प्रमुख समाचार

अभिनेता अनमोल केसी आफ्नो चलचित्र ‘फर्की फर्की’ को प्रिमियर शोमा सहभागी हुन जापान आउने

अभिनेता अनमोल केसी आफ्नो चलचित्र फर्की फर्कीको प्रिमियर शोमा सहभागी हुन जापान आउने भएका छन्। जुन ९[जेठ २७ ] गते जापानको टोक्यो शहरमा हुन लागेको चलचित्रको रेड कार्पेट प्रिमियरमा सहभागी हुन अनमोल जेठ २६ गते जापान प्रस्थान गर्दै छन्। यो पटक अनमोलको जापान भ्रमण रिफ्रेस्मेंटका लागि समेत हुने छ। चलचित्र रिलिज पूर्व र रिलिज पछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन्। अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत… पुरा पढौ

आर के गुरुङ र मनोज केसीको “चौबन्धी तुना” सार्वजनिक

कर्मथलो जापान बनाएका कर्णप्रिय आवाजका धनि गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको चौबन्धी तुना बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगीतको क्षेत्रमा उत्कृष्ट संगीत गर्दै आएका सर्जक तथा गायक आर त गुरुङ, मनोज केसी र गायीका शान्ती श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्धी तुना सार्वजनिक भएको हो । बिहिबार “RK GURUNG” OFFICIAL YOUTUBE च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगीत तथा शब्द पनि मनोज केसी र आर के गुरुङ्कै रहेको छ… पुरा पढौ

घुम्टे युवा परिवार जापानले तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

टोकियो, घुम्टे युवा परिवार जापानले आगामी जुलाई २५ तारिक बिहिबारका दिन जापानमा तेस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको संस्थाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवासमा रहेरपनि प्रवर्द्धन, संरक्षण, संवर्द्धन गर्दै जापानमा रहेका खेलाडीहरूलाई क्रियाशील बनाईराख्ने उद्देश्यका साथ  तेस्रो संस्करणका रुपमा प्रतियोगिता संचालन गर्न लागिएको अध्यक्ष नारायण थापाले बताए ।अध्यक्ष थापाका अनुसार, घुम्टे  युवा परिवारको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक… पुरा पढौ

राहदानीका लागि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सुरू

जापानमा रहेका नेपालीलाई सहज रुपमा नयाँ राहदानी आवेदन र नवीकरण गर्नका लागि चिबा र टोकियोमा सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको छ ।नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको समन्वय र सहकार्य तथा एनआरएनए चिबा र कान्तो क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा चिबाबाट शनिबारदेखि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको हो । जापानमा नेपालीहरुको संख्या बढ्दै गइरहेको र नेपालीको बढि जनघनत्व भएको टोकियो क्षेत्रका नेपालीलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा सहज रुपमा पुर्याउने ध्येयका साथ सप्ताहव्यापी… पुरा पढौ

बढ्दो बजार मोहले गाउँ रित्तिँदै, चिटिक्कका घर मक्किएर जीर्ण बन्दै

बागलुङ। निसी, भुजी र तमानखोलाको सङ्गमस्थल हो बुर्तिबाङ बजार । बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ एक दशक अगाडिसम्म शान्ति थियो। सीमित घर, जनघनत्व पनि कम छ। विकासका हिसाबले अलि पछाडि नै थियो। तर पछिल्लो समय बुर्तिबाङ बजारको स्वरुपनै बदलिएको छ। पहिलेको जस्तो शान्त र व्यवस्थित पनि छैन बुर्तिबाङ। कोलाहाल र जनघनत्व बढेको छ। किनमेल र घुमफिरका लागि गाउँबाट झर्ने मानिसको लर्को लाग्थ्यो । तर अहिले त्यो अवस्था फेरिएको छ। बसाइँसराइले गाउँ रित्तिन थालेपछि अचेल बजारबाट घुम्न गाउँ… पुरा पढौ

