प्रमुख समाचार

प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानन्त्री बनेका छन् । वरीयतामा सिंह अगाडि रहेका छन् ।  राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन् । उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत असार १७ गते बनेको कांग्रेस-एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना… पुरा पढौ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित छन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा… पुरा पढौ

सिमलताल पहिरो अपडेट : हालसम्म पाँच जनाको शव भेटियो 

चितवन । गत शुक्रबार बिहान साँढे तीन बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलताल पहिरोमा परेर बस दुर्घटनाबाट ज्यान गुमाएका मध्ये हालसम्म पांँचवटा शव भेटिएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ती मध्ये तीनवटा शवको सनाखत भइसकेको छ भने दुईवटा शवको पहिचान हुन बाँकी छ ।  शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि… पुरा पढौ

अमेरिकाको चुनावी र्‍यालीमा गोली चल्दा ट्रम्प घाइते, २ जनाको मृत्यु

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। शनिबार राति पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो।  सीएनएनका अनुसार घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ। गोली हान्ने व्यक्ति पनि अमेरिकी सेक्रेट सर्भिसको कारबाहीमा मारिएका छन्।  घटनापछि उनलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए। उनको अवस्था अहिले सामान्य रहेको सीएनएनले जनाएको छ। ट्रम्पको र्‍याली बाहिर उच्च स्थानबाट बन्दुकधारीले गोली चलाएका थिए।  ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। अमेरिकी राष्ट्रपति… पुरा पढौ

गलकोट समाज जापान कान्तोले तीज धमाका-२०२४ आयोजना गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तीज धमाका २०२४” आयोजना गर्ने भएको छ। वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको पर्व ‘हरितालिका तिज’ लाई यस वर्ष पनि एक कार्यक्रमका साथ मनाउन लागिएको अध्यक्ष दिनेश थापाले जानकारी गराए। नेपालबाट आमन्त्रित लोक दोहोरी तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार गायिका द्वय सुनिता बुढा क्षेत्री, सम्झना लामिछाने मगर र जापानमा कर्मथलो तथा परदेशी गायकबाट आफ्नो परिचय स्थापित गरेका गायक सूर्य खड्का साथै स्थानीय कलाकारहरुको… पुरा पढौ

जापानबाट मल्मको एक विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग

गलकोट समाज जापानका पदाधिकारीहरुले गलकोट नगरपालिका ७ मल्म स्थित स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छन्। गलकोट नगरपालिका वडा नम्बर ७ झिर्कामा रहेको नेटा आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गलकोट समाज जापान क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा हरेक २ दुई वर्षमा गरिने शैक्षिक सुधार योजना अन्तर्गत गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका अति विपन्न… पुरा पढौ

जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर

जापानको सर्वोच्च अदालतले जबरजस्ती बन्ध्याकरणलाई असंवैधानिक ठहर गरेको छ । अहिले निष्किृय भइसकेको यूजेनिक्स कानुन अन्तर्गत सन् १९५० देखि सन् १९९० को दशकमा अनुमति नलिईकन १६ हजार ५०० आसपासका अशक्त र मानसिक रूपमा अस्वस्थ मानिसहरूको जबरजस्ती बन्ध्याकरण गराइएको थियो । यस मामिलामा सर्वोच्च अदालतले ११ जना पीडितहरूलाई क्षतिपूर्ति दिन सरकारलाई आदेश दिएको छ । बुधबारको फैसलाले न्यायका लागि दशकौँदेखि लडिरहेका पीडितहरूको लडाई अन्त्य गरेको छ । पीडितहरूले सरकारसँग क्षतिपूर्ति र माफी माग गरिरहेका थिए । वर्षौसम्म चलेको मुद्दा मामिलापछि सन्… पुरा पढौ

चिवामा सेप्टेम्वरमा नेपाल फेष्टिवल हुने

नेपालीहरूको बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा २०२४ हुने भएको छ। आगामी सेप्टेम्वर २२ आईतबार चिवाको माचुदो शहरमा फेष्टिवल आयोजना हुने भएको गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी दिनुभयो। यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिनुभयो।नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाको सातौ अधिवेशन जुन २४ तारिक हुने

जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति नागोयाको सातौ अधिवेशनको जुन २४ तारिक हुने भएको छ ।
जुन २४ को लागि तय भएको नागोया क्षेत्रीय समितिको अधिवेशन नागोयामा रहेको पानसमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष अजय थापा कालुले जानकारी दिए ।
नागोया क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जुन २४ तारिक सोमबार हुने गल्कोट समाज नागोयाको सातौ अधिवेशनमा नागोयाबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध गरेका छन ।
कार्यक्रम… पुरा पढौ

जापानको नागोया शहरमा नेपाल फेस्टिभल भव्यताका साथ सम्पन्न

आहा ! यस्तो पो नेपाल फेस्टिभल! जापानको नागोया शहरमा नेपाल फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ। जुन ८ र ९ तारिक सम्पन्न उक्त फेस्टिभलमा नेपाली सहित जापनिजको खचाखच उपस्थिति थियो।जापानमा यति भव्य र सभ्य नेपाली नेपाली फेस्टिभल आयोजना गरेकोमा जापानका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदीले आयोजक लाई आभार अनि धन्यवाद व्यक्त गरेका छन्। नेपाल फेस्टिभलको पहिलो र अन्तिम दिन नेपाली र जापनिजहरुको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापनिजहरु पनि रमाई रहेका देखिन्थे। नेपाली कला सँस्कृति,… पुरा पढौ