भूकम्पमा जापानबाट सिक्नै पर्ने पाठ

-


     मनोज घिमिरे    
     जेठ २६ गते २०८१


१३ वर्ष अघिको भूकम्प र सुनामीका कारण जापानमा ठुलो क्षति भयो। भूकम्पले फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो। जापानमा १३ वर्ष अघिको स्मरण अझै ताजै छ। यी सबै स्मरण ताजै रहेकै समयमा सोमबार जापानको इसिकावामा सुनामीको पूर्व सूचना स्वरूप साइरन बजेको थियो। जापानमा यस्ता साइरनहरू सामान्य नै थिए। प्रत्यक्षदर्शी र भुक्तभोगी अनुसार पहिला घरमा असर परेको थियो। मानिसहरू बिहानको जाडोमा थरथरी काँप्दै सुती रहेको समयमा अन्य धेरै समयको जस्तो नै भूकम्प गएको थियो।

गएको एक महिना यता जापानमा यस्ता साना भूकम्प गइरहेका थिए। सबैलाई आफ्नो घर ठुलो भूकम्प जाँदा थेग्न सक्ने या नसक्ने भन्ने चिन्ता थियो। हो, त्यो डर ११ मार्च २०११ मा छताछुल्ल भएको थियो। जे हुनु थियो त्यो भइसकेपछि केही हुन्छ कि भन्ने डर हुने नै  भएन। एकपछि अर्को भूकम्पले छताछुल्ल नै पारेको थियो। त्यो समयमा जीवित हुनेहरू अहिले पनि सम्झन चाहँदैनन्। अझ खराब समय त आउन बाँकी नै थियो।

भूकम्प र सुनामीका कारण जापानमा १३ वर्ष अघि ठुलो क्षति भयो। फुकुसिमाको आणविक भट्टीमा समेत दुर्घटना भयो।

त्यसको ४० मिनेटपछि आएको सुनामीले जापानको उत्तरी तटमा सयौँ किलोमिटर असर गरेको थियो। त्यो असरका कारण समुद्रको बहावले सबै घरहरू बगाएर लगे। त्यो तनावपूर्ण स्थितिको हेलिकोप्टरबाट दृश्य लिइएको थियो। ती दृश्यलाई कैद गर्न धेरै सञ्चारकर्मी हतार गर्न थालेका थिए।

एक दिनपछि आणविक भट्टी जोखिममा रहेको अर्को अप्रिय समाचार आएको थियो। फुकोसिमा पग्लन सुरु भइसकेको थियो। हजारौँलाई घर छाड्न सूचना दिइएको थियो। टोकियोसमेत असुरक्षित भएको हल्ला चल्न थालेको थियो।

जीवितहरू बस्नका लागि अर्को स्थानको खोजी गरिरहेका थिए। त्यहाँका मानिस अर्को बसाइँ सराइका लागि भवनको आयु, ठुला चट्टान र समुद्रबाट धेरै टाढाको स्थान खोजी रहेका थिए। सन् १९८१ भन्दा अगाडि त्यस किसिमका घर नै बनेका थिएनन्।

एक परिवार सन् १९८५ मा बनेको घरमा सरेको थियो। त्यहाँ एक महिनाका लागि खाद्यान्न बाकसमा राखेका थिए। त्यो परिवार पाँच वर्ष त्यहाँ सुरक्षित हुने महसुस गर्दै बसेको थियो।

त्यस समयको जस्तै अवस्था सोमबार पनि देखिएको थियो। मृतकको सङ्ख्या ५० नाघी सकेको छ। सडक भत्किएका छन्। साथै पुलहरू नासिएका छन्। सयौँका घरहरू क्षतविक्षत भएका छन्। मानिस च्यापिएका छन्। यसका बाबजुद टोयामा र कानाजावका धेरै घर सुरक्षित छन्।

कम क्षति भएको भनिए पनि भूकम्पले सडक भत्किएका छन्। पुलहरू नासिएका छन्। सयौँका घर क्षतविक्षत भएका छन्। मानिस च्यापिएका छन्। 

