प्रमुख समाचार

एनआरएनए जापानले नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि २३ लाख रकम हस्तान्तरण

गैर आवासीय नेपाली संघ जापानले भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन रकम हस्तान्तरण गरेको छ।गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई 'भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष' का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना… पुरा पढौ

एनआरएनए जापानले जापानमा ‘१४ औं नेपाल फेस्टिवल -२०२४’ गर्ने

जापानमा ‘१४ औं नेपाल फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा १४ औ नेपाल फेस्टिवल- २०२४ गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल… पुरा पढौ

क्यान्सर पिडित सिर्जनाका लागि आर्थिक सहयोगको अपिल

विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित भई जापानमा उपचारार्थ रहेकी सिर्जना खड्काको उपचार खर्चका लागि आर्थिक संकलन अभियान शुरू गरिएको छ ।नेपालमा दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नं. २ झुले घर भई हाल जापानको ओशाकामा बस्दै आएकी सिर्जनाको औषधिका माध्यमबाट क्यान्सरलाई निर्मूल गर्न सर्किने चिकित्सकहरूले जानकारी गराएपछि आर्थिक संकलन अभियान चलाईएको हो।जापानका युवा ब्यवसायी तथा सामाजिक अभियन्ता विष्णु शर्माको संयोजकत्वमा नेपाल कल्याण समाज-जापानको पहलमा अहिले आर्थिक संकलन कार्य भईरहेको हो। सन् २०१९ मा विधार्थी भिषामा जापान आएकी सिर्जनाले पेटमा सहनै… पुरा पढौ

अब भन्नुस म मुर्ख छु कि सन्तानलाई विदेश पठाउने साथी मुर्ख ?

पहिले मैले मेरो छोरालाई विदेश नपठाउँदा मेरा कतिपय साथीहरुले मलाई मूर्ख भन्थे । मेरो छोराको भविष्य बिगार्यो भन्थें । आज मसँग छोरा छ, बुहारी छ, नाती छ, मेरो श्रीमती हामी सबै सँगै छौं । बिहान आ–आफ्नो समयमा खाना खाएर काममा जान्छन् । तर बेलुका हामी संधै संगै बसेर खाना खान्छौं । अफिसको कामले छोरा आउन ढिला हुने भयो भने खबर पठाउँछ । कहिं अचानक पार्टी खान जानुप¥यो भने खाना नपकाउनु भनेर खबर गर्छ । कहिले छोरालाई मन परेको तरकारी छोराले… पुरा पढौ

जापान : सपना संघर्ष र सफलता सार्वजनिक 

नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक थापाले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । किताब समय सान्दर्भिक भएको युताकाले बताए । 'किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल-जापान बीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ,' उनले भने, 'पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन्… पुरा पढौ

ठगी हुनबाट बचाएको भन्दै जापान प्रहरीद्वारा सरोज भुसाल सम्मानित

टोकियोको कोमाए स्थित एक कम्बिनीयन स्टोरमा कार्यरत सरोज भुसालले जापानीज नागरिकलाई ठगीबाट बचाएको भन्दै जापान प्रहरीले प्रशंसा पत्र सहित सम्मान गरेको छ ।भुसाल कार्यरत रहेको पसलमा आएका एक जना जापानीज नागरिकलाई ठगि समुहले तपाईको कमप्युटरमा भाइरस पसेको छ यसलाई हटाउनको लागी ५० हजारको कार्ड किन्न लगाएकोले ती जापानीज नागरीक पसलमा गएका थिए । पसलमा गई कार्ड किन्न लाग्दा शंका लागेर भुसालले सोधेका थिए र ती जापानीज नागरिकले नचिनेको व्यक्तिले कमप्युटरको भाइसर हटाउन कार्ड किन्न लगाएको बताएका थिए । ठगी केस… पुरा पढौ

गलकोटमा डेङ्गी र स्क्रब टाइफसका ५८ बिरामी बढे

बागलुङ । जिल्लामा साउनयता २६ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् । बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गी र स्क्रब टाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । साउनमा जिल्लाभर २६ जनामा डेङ्गी पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुईजनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।  “गलकोट डेङ्गी मात्रै हैन स्क्रब टाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ”, जनस्वास्थ्य निरीक्षक घिमिरेले भन्नुभयो, “अहिले… पुरा पढौ

बिन्दियामा बिष्णु खत्री सांगितिक कार्यक्रम

मध्ये गर्मी मौषममा पर्यटकको आगमनले ब्यस्त प्रवासी नेपालीहरुलाई अहिले समय व्यवस्थापन गर्नु निकै चुनौती छ । कामलाई पहिलो प्राथमिकता दिदै व्यवसाय गरेका नेपालीहरु हुन् वा जागिर गर्ने प्रवासीहरु, अहिले निकै व्यस्त छन । यहाँ अधिकांश नेपालीहरुले होटल तथा रेष्टुरेष्ट व्यवसाय संचालन गदै आएका छन् । युरोपियन देशहरुमा पनि स्पेन पूर्णतया पर्यटकिय गन्तब्य नै हो । यहाँ मानिसहरु कुनै देशबाट गर्मी छल्न त कुनै देशबाट जाडोबाट जोगिन आउने गर्दछन् । आत्याधिक पर्यटकहरु सामुन्द्रीक रमझम रमाउने भएकोले गर्मी मौषमको गन्तब्य स्पेन बनेको… पुरा पढौ

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक, २६ लाख येन बचत

जापानको नागोयामा सम्पन्न तेश्रो नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक गरिएको छ। जुन ८ तारिख शनिबार र ९ तारिख आइतबार नागोयाको आईची प्रिफेक्चरमा सम्पन्न नेपाल फेष्टिबलमा फेस्टिभलमा १ करोड ११ लाख ८६ हजार ३ सय ९३ आर्थिक संकलन भएको छ। त्यस्तै फेस्टिभलमा खर्च ८५ लाख ३९ हजार ५ सय १६ भएको बताईएको छ। फेस्टिभलमा सहयोगी दाताबाट ६८ लाख ६९ हजार ३ सय ९३ र स्टलहरु बाट ४३ लाख १७ हजार संकलन भएको छ। खर्च कटाएत फेस्टिभलको बचत रकम २६ लाख ४६ हजार… पुरा पढौ

क्युशु क्षेत्रको यामागुची, ओकिनावामा श्रम अभावका बीचमा विदेशीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै

दक्षिणपश्चिम जापानको क्युसु क्षेत्रका साथै यामागुची र ओकिनावा प्रान्तमा श्रमिक अभावका बिचमा राष्ट्रिय औसतभन्दा बढी दरमा विदेशी बासिन्दाको संख्या बढ्दै गएको छ। १ जनवरी २०२४ को आधारभूत बासिन्दा दर्ता डेटामा आधारित रहेर आन्तरिक मामिला र सञ्चार मन्त्रालयले जुलाई २४ मा जारी गरेको तथ्याङ्कमा यो तथ्य देखा परेको हो । यी क्षेत्रहरूमा जापानी नागरिकहरूको जनसंख्या घट्दै गैरहेको बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो। क्युशुको फुकुओका प्रिफेक्चरको जनसंख्या विदेशी नागरिक सहित ५० लाख ९५ हजार ३७९ जनसंख्या रहको छ । यो संख्या… पुरा पढौ