गाउँ… पुरा पढौ

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने भएको छ।जापानमा रहेका भलिबल खेलाडीलाई क्रियाशील बनाई राख्न र राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउने उदेश्यका साथ आगामी अगस्ट ३ तारिख तोडा सिटी स्पोर्टस् सेन्टरमा सो प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप… पुरा पढौ