प्रमुख समाचार

सौर्य एयरलाइन्सको विमान दुर्घटना: पाइलटलाई अस्पताल लगियो, उद्धारकार्य जारी

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । कलसाइन अल्फा एमई रहेको जहाज दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको… पुरा पढौ

जापानमा आइतबार अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान

जापानका २०० भन्दा बढी स्थानमा आइतबार अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको छ । जापान मौसम विभागका अनुसार, अत्यधिक गर्मीका कारण आउने उष्णलहर अगस्ट वा सेप्टेम्बरसम्म जारी रहने अपेक्षा गरिएको छ । यसले स्वास्थ्यमा मात्र नभई कृषिउद्यममा असर पार्दा र खाद्य सुरक्षाको जोखिम निम्त्याएको छ । यहाँको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको र १२ दिनमा पहिलोपटक १३० भन्दा बढी स्थानमा कडा गर्मी भएको मौसम पुर्वानुमान कार्यालयको तथ्यांकले देखाएको छ ।… पुरा पढौ

व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय

ज्योतिषशास्त्र एक पुरानो विज्ञान हो । यसले व्यापार र वित्त सहित जीवनका विभिन्न पक्षहरूमा अन्तर्दृष्टि प्रदान गर्दछ। यो मानिन्छ कि आकाशीय पिण्डहरू र तिनीहरूको चालले मानव जीवनको हरेक मामिलामा प्रभाव पार्छ । पछिल्लो समय देशभित्र भएको आर्थिक संकट र व्यापार मन्दीको पछाडि ज्योतिषीय कारणहरू पनि हुनसक्छन् । व्यापार मन्दीको ज्योतिषीय कारणहरूहानिकारक ग्रहहरूको प्रभाव: शनि : ढिलाइ र बाधाहरूका लागि परिचित, व्यवसायसँग सम्बन्धित घरहरूमा शनिको प्रतिकूल प्रभावले (२, ७, १० र ११ औं) आर्थिक संघर्षको परिणाम हुन सक्छ। मंगल : यसको आक्रामक… पुरा पढौ

जापानी येनको नोटमा नेपाली कागज प्रयोग

जापानी पैसा येनका नयाँ नोटहरूको सम्बन्ध यसपालिबाट नेपालसँग जोडिएको छ । हिमाली क्षेत्रमा पाइने अर्गेली भनिने पहेँलो फूल फुल्ने बिरुवाबाट निकालिने चम्किलो लोक्ता (नेपाली कागज) जापानी येनको नोटमा प्रयोग गरिएको छ । जीओ न्युजले जनाए अनुसार १० हजार, पाँच हजार र एक हजार येनका नोट बुधबारदेखि जापानको बजारमा ल्याइएको हो, जसमा नेपाली कागज प्रयोग गरिएको छ । ती नोटहरू बुधबार जापानका प्रधानमन्त्री फुमिओ किसिदाले बैंक अफ जापानको हेडक्वार्टर टोक्योमा सार्वजनिक गरेका थिए । सो कार्यक्रममा बैंकका गभर्नर काजुओ उएडा समेत सहभागी थिए… पुरा पढौ

उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छन् ।उक्त कार्यक्रममा आफ्ना सहयोगी समेत हुने भएकाले अन्तर्वार्ताका लागि अनुरोध गरेको कारण आफूले अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि मिति राख्न मात्रै अनुरोध गरेको उनले बताएकी छिन्। ‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत… पुरा पढौ

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म २३ जनाको शव फेला परेको छ ।  प्रहरीकाअनुसार २३ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी छ ।सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक… पुरा पढौ

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ

काठमाडौं । नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् । उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । आर्थिक… पुरा पढौ

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।यो रिट दर्ता… पुरा पढौ

१०२ किलो  गाँजासहित तीन जना पक्राउ

मोरङ ।  बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक… पुरा पढौ

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् ।साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए ।  मन्त्री पौडेलले मितव्ययिताका लागि भन्दै मन्त्री बनेपछि कुनैपनि माला र खादा लगाउन मानेनन् ।काठमाडौँ- ५ बाट… पुरा पढौ