विस्तारै केही दिन मै जीवन राम्रो हुने सम्भावना देखिएको छ। अहिले उनीहरू तटीय क्षेत्र भन्दा परको घरमा सुरक्षित हुन खोजी रहेका छन्। जापानले आफूलाई तयार पारेको भौतिक संरचना नै एउटा प्रमुख कारण थियो जसका कारण त्यस विशाल भूकम्पको बाबजुद धेरै क्षति हुन पाएन।

जापानले अहिले भूकम्पको मापन म्याग्निच्यूडमा गर्दैन। जमिनमा टकराबको आधारमा त्यसको मापन हुने गरेको छ। एकदेखि सातको मापन हुन्छ। इकिसिवाको मापन सात हो। सन् १९२३ मा पनि विशाल भूकम्पको क्षति जापानले व्यहोरेको थियो। तर, त्यस यताको १ सय वर्षमा जापानको इन्जिनियरिङ विकासले धेरै फड्को मारेको छ।

क्वानाको महाभूकम्पको नामले चिनिने त्यो दुर्घटना पछि नै सहरले कोल्टे फेरेको थियो। त्यहाँका संरचना युरोपलाई माथ गर्ने किसिमका बनेका हुन्। त्यसपछि भूकम्प निरोधक घरहरूको प्रचलन सुरु भएको हो। स्टेनलेस स्टिल र बलियो कङ्क्रिट अति आवश्यक ठान्न थालियो भने काठका घरहरूमा बलियो बिमको प्रचलन सुरु भयो।

जापानले अहिले भूकम्पको मापन म्याग्निच्यूडमा गर्दैन। जमिनमा भएको टकराबको आधारमा त्यसको मापन हुन्छ ।

जब जापानमा भूकम्प जान्छ त्यसबाट पाठ सिक्दै नयाँ आधार तयार गरिन्छ। सन् १९८१ पछि सिसोमिक आइसोलेसन नापकको नयाँ विधि जापानमा सुरु भएको हो। यसको सबै भन्दा ठुलो सफलता भनेको सन् २०११ मा देखिएको थियो। त्यस समय ९ म्याग्निच्यूडको भूकम्प गएको थियो। अहिलेको आधारमा भन्ने हो भने धक्काको आधार पाँच थियो।

सन् १९२३ मा सहरमा असर गर्दा एक लाख ४० हजार जनाको ज्यान गएको थियो। सन् २०११ मा भूकम्प जाँदा कुनै भवन भत्किएन। भूकम्पको कारण कसैको पनि ज्यान गएन। जत्ति जना मरे, ती सबै सुनामीका कारण मात्र मरे। संसारमै अहिले त्यस्तो अर्को कुनै देशको कल्पना समेत गर्न कठिन छ। जसले सोमबारको जत्रो भूकम्प गएर पनि अत्यन्त कम क्षतिको महसुस गरेको हो।

जब जापानमा भूकम्प जान्छ त्यसबाट पाठ सिक्दै नयाँ आधार तयार गरिन्छ। भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माणमा पछिल्लो सय वर्षमा जापानले धेरै फड्को मारेको छ।

१२ वर्ष अगाडिको भूकम्पको असर र त्रास भने अझ बाँकी छ। आणविक भट्टी दुर्घटना भएपछि यसले प्रशान्त महासागरको पानी त कतै दूषित बनाएको छैन वा यसले अन्य धेरै कुरालाई असर त गरेको छैन भन्ने चिन्ता धेरैलाई छ। यसै कारण चीनमा जापानको सी फुडमाथि प्रतिबन्ध लगाइएको छ। यसको जापान र दक्षिण कोरियामा पनि विरोध भइरहेको छ।

यसको अनुगमन गर्ने संयुक्त राष्ट्र सङ्घीय निकायले भने पानीमा अत्यन्त कम प्रभाव परेको जनाएको छ। अन्तर्राष्ट्रिय अटोमेटिक ऊर्जा एजेन्सीले ग्रिन सिग्नल दिएपछि प्लान्टबाट बढी भएको पानीमा समुद्रमा पठाउने गरिएको छ। चार पटक गरेर यसरी पानी पठाइने छ।

भूकम्प एउटा दुर्घटना हो। यसै दुर्घटनाबाट धेरैले पाठ सिक्न जरुरी छ। भौतिक संरचना सही भएमा यसले लामो समयमा आउने दुर्घटनाबाट पक्कै पनि धेरै कम क्षति गराउँछ।
स्रोतः बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?