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने

पर्वत समाज जापानले फस्ट पर्वत कप मेनस् भलिबल च्याम्पेन्सिप २०२४ प्रतियोगिता गर्ने भएको छ।जापानमा रहेका भलिबल खेलाडीलाई क्रियाशील बनाई राख्न र राष्ट्रिय खेल भलिबललाई प्रवासमा पनि सशक्त बनाउने उदेश्यका साथ आगामी अगस्ट ३ तारिख तोडा सिटी स्पोर्टस् सेन्टरमा सो प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए।प्रवासमा रहेका नेपालीहरुका बिचमा आत्मीयता भातृत्व र सहयोगी भावनाको विकासका गर्न र खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गराउनका लागि फस्ट पर्वत कप… पुरा पढौ

उच्च अदालत पाटनद्वारा जिल्लाकाे फैसला बदर, सन्दीप लामिछानेले पाए सफाइ

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो । उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेकाे आराेप बदर गर्दै खेलमा लागेकाे प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएकाे छ।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र… पुरा पढौ

मृगौला पिडित कमला खत्रीलाई घुम्टे युवा परिवार जापानको सहयोग

दुवै मृगौलामाँ समस्या आइ आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि कमला खत्रीलाई घुम्टे युवा परिवार जापानद्वारा संकलित रकम १ लाख ६८ हजार २२४ रुपैया रक़म उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । लामों समयसम्म अस्पतालमा भर्ना भै उपचार गराउदा आर्थिक अभाव भै घुम्टे युवा परिवारलाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित रकम पिडित खत्रीलाई आगाँखेत निजको निवासमा पुगेर गलकोट नगरपालिका–७ का वडा सदस्य, घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानी, समाजसेवी… पुरा पढौ

जापानमा ९० लाख घर खाली, किन खाली हुँदैछन् जापानका घरहरू ?

जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ। यो सङ्ख्या सन्  २०१८ मा गरिएको सर्वेक्षणमा देखिएको भन्दा पाँच लाख १० हजार बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।  उक्त सङ्ख्या जापानमा कुल घर सङ्ख्याको १३.८ प्रतिशत हुन आउँछ।  जापानमा औसतमा सात घरमध्ये एक घर रिक्त रहेको मङ्गलबार प्रकाशित आन्तरिक मामिला मन्त्रालयको सर्वेक्षण रिपोर्टले पुष्टि गरेको छ। स्रोतले घरहरू खाली हुनुलाई विदेशमा सन्तान भएका वा सन्तान नभएका वृद्धहरूको स्वामित्वमा रहेका घरहरू उनीहरूको मृत्युपछि वा उनीहरू वृद्धाश्रममा बस्न थालेपछि खाली… पुरा पढौ

जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता , हिट- ५३ किक बक्सिङ्ग प्रतियोगितामा लगातार चौंथो पटक विजयी

कविकिरण न्यौपाने / नागोया, जापानमा बक्सर अबिरललाई फेरि अर्को सफलता प्राप्त भएको छ। शनिवार जापानको नागोया शहरमा भएको हिट ५३ किक बक्सिङ्ग प्रतियोगितामा अबिरल बिजयी भएका हुन् । जापानको नागोया शहरमा परिवार संगै बस्दैं आएका अबिरलले थुप्प्रै अन्तराष्ट्रिय किक बक्सिङ्ग बिजयी हुँदै नेपाल र नेपालीकै पहिचान बनाई रहेका छन्।हिमालयन चितुवाको नामले पनि चिनिने उनि थाइल्याण्डको फुकेट शहरमा मार्च ३० सम्म बिषेश प्रशिक्षण लिएका थिए।खेल झनैं प्रतिस्प्रद्धात्मक हुने हुदाँ अबिरलको मनोवल बढाउन अनि नयाँ सिक्न आफ्नै खर्चबाट थाईल्याण्ड पठाएको अबिरलका बुवा… पुरा पढौ