प्रमुख समाचार

कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।सोही उपमहानगरपालिका-१९ भिक्टोरिया चोकमा गोपाल लामगादे समेत ३ जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक… पुरा पढौ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको… पुरा पढौ

जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी अन्तिम चरणमा

नागोया । जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीब्र पारिएको छ । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।आगामी जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेष्टिबलको आयोजना गरिएको हो । फेष्टिबलबारे थप जानकारी दिने उद्देश्यले नागोयामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा… पुरा पढौ

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङ रमुवाका बासिन्दा

ढोरपाटन (बागलुङ) । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका-१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्‍याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका… पुरा पढौ

जापानमा प्रजनन दर र जन्मको संख्या दुवै घट्यो, मृत्यु हुनेको सङ्ख्या हालसम्म कै उच्च

जापानमा कुल प्रजनन दर र जन्मको संख्या दुवै सन् २०२३ मा लगातार आठौं वर्षमा घटेर नयाँ रेकर्ड कायम भएको सरकारी तथ्याङ्कले देखाएको छ ।जापानमा विवाह नगर्नेको संख्यामा क्रमश वृद्धि हुँदै जादा कुल प्रजनन दरमा हरेक वर्ष ह्रास आईरहेको र यो आठौ वर्षमा नया रेकर्ड कायम भएको बुधबार प्रकाशित सरकारी तथ्याङकले देखाएको हो ।“एक महिलाले आफ्नो जीवनकालमा जन्माउने अनुमानित बच्चाहरूको औसत संख्या 1.20 मा झरेको छ “- स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले भन्यो- 1947 मा तुलनात्मक डेटा उपलब्ध भएदेखि यो लगातार… पुरा पढौ

सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ ?

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् ।सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् ।ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत उठाएको छ । रास्वपाका सांसद शिशिर खनालले समेत बुधबारको प्रतिनिधिसभाको बैठकमा ओलीको टिप्पणीको आलोचना गरेका थिए ।सुमनाले आफ्नो  महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुदैन ? भन्दै… पुरा पढौ

छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार छौँ- प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे । “फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो… पुरा पढौ

मतगणना सकिएपछि मोदीले दिए राजीनामा

काठमाडौँ । लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदीले बुझाएको मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको र प्रधानमन्त्रीलाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्न आग्रह गरेकी छन् ।मंगलबार भएको लोकसभा चुनावको मतगणनामा भाजपाले २४० सिट जितेको छ भने कांग्रेसले ९९ सिट जितेको छ । यस चुनावमा समाजवादी पार्टीले ३७ सिट जितेको छ भने टीएमसी २९ सिटसहित चौथो स्थानमा छ ।भाजपासहितको गठबन्धनले भने २९२ सिटसहित बहुमत हासिल गरेको छ ।  पुरा पढौ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौँ ।  काठमाडौं महानगरपालिका-२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका-७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।यसैगरी काठमाडौं मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही… पुरा पढौ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।   पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई… पुरा पढौ