तेश्रो नेपाली महोत्सव नागोया २०२४ को भव्यताको गाथा बखान गरि साध्य भएन

-


     योगेन्द्रमान श्रेष्ठ    
     जेठ २८ गते २०८१


महोत्सव घोषणाको दिनांक १ देखि नै मनमा आनन्दको बहार थियो; एउटा पृथक इतिहास बोकेको नेपालीको गर्व गर्न लाएक एउटा गाथा बन्ने छ महोत्सव !

नागोयाले मनग्य सन्तुष्टि बोकेर नेपाली महोत्सव सम्पन्न गर्यो । महोत्सवको परिकल्पना गर्ने व्यक्तिदेखि फिल्डमा खटिने हरेक व्यक्तिहरूको लगन मुक्त कण्ठले प्रशंसायोग्य छ । महोत्सवमा नेपाली जापानिज देशी विदेशीको उपस्थीति हेर्दा मानवसागर उर्ले जस्तै थियो भन्न सजिलो गरी सकिन्छ । तोखाई क्षेत्रमा बस्ने नेपालीको लागि मात्र नभई आम जापानबासी नेपालीको लागि यो एउटा भव्य उत्सवको पर्व बन्यो ।

आहा महोत्सवको पहिलो दिन नेपाली राष्ट्रीय झण्डा सहित नेपाली लोक बाजाको तालमा नेपाली सांस्कृतिक झांकीहरू नागोयाको साकाई शहर परिक्रमा गर्दा नागोया शहरमा एउटा बहार छाएको थियो-जापानबासी आम नेपालीहरू सुखानुभूति गरेका थिए ।

हरेक नेपालीले यो महोत्सवको अपनत्व लिए-मन लगाएर भव्य एवं सभ्य बनाएर । युवाहरूको शालिन उपस्थितिको गाथा कसरी कहने, दायाँ तर्फका लहरमा सुकुटी मःम नेपाली मौलिक व्यन्जनको स्वाद लिदै वियरको चुस्की लिनेहरूको त कमि नै थिएन तर पनि वियरको उत्तेजनालाई शालिनता र सम्यमतामा रूपान्तरण गर्दै आनन्दले झुमेका जोशिला युवाहरू-आहा पक्का नेपालीपन झल्कन्थ्यो ।

अति व्यस्त शहरको बिचमा नेपाली झण्डा गर्विलो गरी लहरायो फहरायो । नागोया शहर नेपाली गीत संगीतमा गुल्जार भईरहदा-सुगोईने नेपारूनो बुन्खा तोखा ओनगाकु ओदोरी, योखात्ता नै भन्दै जापानीहरू आपसमा गफिएको सुन्दा निकै आनन्द महशुस हुने रहेछ ।

नेपाली आदिवासी जनजातिहरू हामी सहप्रायोजक हौं-महोत्सवको सफलता हाम्रो सफलता हो भन्ने सोचले उत्प्रेरित भएर गरेको व्यवस्थापिकय खटन निकै लोभलाग्दो थियो । यो व्यवस्थापकीय कौशलता निकै प्रंशसनीय एवं अनुकरणीय देखिन्छ ।

नेपाली जनजातिहरू मात्र होइन आहा नेपाली खस आर्य समुदायहरू लगायत दर्शन समाज नेपाली पहिचान झल्कने गरी नेपाली राष्ट्रिय एवं सांस्कृतिक पोषाकमा सजिएर ठाटिएर महोत्सवमा सहभागी भइरहदा महोत्सव क्षेत्र मात्र होइन नागोया शहर नै सुन्दर बगैचामा सजिएको महशुस हुन्थ्यो-विदेशी समुदायमा निकै कौतुहल छाएको थियो । यो उत्सव जापानमा नेपाली समुदायको इतिहासमा स्वर्ण अक्षरमा कुदिने छ, कालान्तर सम्म निकै नोष्टाल्जिक भएर स्मरणमा रहनेछ ।

नागोया शहर नेपाली गीत संगीतमा गुल्जार भईरहदा-सुगोईने नेपारूनो बुन्खा तोखा ओनगाकु ओदोरी, योखात्ता नै भन्दै जापानीहरू आपसमा गफिएको सुन्दा निकै आनन्द महशुस हुने रहेछ ।

