
लामो समय जापानलाई कर्म थलो बनाई जापान मै सफल व्यावसायीको छवी बनाएका मुस्ताङको घरपोझङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन ।
नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्दै लालचन विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम मतपरिणाम अनुसार कांग्रेसका लालचनले ७६० मत र एमालेका थकालीले ७५८ मत प्राप्त गरेका हुन ।
त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन । कांग्रेसकी जमुना थापा मगरले ६९३ मत प्राप्त गरी उप प्रमुखमा विजयी भएकी हुन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेकी थिइन ।
२०७४ को स्थानीय चुनावमा यो गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो ।
अध्यक्षमा विजयी लालचन केहि समय अघि मात्र जापानको बसाईलाई अन्त्य गरि नेपालमा गएर राजनीति र व्यावसायिक जीवनमा क्रियाशील रहदै आएका छन ।



