प्रमुख समाचार

नेपाली व्यवसायी संघ (NBA) जापानको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः विजय थकाली

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) जापानको मंगलबार दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले पुनः विजय थकालीको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति गठन गरेको छ । निर्वाचन समितिका अनुसार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुनः ददिवल खड्का चयन भएका छन भने उपाध्यक्षहरुमा तुल्सीराम खरेल, बाबुराम भण्डारी, बिपिन कँडेल, शिवहरि पौडेल, श्रीभक्त गुरुङ, नरबहादुर थापा र दिपक सुनार चयन भएका छन् । यसैगरी महासचिवमा बाबुराम पौडेल र सचिवहरुमा बुद्धिराज घिमिरे, जनक सुबेदी, गणेशजंग रायमाझी र तेजबहादुर थिङ चयन भएका छन् भने कोषाध्यक्षमा मुक्तिराज… पुरा पढौ

अल्बर्ट आइन्स्टाइन हस्ताक्षरित पत्र ५१ करोडमा लिलामी

काठमाडौँ । महान भौतिकशास्त्री वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको हस्ताक्षरित पत्र ५१ करोड २० लाख बराबरको नेपाली रुपैयाँमा लिलामी भएको छ ।आइन्स्टाइनले सन् १९३९ मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्टलाई पठाएको पत्र लिलामी गरिएको हो । यस पत्रमा आइन्स्टाइनले आणविक हतियारको विकास विरुद्ध चेतावनी दिएका थिए । यो पत्र न्यूयोर्कमा फ्रान्कलिन डी रुजवेल्टको पुस्तकालयमा फेला परेको थियो ।यस पत्रमा अल्बर्ट आइन्स्टाइनले अमेरिकी राष्ट्रपतिलाई जर्मनीले आणविक हतियार विकास गरिरहेको चेतावनी दिएका थिए । पत्रमा आइन्स्टाइनले भनेका छन्, 'आमविक भौतिकीमा हालैका कामहरू भएका छन्,… पुरा पढौ

जापान- विकसित देशमा पनि कम वजनको चिन्ताजनक प्रवृत्ति

५ फीट ४ इञ्च उचाइ भएकी सारा मिजोगुची किशोरी हुँदा उनको वजन निकै कम थियो। “म जुन बेला पनि खानेकुराबारे सोचिरहेकी हुन्थेँ र सधैँ भोकै हुन्थेँ। मैले वर्षमा एक दिन आफ्नो जन्मदिनमा बाहेक केक खाँदैन्थेँ। त्यो क्रम तीन चार वर्ष चल्यो। म पटक्कै खुसी थिइनँ।”  अहिले २९ वर्ष पुगेकी साराको जस्तै अवस्था जापानमा धेरैको छ। त्यसैले युवतीहरूमा कम वजन एक गम्भीर समस्या बनेको छ।  सन् २०१९ मा जापानको स्वास्थ्य मन्त्रालयले गरेको एउटा सर्वेक्षणले २०.७ प्रतिशत अर्थात् २० देखि २९ वर्षका… पुरा पढौ

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।शनिबार काठमाडौंमा आयोजित एमालेको 'स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै 'मनपरी बोल्ने केटो' को संज्ञा दिएका हुन् ।ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौं नि… पुरा पढौ

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

ढोरपाटन (बागलुङ) । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।… पुरा पढौ

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा… पुरा पढौ

गल्कोट समाज जापानको बारबिक्यूसहित चौथो बैठक सम्पन्न

गल्कोट समाज जापानको चौथो बैठक तथा बारबिक्यू यामानासी केनमा हालै सम्पन्न भएको छ । संस्थाका संरक्षकहरू, सल्लाहकार तथा कार्यसमितिका सबै जनाको बृहत् उपस्थितिका बिचमा बैठक तथा बारबिक्यू कार्यक्रम सम्पन्न भएको हो । बैठकमा अघिल्लो कार्यकालको बुझबुझारथ र आगामी कार्यकालको कार्य योजनाको बारेमा व्यापक छलफल भएको छ । करिब २ सय जनाको उपस्थिति रहेको उक्त बारबिक्यूमा आगामी कार्य योजना बारेमा संरक्षक तथा सल्लाहकारहरूको राय सल्लाह संकलन गरिएको थियो । महासचिव दिलीप कँडेलका अनुसार यस कार्यक्रममा उपस्थिति र सहभागिताले वर्तमान कार्यसमितिलाई थप… पुरा पढौ

गलकोटमा जिप दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुङ्खानीमा सरकारी पिकअप जिप दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले उद्दार चलिरहेको छ ।शुक्रबार विहान सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बुलेरो पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृतकको पहिचान खुलेको छैन । जिप सडकदेखि झण्डै ३ सय मिटर तल खसेको छ । मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी… पुरा पढौ

जापानमा एक्लोपनको गम्भीर समस्या: ४ हजार जनाको शव एक महिनापछि मात्रै भेटियो

भदौ, काठमाडौं । जापानमा यस वर्षको पहिलो ६ महिना अवधिमा ४० हजार जना मानिस घरमै एक्लै मृत फेला परेका छन् । जापान पुलिसले हालै सार्वजनिक गरेको रिपोर्टले एक्लोपनका कारण ठूलो संख्यामा मृत्यु भएको देखाएको हो । जापानको राष्ट्रिय पुलिस एजेन्सीका अनुसार तथ्यांकमध्ये करिब ४ हजार जना मानिसको शव एक महिनापछि मात्रै फेला परेको थियो । १ सय ३० जनाको मृत्यु भएको करिब एक वर्षसम्म पनि थाहा हुन सकेको थिएन । संयुक्त राष्ट्र संघका अनुसार यसबेला जापानमा सबैभन्दा बढी वृद्ध वर्गको जनसंख्या… पुरा पढौ

जापानमा प्रदीप रोदनको साथमा ग़ज़ल साँझ -२०२४ को आयोजना

नेपालबाट कलाकारहरुको बाक्लो संख्यामा उपस्थित भई बिभिन्न सांगीतिक कार्यक्रमहरु बाक्ळै हुने गरेको जापानमा अनेसास जापानले भने एक पृथक कार्यक्रमको आयोजना गरेको छ । जापानमा पहिलो पल्ट नेपाली गजलका प्रणयता मोतीराम भट्टको १५९ औ जन्म जयन्तीको अवसरमा नेपाली युवा पुस्ताका गजल हस्ती प्रदीप रोदन को साथमा गजल साँझ -२०२४ को आयोजन गरिएको छ । आगामी अगष्ट ३१ तारीक टोकियो ओकोबू स्थित R’s Art court हलमा ३ बजेबाट , सेप्टम्बर ४ तारीक ओशाका स्थित जिग्री दोहोरी साँझ र सेप्टम्बर ८ तारीक नागोया… पुरा पढौ