महोत्सवको निकै सुन्दर पक्ष त रूपेश पुन का औलाहरूले कुदेका र श्रृजना गरेका पोष्टर व्यानर र आकर्षक डिजाइनहरूमा रहेको देखिन्छ । नेपाल चिनाउने सुक्ष्म अभ्यास गरिएको छ -पोष्टर र ध्वजाले त Buddha was born in Nepal भन्ने global movement मा एउटा बलियो ईट थप्ने काम गरेको छ । सबैभन्दा ठूलो जस रूपेश पुन को आकर्षक डिजाइनलाई दिन सकिन्छ जसको कौशताले सुनमा कसि लगाएर चमक थपे जस्तो महोत्सवमा आकर्षणको स्वर्ण जलप लगाएको पुष्टि हुन्छ । उहाँको डिजाइनमा निकै राम्रो conceptual exercise गरिएको पाइन्छ ।

नेपाली कलाकारहरूको प्रस्तुतीले निकै रौनक थपेको महोत्सवमा नेपाली लोक दोहोरी प्रतिष्ठानको दोश्रो दिनको प्रस्तुतिले झरीलाई बिर्साइरहेको थियो । जापानिजहरूको कत्थ्यक एवं सांस्कृतिक नृत्य, जापानीज महिलाहरूको ठाडो भाकाका नेपाली लोक तथा आधुनिक गित संगितको प्रस्तुतिले आहा महोत्सवको रौनकतामा निकै बलियो पकड जमाएको थियो ।

महोत्सवको भव्य आकर्षणको केन्द्र नेपाली लोक बाजाको तालमा छमछमी नाचेको सुन्दर नाचहरू थियो । निकै नाचौं नाचौको माहौल बनेको थियो । बच्चादेखि परिपक्व उमेरका सबै लोक बाजामा झुमिरहेका थिए ।

नेपाली ग्रामीण परिवेशलाई झल्को दिइरहेको थियो-ढिकी जातो र आसी र खुर्पेटोले, आहा गाँउ मै पुगेको महशुस गराएको थियो । नेपाली पोशाक मा सजिएको दाईको बासुरीको सुरिलो धुन । नेपाली साहित्यका पारखीहरूले रोज़ी रोज़ी नेपाली उपन्यासहरू खरिद गर्न पाइरहेका थिए Readers Club साच्चिकै धन्यवादको पात्र हुन्, यो महोत्सवको कुनाको पुस्तक मेलाले साहित्यिक मेलाको झल्को दिइरहेको थियो ।

नेपाली ग्रामीण परिवेशलाई झल्को दिइरहेको थियो-ढिकी जातो र आसी र खुर्पेटोले, आहा गाँउ मै पुगेको महशुस गराएको थियो । नेपाली पोशाक मा सजिएको दाईको बासुरीको सुरिलो धुन ।

टोखाई बाटीकाका नानीबाबुहरुको आकर्षक नृत्य प्रस्तुतिले जापानमा हुर्कदै गरेका दोश्रा पुस्ताका बालबालिकाहरूको नेपाल प्रेम देखिन्छ । नेपाली संस्कृतिको जग बलियो बनाउन नेपाली समुदाय साच्चिकै सचेत रहेको पुष्टि टोखाई बाटिकाले गरेको छ ।

ओहो । महोत्सवको सकरात्मक पाटो आपसी सम्बन्धको नवीकरणले रजत महोत्सव मनाइरहेको थियो । टोकियो योकोहामा खानागावा देखि कोवे ओशाका फुकुओका सम्मका प्रतिष्ठित नेपाली व्यवसायीहरूको उपस्थीतिले सबैको तनमन जोडेको थियो । मेरो २७ बर्ष अगाडी छुटेको अति प्रिय मित्र राजेन्द्र श्रेष्ठसँगको भेटले यस्तो आनन्दित बनायो, जुन शब्दको वर्णन कमि हुन्छ । उहाँसँगको भेटघाट र भलाकुशरीले उहाँको प्रगतीले सगरमाथाको गर्विलो उचाई मापन गरेको सजिलो गरी आकलन गर्न सकिन्थ्यो । यस्ता प्रगतीको अनुभव आदान-प्रदान र भेटघाटको एउटा महत्वपूर्ण प्लेटफर्म बन्न सफल रह्यो यो महोत्सव ।

महोत्सव समग्रमा निकै भव्य रह्यो । तन मन धन लगानी गरेका हरेक नेपालीहरू धन्यवादका पात्र हुन् । नेपाली प्रतिष्ठा उचो बनाई राख्न यो महोत्सव निकै हदसम्म सफल रह्यो । महोत्सवको परिकल्पना गर्ने व्यक्तित्वलाई डायसफोराको नेपाली सांस्कृतिक इतिहासमा सधै सधै सम्झिरहनेछ ।
महोत्सव सफल आ-आफ्नो तह र तप्काबाट सहभागी सबैजनालाई सलाम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?